गृहपृष्ठ » इटहरी अपडेट, खेल/मनोरन्जन

इटहरीमा नया सिनेमा हल

  Posted by Itahari Fm | error | ९२५ पटक

इटहरीमा नया सिनेमा हल सन्चालनमा आएको छ । लामो समयदेखि सिनेमाकै क्षेत्रमा कृयासिल छबिराज ओझा, प्रदीप उदय, चैतन्य बराल, कुबेर शर्मा लगायतको टिमले इटहरीको आइतबारेमा एलाइट सिनेमा हल सन्चालनमा ल्याएको हो । यो अत्याधुनिक सिनेमा घरमा २ ओटा हल छन् । एउटा हलमा २०८ जनाको सिट क्षमता छ भने अर्को...  बाँकी

सिजन गुरुङ रिहा

  Posted by Itahari Fm | error | २५९ पटक

नेपाल तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङ रिहा भएका छन् । गुण्डागर्दीको आरोपमा इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरी सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्धा चलाइएका गुरुङ शुक्रबार छुटेका हुन् । उनी धरौटीमा रिहा भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद उप्रेतीले जानकारी दिए । तरहराकी एक महिलाको जग्गा र त्यसमा बनेको घरको...  बाँकी

सिजन गुरुगंलाई विनासर्त रिहाई गर्न तरुण दलको माग

  Posted by Itahari Fm | error | २८४ पटक

गएराती पक्राउ परेका नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुगंलाई विनासर्त रिहाई गर्न तरुण दल सुनसरीले माग गरेको छ । तरुण दलले आज इटहरीमा पत्रकार सम्मेलन गर्दै तरुण दलका जिल्ला सभापित गुरुगंलाई सुनियोजित रुपमा फसाउँन खोजिएको भन्दै तत्कालन रिहाई नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै...  बाँकी

मोनो रेल कुदाउन इटहरीले दियो अनुमति

  Posted by Itahari Fm | error | ५७४ पटक

नेपालमै पहिलो पटक निजि क्षेत्रबाट सञ्चालनमा गर्न लागिएको मोनो रेललाई इटहरी उपमहानगरपालिकाले अनुमति प्रदान गरेको छ । भारतको जोगवनी देखी विराटनगर, इटहरी हुँदै तरहरा सम्म सञ्चालन गर्न लागिएको मोनोरेलको सञ्चालन अनुमति लिइएको मोनो रेल इन्टरनेशनल प्रालीका निर्देशक कोवितजङ्ग कार्कीले बताउनुभयो । विराटनगरमा कार्यालय स्थापना गरेर यस कम्पनीले मोनो रेल सञ्चालनका...  बाँकी

इटहरीका मेयर द्वारिकलाल चौधरीमाथि हाततापत प्रयास

  Posted by Itahari Fm | error | ८३५ पटक

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीमाथि दुव्र्यवहार भएको छ । इटहरीको तुलसा टोलबाट आएको टोलीले आज दिउँसो मेयर चौधरीमाथी दुव्र्यवहार गरेको हो । नगरपालिका परिसरभित्रै मेयरलाई बाटो छेकेर ठेलमठेलको अवस्था सृजना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । खेती खोला मिचेर बनाएका संरचना भत्काएपछि वर्षा लागिसक्दा पनि त्यसै छाडेको र वेवास्ता गरेको भन्दै...  बाँकी

इटहरीमा भैँसी सुन्दरी प्रतियोगिता हुँदै

  Posted by Itahari Fm | error | ५८३ पटक

पशुपालक कृषकहरुलाई प्रोत्साहन गर्न पूर्वमै पहिलो पटक भैँसी सुन्दरी प्रतियोगिता आयोजना गरिने भएको छ । वातावरण तथा पर्यावरण संरक्षण केन्द्र नेपालले आज इटहरीमाक पत्रकार सम्मेलनको आयोजना गरी भैँसी प्रतियोगिता गर्ने जनाएको हो । इटहरी उपमहानगरपालिका २ नम्बर वडाको हवाई चौकमा भैँसी प्रतियोगिता आयोजना गरिने भएकोक संस्थाका अध्यक्ष टंक दाहालले जानकारी...  बाँकी

व्यापारी र इटहरी उपमहानगरको दवावले ६ लेन सडक निर्माण रोकियो

  Posted by Itahari Fm | error | २८९६ पटक

व्यापारिक मार्गको रुपमा निर्माण भईरहेको रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक निर्माण विवादका कारण रोकिएको छ । इटहरी उपमहानगरपालिका र केही ठुला व्यापारीको दवावका कारण व्यापारिक मार्ग विस्तार कार्य रोकिएको हो । इटहरीको मुख्य चौक क्षेत्रका सडक सिमा भित्रका भवनहरु खाली गर्न अटेर गर्दै व्यापारी र उपमहानगरपालिकाले सडक आयोजनालाई निर्माण कार्य रोक्न...  बाँकी

अबिरलको रक्तदान सम्पन्न

  Posted by Itahari Fm | error | २३२ पटक

इटहरीको अबिरल बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा अबिरल बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको हो । संस्थाको ७ औँ बार्षिकउत्सबको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३७ प्रिन्ट रगत संकलन भएको सहकारीका अधयक्ष विक्रम घिमिरेले जानकारी दिए ।...  बाँकी

पूर्वमा सीआईबीको अप्रेशन ।

  Posted by Itahari Fm | error | ४३४ पटक

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वका विभिन्न ठाउँमा अप्रेशन चलाएको छ । नेपाल राष्ट्र बैंक तथा सहकारी विभागबाट अनुमति नलिइ चर्को ब्याजदरमा ऋण प्रवाह गर्ने विरुद्ध क्षेत्रीय अनुसन्धान टोली (आरआईटी) सँगको सहकार्यमा सीआईबीले चलाएको अप्रेशनको क्रममा ८ जना व्यवसायी पक्राउ परेका छन् । वित्तिय कानुन विपरित कार्य गरेको आरोपमा...  बाँकी

युवाहरु मृगौला पिडीतको सहयोगमा सकृय

  Posted by Itahari Fm | error | ३४६ पटक

राष्ट्रिय जागृती क्लबका फुटबल खेलाडी जिवन चौधरीकी श्रीमती विनिता चौधरी बिगत एक बर्ष देखी मृगौला पिडीत छिन् । उनको दुबै मृगौला फेल भएका छन् । उनको हरेक हप्ता नोवेल मेडिकल कलेजमा डायलासीस भइरहेकोछ । सरकारले उपलब्ध गराएको फ्रि डायलासीसको बारेमा उनलाइ जानकारी नभएर हरेक हप्ता पैसा तिरेरै डायलासीस गराइरहेकी उनको...  बाँकी

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg