गृहपृष्ठ » News, इटहरी अपडेट

शुभाष काफ्ले हत्या प्रकरणका मुख्य अभियुक्त रमेश पक्राउ

  Posted by Itahari Fm | २०७२ पुष ११ | ५९४ पटक

इटहरीको खनारका शुभाष काफ्ले हत्या प्रकरणका मुख्य अभियुक्त शुभाषका दाजु रमेश काफ्लेलाई प्रहरीले आज भक्तपुरबाट पक्राउ गरेको छ । २०७० मंसिर ४ गते घरबाट हराएका शुभाषको शब मंसिर ६ गते तत्कालिन हाँसपोसा गाविसको चारकोशे जंगल क्षेत्रमा जलेको अवस्थामा भेटिएको थियो । सम्पतिमा लोभिएर शुभाषलाई आफ्नै दाजु रमेशले हत्या गरेको दावी...  बाँकी

यसकारण प्रभावकारी बनेन पशु बिमा

  Posted by Itahari Fm | २०७२ पुष ८ | २१५ पटक

झन्झटिलो प्रक्रिया, बिमा कम्पनीप्रतिको अविश्वास र कृषकमाझ प्रभावकारी प्रचार नहुदा सरकारले महत्व दिएको पशु बिमा प्रभावकारी बन्न नसकेको इटहरीका कृषकहरुले गुनासो गरेका छन् । पशु सेवा केन्द्र क इटहरीले आज इटहरीको दुग्ध सहकारी संस्थाका कृषकलाई दिएको पशु बिमा सम्बन्धि अभिमुखिकरण कार्यक्रममा कृषकहरुले यस्तो गुनासो गरेका हुन् । इटहरी ५ का...  बाँकी

एमालेलाइ ७ करोड घुस दिएको बताउने गोल्छालाइ इटहरीमा एमालेकै सम्मान

  Posted by Itahari Fm | २०७२ पुष ६ | २७२ पटक

एमालेका नेतालाई सात करोड रुपैया बाँडेको सार्वजनिक गरेपछि एकाएक विवादमा तानिएकी सांसद् राज्यलक्ष्मी गोल्छालाई एमालेले सम्मानित गरेको छ । पार्टीको सुनसरी जिल्ला परिषद् उद्घाटनमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलबाट उनी सम्मानित भएकी हुन् । एमालेले मधेसी महिलाको कोटामा उनलाई समानुपातिकमा सभासद् बनाएको थियो ।...  बाँकी

१ नम्बर प्रदेशको कुनै ठाउँ तलमाथि हुदैन : प्रधानमन्त्री

  Posted by Itahari Fm | २०७२ पुष ६ | ३९७ पटक

प्रधानमन्त्री केपी शर्मा ओलीले जोसुकै कराएपनि एक नम्बर प्रदेशको कुनै पनि जिल्ला कुनै पनि ठाउँ तलमाथि नपर्ने बताउनुभएको छ । मधेषी मोर्चाले झापा, मोरंग र सुनसरी दुई नम्बर प्रदेशमा गाम्भुपर्ने माग गरिरहेका बेला प्रधानमन्त्री ओलीले तीन जिल्लाका जनता मिलेर बसेकामा उनीहरुलाई चिन्ता भएको भन्दै कसैको वहकाउमा नलाग्न पनि तीन जिल्लाबासीलाई...  बाँकी

इटहरीमा एक व्यक्तिको शब फेला

  Posted by Itahari Fm | २०७२ पुष ३ | ३९२ पटक

सुनसरीको इटहरी १ स्थित ट्यांग्राखोला पुलको डिलमा आज एक व्यक्तिको शब फेला परेको छ । अन्दाजी ४०÷४५ बर्षको मंगोलियन मुलको जस्तो देखिने पुरुषको शब फेला परेको हो । उनको पहिचान भने खुल्न नसकेको प्रहरीले जनाएको छ । उनको शरिरमा कुनै निल डाम नदेखिएकाले जाडोले नै कठ्यांग्रीएर मृत्यु भएको हुनसक्ने इलाका...  बाँकी

सेमेष्टर प्रणाली खारेज गरेर विद्यार्थीको भविष्यमाथि खेलवाड

  Posted by Itahari Fm | २०७२ पुष १ | २०६ पटक

त्रिभुवन विश्व विद्यालय अन्तर्गत स्नातकोत्तर तहमा अध्ययनरत इटहरीका विद्यार्थीहरुले टियुले सेमेष्टर प्रणाली खारेज गरेर विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न खोजेको भन्दै विरोध गरेका छन् । यो बर्षदेखि टियुले बार्षिक प्रणाली हटाएर सेमेष्टर प्रणाली लागू गर्ने जनाए पनि पछिल्लो समय प्राविधिक तयारी नपुगेको भन्दै पुनः बार्षिक प्रणालीमै जाने बताएपछि विद्यार्थी विरोधमा उत्रिएका...  बाँकी

परिवार अन्तरक्रिया कार्यक्रम गर्ने

  Posted by Itahari Fm | २०७२ मंसिर २९ | १४१ पटक

असल परिवार समृद्ध नेपाल भन्ने सन्देश प्रवाह गर्दै आएको विश्व शान्ति तथा एकिकृत परिवार संघ र युनिभर्सल पीस फेडेरेशन नेपालले आगामी पुष ४ गते परिवार अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । आज पत्रकार सम्मेलन गरी फेडेरेशनले शान्ति आफु र परिवारबाट नै अघि बढाए समाज देश र विश्व शान्तिमा रुपान्तरण हुन...  बाँकी

दुई पत्रकार सहित २९ जना सम्मानित

  Posted by Itahari Fm | २०७२ मंसिर २६ | २६३ पटक

शुभलाभ बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सातौं बार्षिक उत्सवका अवसरमा दुई पत्रकार सहित विभिन्न क्षेत्रमा योगदान पुर्याउने २९ जनालाई आज सम्मान गरेको छ । संस्थाले इटहरीका पत्रकारहरु याम प्रधान र सचिन पोखरेल, शिक्षाविद् लोनाथ दाहाल, साहित्यकार बद्रि भिखारी, कालाकार राजु केसी, इटहरी उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेशराज तिम्सीना, इटहरीका डिएसपी...  बाँकी

घरेलुु मदिराले सुरक्षा चुनौति

  Posted by Itahari Fm | २०७२ मंसिर २३ | २३० पटक

सुनसरीको विभिन्न हाटबजार तथा होटलहरुमा घरेलु मदिराको खरिद बिक्रि बढेको भन्दै प्रहरीले नियन्त्रण थालेको छ । सेवन तथा ओसारपसारमा प्रतिबन्ध लगाइएको घरेलु मदिरा पछिल्लो समय सुनसरीको धरान, इटहरी, इनरुवा, दुहवी, खनार लगायतका स्थानिय बजारमा निर्वाध रुपमा बिक्रि वितरण भइरहेको गुनासो बढ्न थालेपछि सुनसरीका विभिन्न प्रहरी युनिटहरु नियन्त्रण अभियानमा लागेको बताईएको...  बाँकी

१७ टन ग्यासको बुलेट गाडि दुर्घटना

  Posted by Itahari Fm | २०७२ मंसिर २१ | ७२६ पटक

१७ टन ग्यास बुलेट बोकेको ट्रक आज सुनसरीको इटहरी २२ स्थित पकलीमा दुर्घटना भएको छ । भारतको बरौनीबाट जोगवनी नाका हुदै नेपाल छिरेको एच आर ४७६५ नम्बरको बुलेट पकलीमा पूर्वपश्चिम राजमार्गमा पल्टिएको हो । बुलेट ट्रक पल्टिएपछि ट्रकका चालक सामान्य घाइते भएपनि ठूलो अप्रिय घटना भने हुन पाएन । ग्यास...  बाँकी

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg