गृहपृष्ठ » इटहरी अपडेट

इटहरीमा दिनेससँग दिनेसकै गित

  Posted by Itahari Fm | २०७२ माघ १० | ३४० पटक

बरिष्ठ गितकार दिनेस अधिकारीका बहुचर्चित गितहरु इटहरीमा गाइएका छन् । संगित साधना प्रतिष्ठान नेपालको आयोजनामा दिनेससँग दिनेसकै गित नामक सांगितक कार्यक्रम मार्फत लोकप्रिय गितकार दिनेस अधिकारीका उत्कष्ठ गितहरु विभिन्न गायक गायिकाहरुले गाएका हुन । कार्यक्रममा अधिकारीले लेखेका चर्चित गितहरु, यो सम्झने मन छ, म विर्सुँ कसोरी, जिवन भन्नु त घात...  बाँकी

इटहरीमा हुण्डाइ कार

  Posted by Itahari Fm | २०७२ माघ २ | ४५७ पटक

कार कम्पनी हुन्डाइले इटहरीमा आफ्नो सो रुम सञ्चालनमा ल्याएको छ । नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टर कन्टीनेन्टल प्रालिले देशका विभिन्न स्थानमा सेवा विस्तार गर्ने क्रममा इटहरीमा आधिकारीक विक्रेता रोयल अटो वर्ड प्रालिको उद्घाटन गरेको हो ।अटो वर्ड प्रालिका अध्यक्ष भिम पौडेलले कार सम्पनताको प्रतिक मात्र नभएर दैनिक जीवनमा अति...  बाँकी

इटहरी उपमहानगरपालिकाको बजेट,निति तथा कार्यक्रम सार्बजनिक

  Posted by Itahari Fm | २०७२ पुष ३० | ५०४ पटक

प्रमुख अतिथि बनेका मन्त्रिले सार्बजनिक रुपमै कर्मचारी हप्काए ।  भूमी सुधार मन्त्री रामकुमार सुब्बाले आज इटहरीमा सार्वजनिक कार्यक्रममै उद्घोषकको माइक खोसेर कर्मचारीलाई हप्काएका छन् । इटहरी उपमहानगरपालिकाको दोश्रो नगर परिषदले स्वीकृत गरेको बजेट, निति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रममा प्रमुख अतिथि रहेका मन्त्री सुब्बाले उद्घोषकको माइक नै खोसेर अनुसासनमा बस्न...  बाँकी

विश्व गणित प्रतियोगिताका लागि विद्यार्थी छनौट गरिदै

  Posted by Itahari Fm | २०७२ पुष २८ | १५५ पटक

माध्यामिक तहका विद्यार्थीहरु माझ विश्वभरबाट गणितका उत्कृष्ट विद्यार्थी छनौट गर्ने उदेश्यले सन् २०१७ मा ब्राजिलमा हुने विश्व गणित प्रतियोगिताका लागि नेपालका ७५ वटै जिल्लामा विद्यार्थी छनौट हुने भएको छ । इन्टरनेशनल म्याथम्याटिक्स ओलम्पीयाडको प्रतिनिधि संस्था म्याथम्याटिक्स ओलम्पीयाड नेपालको आयोजनामा ७५ वटै जिल्लामा विद्यार्थी छनौटका काम सुरु भएको हो । पूर्वका...  बाँकी

तालतलैयामा आन्तरिक पर्यटक

  Posted by Itahari Fm | २०७२ पुष २१ | ४३६ पटक

पूर्वकै पर्यटकिय स्थलको रुपमा विकास भईरहेको सुनसरीको इटहरी स्थित तालतलैयामा यतिबेला आन्तरिक पर्यटकको घुँईचो छ । तर बढ्दो पर्यटनसँगै प्रभावकारी बन्न नसकेको व्यवस्थापन र सरसफाईको कमीले पर्यटकिय स्थलमा फोहोर बढ्दा जैविक विविधता संरक्षणमा भने असर पर्न सक्नेतर्फ ध्यान दिन आवश्यक देखिएको छ । यातायातको सहज पहुँच, प्राकृतिक बातावरण, ताल, सिमसार...  बाँकी

इटहरीमा अन्तर्राष्ट्रिय स्तरको मुर्तिकला कार्यशाला हुने

  Posted by Itahari Fm | २०७२ पुष १९ | ४८० पटक

सुनसरीको इटहरी स्थित तालतलैयामा आगामी माघ ९ गतेदेखि २६ गतेसम्म अन्तर्राष्ट्रिय स्तरको मुर्तिकला कार्यशाला हुने भएको छ । एकता अन्तर्राष्ट्रिय मुर्तिकला कार्यशाला नाम दिइएको सो कार्यशालाको मूल आयोजक समितिको सचिवालयले आज इटहरीमा पत्रकार सम्मेलन गरी कार्यशालाको तयारी तिव्र पारिएको जनाएको छ । मुर्तिकलामा ५ विदेशी सहित २० स्वदेशी कलाकारहरुको सहभागीता...  बाँकी

क्यान सुनसरीका पुर्ब अध्यक्ष सम्मानीत

  Posted by Itahari Fm | २०७२ पुष १८ | २२७ पटक

क्यान फेडेरेशन सुनसरीले संस्थाका पूर्व अध्यक्ष हरी मरासिनीलाई सम्मान गरेको छ । इटहरीको तालतलैयामा शनिबार आयोजीत सम्मान तथा बनभोज कार्यक्रममा उनलाई नगद रु १ लाख १ हजार १ एक सय १ रुपैया सहित सम्मान गरिएको हो । शारीरीक रुपमा अशत्त मरासिनी उपचारको क्रममा छन । संस्थापक सदस्यवाट यात्रा सुरु गरी क्रमश...  बाँकी

शुष्माका विद्यार्थीहरुले गरे फुड फेस्टीवल

  Posted by Itahari Fm | २०७२ पुष १७ | २८४ पटक

अंग्रेजी नयाँ बर्षको अवसरमा शुष्मा तथा गोदावरी कलेज इटहरीका विद्यार्थीहरुले फुड फेस्टीवलको आयोजना गरेका छन् । कलेजमा होटल मेनेजमेन्ट पढ्दै आएका विद्यार्थीहरुले फेस्टिवलको आयोजना गरेका हुन् । कलेजमा सिकेको सिपलाई व्यवहारिक रुपमा प्रदर्शन गर्नका लागि यस्तो फेस्टिवलको आयोजना गरिएको विद्यार्थीहरुले बताएका छन् । कलेजको प्रागंडमा आयोजना गरिएको फेस्टिभलमा विद्यार्थीहरुले भेज...  बाँकी

उद्धार गरिएका महिलाहरु पुनः स्थापित

  Posted by Itahari Fm | २०७२ पुष १५ | २०३ पटक

विभिन्न प्रलोभन देखाएर भारतमा बेच्न लगिएका तथा अन्य देश लैजान अवैध बाटोमाफर्त लग्ने क्रममा उद्धार गरिएका महिलाहरुलाई माईती नेपाल पुनस्थापना केन्द्र इटहरीले आत्मनिर्भर बनाउन तालिम दिइ पुनः स्थापित गरेको छ । ६ महिनासम्म सिपमुलक तालिम दिएर १४ जनालाई तालिमको प्रमाणपत्र वितरण गरी आआफ्नो गाउँ वा जिल्लामा पुनस्थापित समेत गर्ने जनाएको...  बाँकी

शुभाष काफ्ले हत्या प्रकरणका मुख्य अभियुक्त रमेश पक्राउ

  Posted by Itahari Fm | २०७२ पुष ११ | १२७९ पटक

इटहरीको खनारका शुभाष काफ्ले हत्या प्रकरणका मुख्य अभियुक्त शुभाषका दाजु रमेश काफ्लेलाई प्रहरीले आज भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेको छ । २०७० मंसिर ४ गते घरबाट हराएका शुभाषको शब मंसिर ६ गते तत्कालिन हाँसपोसा गाविसको चारकोशे जंगल क्षेत्रमा जलेको अवस्थामा भेटिएको थियो । सम्पतिमा लोभिएर शुभाषलाई आफ्नै दाजु रमेशले हत्या गरेको...  बाँकी

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg