गृहपृष्ठ » अर्थतन्त्र

विश्वको आधा सम्पत्ति ६२ जनाको कब्जामा

  Posted by Itahari Fm | २०७२ माघ ५ | २७८ पटक

विश्वमा धनी र गरीब बीचको खाडल यति गहिरो बनेको छ की पृथ्वीको आधा श्रोत साधन तथा मानव जातिको नाउँमा रहेको धनसम्पत्ति आधा केवल दुनियाका ६२ जना अर्वपति मानिसहरुले कब्जामा राखेका छन् । एकातर्फ विश्वका गरीब देश तथा मानिसहरु सामान्य जिविकोपार्जनका लागि श्रोत साधनको अभावमा छटपटाइरहेका छन् तथा भोकमरीले ज्यान गुमाउनुपर्ने...  बाँकी

अमेरिकी डलरले रेकर्ड तोड्यो

  Posted by Itahari Fm | २०७२ माघ २ | २५६ पटक

अमेरिकी डलरको मूल्य साढे दुई बर्षयताकै महँगो भएको छ । सेयर बजारमा उतार चढाव आएपछि डलरमा लगानी गर्नेहरुले यसको मौज्दात बढाएका कारण नेपाली रुपैयाँ साढे दुई बर्षयताकै कमजोर भएको हो । भारतमा बजार खुलेको एक मिनेटमै डलरको तुलनामा भारु ४४ पैसाले कमजोर भएको थियो । त्यसको असर नेपाली मुद्रामा परेको...  बाँकी

पेट्रोल १०० रुपैयाँमा झर्दै

  Posted by Itahari Fm | २०७२ पुष २५ | २१० पटक

नेपाल आयल निगमले इन्धनको मूल्य घटाउन लागेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्च तेलको मूल्यमा भारी गिरावट आएको र खरिद दर पनि घटेकाले इन्धनको मूल्य घटाउने तयारी गरिएको हो । १ सय ४ रुपैयाँमा पाइने पेट्रोलको मूल्य सय रुपैयाँमा झार्न लागिएको छ । आइओसीले माघ ३ गते नयाँ मूल्यसूची पठाएपछि निगमले...  बाँकी

जैविक सुरक्षामा ध्यान पुर्याए कुखुरामा ठूलो संभावना

  Posted by Itahari Fm | २०७२ पुष १७ | २४० पटक

जैविक सुरक्षामा ध्यान पुर्याउन सकिएको खण्डमा कुखुरा पालन व्यवसाय आर्थिक विकासमा ठूलो संभावनाको क्षेत्र भएको कुखुरा पालनसँग सम्बन्धित सरोकारवालाहरुले बताएका छन् । तेश्रो राष्ट्रिय पोल्ट्रि दिवसका अवसरमा पोल्ट्रि दिवस समारोह समिति सुनसरीले आज इटहरीमा गरेको कार्यक्रममा सरोकारवालाहरुले जैविक सुरक्षामा ध्यान दिनुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा बोल्दै पोल्ट्रि मञ्चका सम्पादक...  बाँकी

राजस्व संकलनमा सरकारलाई ठूलो धक्का

  Posted by Itahari Fm | २०७२ पुष १५ | २३३ पटक

राजस्व संकलनमा सरकारलाई निकै ठूलो धक्का लागेको छ । भारतीय नाकाबन्दीको कारण पाँच महिनामा लक्षभन्दा ३१ प्रतिसत कम मात्रै राजस्व असुली भयो । अर्थमन्त्रालयले दिएको जानकारी अनुसार मंसिरसम्म लक्षको तुलनामा ६९ प्रतिसत अर्थात एक खर्ब १२ अर्ब ८१ रुपैयाँ राजस्व संकलन भएको छ । यस अवधिमा एक खर्ब ६२ अर्ब...  बाँकी

पुनः श्रम स्वीकृति विमानस्थलमै

  Posted by Itahari Fm | २०७२ पुष १३ | १९३ पटक

व्यक्तिगत रुपमा विदेश गई फर्केर आएका कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आमगमन कक्ष स्थापना गरी अभिलेख राख्ने र पुनः श्रम स्वीकृति दिने व्यवस्था लागू गरिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले गत मङ्सिर २४ गते पारित गरेको ‘तत्काल सुधार कार्ययोजना’ मा  छ महिनाभित्र अन्तर्राष्ट्रिय विमानस्थलबाटै पुनः श्रम...  बाँकी

१ खर्ब ४० अर्बमा बिक्यो एनसेल ।

  Posted by Itahari Fm | २०७२ पुष ६ | २९० पटक

नेपालको मोबाइल सेवा प्रदायक कम्पनी एनसेल मलेसियनन एक्जियटा ग्रुपले किनेको छ । दुबै कम्पनीबीच एक १.३७ बिलियन (करिब १ खर्ब ४० अर्ब नेपाली रुपैयाँ) मा किनबेच सम्झौता भएको छ । टेलियासोनेराले आफूसँग भएको ६० दशमलब ४ प्रतिशत सेयर १०३० मिलियन अमेरिकी डलरमा बिक्री गरेको जनाएको छ ।एक्जियटाले भाइजर समूहसँग रहेको...  बाँकी

तामझाम, भत्ता र हवाई खर्चमै साढे ३१ लाख सकियो

  Posted by Itahari Fm | २०७२ पुष ३ | १७८ पटक

चीनबाट इन्धन ल्याउने सम्झौताका नाममा सरकारी कर्मचारीले ब्रम्हलुट मच्चाएको खबर छ । चीनबाट इन्धन ल्याउने र बंगलादेशमा सम्भाव्यता अध्ययन गर्ने नाममा साढे ३१ लाख भन्दा बढी रकम खर्च भइरहेको छ । तर, उपलब्धी भने शून्य रहेको छ । चीनबाट इन्धन ल्याउनेभ न्दै हालसम्म तीनवटा सरकारी टोली चीन पुगे पनि उपलब्धी...  बाँकी

सीमा क्षेत्रका भारतीय भन्छन्- ‘नाकाबन्दी कभि खत्म ना हो’

  Posted by Itahari Fm | २०७२ मंसिर २७ | २५३ पटक

राम्रो पिक अप भएको बाइक मानिन्छ – पल्सर। जसको स्लोगन छ – ‘फियर द ब्याल्क’। नाम जस्तै नेपालको सुनौली बोर्डरसँग जोडिएको भारतीय गाउँमा अहिले यो बाइक स्लोगन जस्तै काममा प्रयोग हुन्छ – कालोबजारी। नेपालमा पेट्रोलियम कालोबजारी गर्न यसको प्रयोग हुन्छ। किनकी यसको ट्याङ्कीमा १५ लिटरसम्म पेट्रोल अट्न सक्छ। बेरोजगार युवाहरु...  बाँकी

नाकाबन्दीले पैसा थुप्रिँदा बैंक चिन्तित, बैंकसँग १५ खर्ब सात अर्ब रुपैयाँ निक्षेप

  Posted by Itahari Fm | २०७२ मंसिर २५ | १५४ पटक

नाकाबन्दीका कारण कर्जा प्रवाह कम हुँदा बैंक तथा वित्तीय संस्थामा व्यवस्थापन गर्न गाह्रो हुने गरी लगानीयोग्य रकम थुप्रिएको छ। अहिले वाणिज्य बैंकहरू एक खर्ब रुपैयाँ ऋण दिनसक्ने अवस्थामा छन्। राष्ट्रबैंकका अनुसार अहिले ३० वटा वाणिज्य बैंकसँग १५ खर्ब सात अर्ब रुपैयाँ निक्षेप छ। यो रकम विदेशी मुद्रामा भएको निक्षेपसहितको हो।...  बाँकी

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

हीमगीरी साबुननै कीन ?

Like us on Facebook