गृहपृष्ठ » इटहरी अपडेट » इटहरीमा इन्जिनियर्स सम्मेलन

इटहरीमा इन्जिनियर्स सम्मेलन

 Posted by Itahari Fm | error | २४ पटक

डिप्लोमा इन इन्जिनियर्स एशोसिएसन नेपाल (डिन) को १३ औँ राष्टिय सम्मेलन इटहरीमा विहिबारबाट सुरु हुने भएकोछ । डिनले पहिलो पटक उपत्यका बाहिर राष्ट्रिय सम्मेलन इटहरीमा गर्न लागेको हो । सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको आयोजक समितीका संयोजक तथा डिन केन्द्रिय सदस्य जिवन घिमिरेले जानकरी दिनुभयो ।

यस अघि उपत्यकामै गर्दै आएको सम्मेलन यस पटक भने नयाँ प्रयोग र स्थानिय स्तरको वास्तविकता वुझ्नका लागि पनि उपत्यका बाहिर गरिएको डिनका केन्द्रिय अध्यक्ष कामेश्वर प्रसाद सिंहले जानकारी दिनुभएको छ ।

राष्ट्रिय सम्मेलनमा देशभरबाट करिब ४ सय ५० भन्दा बढि इन्जिनियरहरु इटहरीमा भेला हुने बताइएको छ । राष्ट्रिय सम्मेलनका सार्क राष्ट्रका बंगलादेश, भारत, श्रीलंका लगायतका देशबाट पर्यवेक्षकका रुपमा इन्जिनियरहरु पनि इटहरी आईपुगेको बताइएको छ । विहिबार हुने सम्मेलन उपप्रधान तथा स्थानिय विकास मन्त्री विजय कुमार गच्छ्दारले उद्घाटन गर्ने व्यवस्थापन संयोजक घिमिरेले जानकारी दिनुभयो ।

सम्मेलनमा स्थानीय तहमा भौतिक पुर्वाधार बिकास,सम्भावना र चुनौति बिषयमा छलफल हुने बताइएको छ । यस्तै इन्जिनियरहरुको क्षमताबृद्धिका लागी अन्तरष्ट्रियस्तरमा भएका प्रयोग प्रविधि लगायतका विषयमा पनि छलफल गरिने संयोजक घिमिरेले जानकारी दिनुभयो ।
सम्मेलनमा आगामि ३ बर्षे कार्यकालका लागि नयाँ नेतृत्व पनि चयन हुनेछ । सम्मेलन सम्पन्न गर्न करिव २६ लाख खर्च हुने अनुमान गरिएको बताइएको छ । नेपालमा डिनमा आवद्ध करिव २५ हजार सदस्यहरु रहेको डिनले जानकारी दिएको छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




काग्रेसको घोषणा पत्र सार्बजनीक

Like us on Facebook