गृहपृष्ठ » इटहरी अपडेट » जनताको दुखमा तरुण दल र नेबिसंघको साथ

जनताको दुखमा तरुण दल र नेबिसंघको साथ

 Posted by Itahari Fm | error | ७९८ पटक

 

बाढी पिडितको लागी निजि क्षेत्रबाट राहत संकलन र बितरणका कार्यक्रम लगातर भइरहेका छन् । बिभिन्न राजनैतिक दल सम्बद्ध भातृसंस्था हरु पनी राहत बितरणमा सक्रिृय भएका छन् । नेपाली कांग्रेस निकट नेपाल तरुण दल, नेपाल बिद्यार्थी संघ र नेपाल महीला संघ सुनसरी जिल्ला कार्यसमीतीले बाढी पिडितको सहयोगार्थ राहत बितरण लाइ तिब्र बनाएकाछन् ।

बाढी आएको भोलीपल्ट देखीनै उद्धार र राहतमा सक्रृय भतृसंघले राहत संकलन र बितरण लाइ थप प्रभावकारी बनाएकाहुन् । मोरङ्ग सुनसरीका बाढी प्रभाबीत क्षेत्रको अनुगमन गरी आवश्यकता अनूसार राहत बितरण गरीएको तरुणदल सुनसरी सभापती सिजन गुरुङ्गले बताए ।

कुशे औशीको अवसर पारेर नेपाल तरुणदलले सुनसरीका बिभिन्न प्रभाबित क्षेत्रमा राहत बितरण गरेकोछ । इटहरी १० स्थित बरगाछी टोलमा २७० जनाको लागी लताकपडा , शिवनायण टोलमा १०० थान त्रिपाल बितरण गरेको गुरुङ्गले जानकारी दिएका छन् । त्यस्तै इटहरी १३ मा २० थान त्रिपाल र २५ थान झुल बितरण गरीएकोछ भने । मोरङ्गको केराबारी गाउँपालीकामा २५ थान त्रिपाल, २५ थान झुल, १२५ केजी चामल र ४० केजी कुखुराको मासू बितरण गरेको गुरुङ्गले बताए ।

त्यस्तै नेपाल बिद्यार्थी संघ र नेपाल महिला संघले इटहरीका बाढी पिडित लाइ खाद्यन्न, लत्ताकपडा र भाडाकुडा बितरण गरेकोछ । आजमात्र इटहरी उपमहानगरपालीका ४ र मोरङ्ग केराबारीका बाढी पिडितलाइ राहत स्वरुप त्रिपाल, चामल लगायत खाद्यन्न र लत्ताकपडा बितरण गरीएको नेबिसंघ केन्द्रिय उपसभापती बिकाश केसीले बताए ।

नेपाल बिद्यार्थी संघले बिभिन्न जिल्ला बाट संकलीत राहत सुनसरी नेबिसंघको समन्वयमा सबै प्रभाबित क्षेत्रमा बितरण गरीने नेबिसंघ सुनसरी कोषाध्यक्ष बिक्रम घिमिरेले जानकारी दिए ।

नेपाल तरुण दलले बिपतीको समय लाइ आफ्नो महत्वपुर्ण जिम्वेवारी ठोनेकोछ । आगामी दिनमा समेत सेवाको भावनाले सहयोग गरीरहेन गुरुङ्गले बताएकाछन् । उनले भने केही दिनमै श्वस्थ्य शिबिर संचालन गरेर सम्भावित महामारी र हैजा बाट जोगाइ रोगीको उपचार गर्ने योजना छ ।

समाजमा आउने समस्या कुनै एक ब्याक्तिको मात्र नभएर यो साझा समस्या भएकोले यस्ता समस्याको तरुणदल डटेर सामना गर्न तयार रहेको जिल्ला उपसभापती सन्तोष बिकले बताएका छन् बिपति आएको बेला मात्र हैन अरु सामान्य अवस्थामा पनी तरुण दल जनताको पक्षमा सक्रृय हुने बिकको भनाइ छ । बिकले भने नेपाल तरुणदल कांग्रेसको भतृसंगठन भएपनी जनताको दुखको साथीहो ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




काग्रेसको घोषणा पत्र सार्बजनीक

Like us on Facebook