गृहपृष्ठ » खेल/मनोरन्जन » लागुऔषध विरुद्ध हाफ म्याराथन

लागुऔषध विरुद्ध हाफ म्याराथन

 Posted by Itahari Fm | error | १२ पटक

सरकारले नयाँ बर्षको दिनबाट मेरो बर्ष : म स्वस्थ, मेरो देश स्वस्थ अभियान सुरु गरेको भोलीपल्ट विराटचौकका युवाहरुले स्वास्थ्यका लागि हाफ म्याराथन प्रतियोगिता आयोजना गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा आवद्ध भएका युवाहरु एक भई लागुऔषध विरुद्ध सचेतना फैलाउँदै स्वस्थ जिवनयापनका लागि हाफ म्याराथनको आयोजना गरिएको हो । विराटचौक बजार देखी बेलबारी नगरपालिकासम्मको ८ किलोमिटर पुरुष र ४ किलोमिटर महिला दौड आयोजना गरिएको हो । पुरुष दौड तर्फ पाँचथर रविका धावक हर्क बहादुर ल्वागुन प्रथम भएका छन् । यस्तै मोरगं मधुमल्लाका योगदेन राई दोस्रो, डाँगीहाटका शेरबहादुर राई तेस्रो र लेटागंका रन्दिप तुमी राईले सान्त्वना जित निकालेका छन् । विजेता धावकहरुले क्रमश : १० हजार, ५ हजार ,३ हजार र १हजार नगद र प्रमाण पत्र प्राप्त गरेका छन् ।
यता महिला दौड तर्फ मोरगं पाटीगाउँकी लक्ष्मी लिम्बु प्रथम भईन् । यस्तै पथरी शनिश्चरेकी जुमना राई दोस्रो, विराटचौककी भावना श्रेष्ठ् र खोर्साने सुन्दरहरैँचाकी उषा खड्काले सान्त्वना जित निकालेकी छिन् । उनीहरुले पनि क्रमश ः १० हजार,५ हजार,३ हजार,र १ हजार नगद र प्रमाण पत्र प्राप्त गरेका छन् । प्रतियोगिताका विजेता धावकहरुलाई सुन्दरहरैँचा नगरपालिका कार्यकारी अधिकृत भानुभक्त न्यौपानेले पुरस्कार वितरण गर्नुभएको थियो ।
प्रतियोगितामा पुरुष तर्फ ५ सय १४ जनाको सहभागिता रहेको थियो भने महिला तर्फ १ सय १४ जनाले सहभागिता जनाएको हाफ म्याराथन कार्यक्रमका संयोजक खेमराज दाहालले जानकारी दिए । युवाहरुको सहभागिताका लागि किशोर तर्फ खेमराज दाहालले फेसबुकमा संयोजन गरेका थिए भने किशोरी तर्फ मनिला सुवेदीले संयोजन गरेकी थिईन् ।

युवाहरु लागुऔषध दुव्र्यसनमा फस्दै गईरहेको अवस्थामा युवाहरुमा सचेतना गराउन कार्यक्रम आयोजना गरिएको समाजिक सञ्जालका संयोजक द्धयले बताएका छन् ।

Tweet about this on TwitterShare on Facebook

इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




Like us on Facebook