गृहपृष्ठ » इटहरी अपडेट » कृष्ण प्रणामी मन्दिर देशकै नमुना मन्दिर हुने

कृष्ण प्रणामी मन्दिर देशकै नमुना मन्दिर हुने

 Posted by Itahari Fm | error | २३३६ पटक

इटहरीको कृष्ण प्रणामी मन्दिर पुर्ननिमर्ण गरि देशकै नमुना मन्दिर बनाइने भएको छ । आजभन्दा ३८ वर्ष अगाडी बासको घेरावेराबाट शुरु भएको मुक्तिधाम क्षेत्रमा रहेको मन्दिरमा अब ६ करोड लगानी गरेर देशकै नमुना मन्दिर बनाउन लागिएको हो । नया बर्ष २०७४ को पहिलो दिन आज बिहान मन्दिरमा बिशेष कार्यक्रम गरेर पुर्ननिमार्णको सुरुवात भएको जानकारी दिइएको छ । ब्रम्हलिन गुरुजी श्री १०८ मंगलदासजी महाराजले स्थापना गरेको यो मन्दिरको पुर्ननिमार्णकालागि नक्साकन भैसकेको र दाताहरुले आर्थीक सहयोगको घोषणा पनि गरिरहेको बृहत्तर मुक्तीधाम क्षेत्र बिकास समितिका अध्यक्ष हेम घिमिरेले जानकारी दिनु भयो । मंदिरको तल्लो तलाको भित्री भागलाई यथावत राखी बाहिरी भागमा आकर्षक मोडल अनुसारको पिलर÷आर्च÷रेलिङ्ग लगाई यसको भित्री भागमा पनि हलको सिलीङ्ग तथा भित्तामा विभिन्न ऐतिहासिक धार्मिक महत्वका झाकी सहितको सौन्दरीकरण गर्ने र माथील्ला तलामा रहेको टिनको छानो र वरिपरी रहेको आर्च तथा अहिले रहेको गुमट हटाई १ तल्ला ढलान गरी त्यसको माथी विभिन्न साइजका गुमटहरु निर्माण गरेर यस मंदिरलाई नेपालकै नमुना धामको रुपमा परिणत गर्ने उद्देश्य रहेको घिमिरेले जानकारी दिनु भयो । यस्कासाथै मुक्तिघाट देखी उत्तर तर्फ ४ करोडको लागतमा पार्क निर्माणको काम पनि आजैबाट सुरु भएको जानकारी दिइएको छ । बृहत्तर मुक्तीधाम क्षेत्र बिकास समितिलेनै यस अघि बुढिखोलामा निजी क्षेत्रको लगानीमा करिब ६ करोडको लागतमा मुक्तीघाट निर्माण गरि सकेको छ । देशकै नमुनाको रुपमा बनाइएको मुक्तीघाटकै आसपासमा पार्क र मन्दिर बनेको अबस्थामा धार्मीक पर्यटनको बिकास हुने र समग्र इटहरीको गौरव बढ्ने कार्यक्रममा सहभागिहरुले बताएका छन् । यो मन्दिरको पुर्ननिमार्णकालागि संस्थापक गुरुजीको शिष्य राधादिदीले रु. ५० लाख दिने घोषणा गर्नु भएको छ । त्यसैगरी इटहरी निवासी विजया सुवेदीले पनि मंदिर पुर्ननिर्माणको लागि ५ लाखको घोषणा गर्नुभएको छ । उहाँले यस अघि मुक्तिघाट निर्माणमा अहिले सम्मको सबैभन्दा बढी १६२२२२२ सहयोग गर्नु भएको थियो । यसैगरी अरु धेरै दाताहरुले सहयोगको घोषणा गरेका छन् । यसअघि मुक्तीघाट बनाउने कै्रममै यस क्षेत्रका ब्यबसायीक तथा सामाजीक अगुवाहरु हेम घिमिरे, रोहीत प्रसाइ, भीम पौडेल, भोलेश्वर दुलाल लगायत सात जनाले प्रति ब्यक्ति एघार लाख भन्दा बढि सहयोग गरि सकेका छन् । उनीहरु जस्ता दाताहरुसंग थप सहयोग मागेर कार्य अघी बढाउने बताइएको छ । यस अघि दाताहरुकै सहयोगमा ६ करोडमा नमुना मुक्तीघाट बनाइ सकेको क्षेत्र बिकास समितिले अबको काममा सरकारी सहयोगको पनि अपेक्षा गरेको बताएको छ ।

यसरी सुरु भएको थियो मुक्तीधामको बिकासः
सुनसरी र मोरगं जिल्लाको सिमाना भएर बग्ने बुढिखोला किनारमा अव्यबस्थीत रुपमा शव दाह संस्कार गर्ने कार्य हुदै आएको थियो । जथाभावी शव दाह गर्ने गरिएका कारण नदिमा फोहोरमैला तथा प्रदुषण बढदै गइरहेको थियो । प्रदुषणले नदिको प्राकृतिक सौन्दर्य मात्र नभई तिब्र शहरी करण भैरहेका र जनसंख्या बढिरहेका सुनसरी र मोरगंका मानव वस्तीलाई नै असर पुर्याउने अवस्था थियो । यही अबस्थालाइ ध्यानमा राखेर आज भन्दा ६ बर्ष अघि श्रीकृष्ण प्रणामी प्रतिष्ठान नेपालले बुढिखोला किनारमा एउटा व्यबस्थीत स्मसान घाट निमार्णको अबधारणा ल्यायो । यस्कालागि स्थानिय समाजसेवी, बुद्धिजीवी, संघ संस्थाका प्रमुखहरु, स्थानिय निकायका प्रमुखहरु, स्थानिय प्रशासनका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरुको बृहत भेलाको आयोजना गरियो । भेलाबाट वुढिगंगा जमुना मुक्तिघाट निमार्ण समिति गठन गरी निमार्ण कार्य प्रारम्भ गरियो । घाट निर्माण कार्यका लागी आर्थिक स्रोत जुटाउने उदेश्यले बृहत महायज्ञको आयोजना गरीयो । महायज्ञबाट आर्थीक संकलन कार्यको सुरुवातसँगै घाटको शिलान्यास पनि गरियो । तत्कालीन उपप्रधान एवम् अर्थ मन्त्री भरतमोहन अधिकारीबाट शिलाान्याश भई निर्माण कार्य प्रारम्भ गरियो । शिलान्याससँगै सुरु भएको निर्माण कार्यका लागि यस क्षेत्रमा रहेको सर्वसाधरण तथा जनस्तरबाट पनि आर्थिक स्रोत संकलन हुन थाल्यो । निर्माणकै निरन्ताको क्रममा यस क्षेत्रमा रहेको विभिन्न दाताहरुले अरु थप निमार्ण कार्यहरु अगाडी बढाउन सहयोग गर्नुभयो । जसका कारण करिब ६ करोडको लागतमा बुढिखोलामा ब्यबस्थीत घाट निमार्ण भयो । बुढिखोला किनारमा अहीले शिवालय मन्दिर, बिश्वकर्मा मन्दिर, २ तले धर्मशाला, कृर्यापुत्रि भवन, मलामी बिश्रामालय, सुरक्षा आबास सहित ४ ओटा व्यवस्थित शवदाह स्थलहरु निर्माण गरिएका छन् । शव दाह गर्ने क्षेत्रमा हिन्दुको पौराणीक पक्षलाई सचित्र उतार्ने प्रयत्न पनि गरिएको छ । मुक्तिघाट क्षेत्रमा धार्मिक पौराणीयक पक्षहरु समुन्द्र मन्थन सहित ब्रम्हा बिष्णु महेश लगायत विभिन्न देविदेवताका झाँकीहरु निर्माण गरिएको छ । मानिस जन्मे देखी मृत्यू सम्मका जिवन चक्रलाई मुर्तिकलाको माध्यमबाट प्रष्ट पार्ने प्रयत्न गरिएको छ । नेपालमै पहिलो पटक निर्माण गरिएको यस किसिमको मुक्तिघाट हाल सम्मकै उत्कृष्ठ धार्मिक संरचना भएका कारणले पनि सवैको ध्यान आकर्षण गर्न सफल भएको छ । नेपालको पूर्व क्षेत्रकै एक आकर्षक धार्मीक पर्यटकीय स्थलको रुपमा विकसित मुक्तिघाट क्षेत्रको २०७० साल चैत्र २३ गते तत्कालीन प्रधानमन्त्रि शुसिल कोइरालाबाट समुदघाटन गरी सर्बसाधारणका लागी उपयोगमा ल्याउन थालिएको छ ।
मुक्तीघाटका आबस्यक संरचनाहरुको निर्माण कार्य सम्पन्न भई सके पछि निर्माण समिति बिघटन गर्न भेलाको आयोजना गरियो थियो तर त्यो भेलाले यसक्षेत्रको नयाँ र सुन्दर भविष्य देखे पछि यसको निरन्तर विकास र विस्तार गरि ऐतिहासीक महत्वका स्थलहरुको संरक्षण सम्वर्धन गर्दै लाने उद्देश्यले बृहत्तर मुतिmधाम क्षेत्र विकास समिति गठन ग¥यो । स्थानिय समाजसेवि, बुद्धिजिवि, उद्योगी ब्यापारीहरुको सहभागीता रहेको यस समितिले मुक्तिघाट क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न दिर्घकालिन गुरु योजना निर्माण गरि काम अगाडी बडायो । यीनै योजना अन्र्तगत अहीले मन्दिर पुर्ननिमार्ण र पार्क निमार्णको काम थालीएको हो ।
मन्दिर पुर्ननिमार्ण र पार्क निमार्ण भएपछि हुन सक्ने फाइदा
वैज्ञानिक ढंगको शब दाह स्थलका साथै धार्मिक संस्कार र सस्कृति झल्कनले झाँकीहरुका कारण मुक्तिघाट क्षेत्र आकर्षक धार्मिक पर्यटकीय स्थलको रुपमा विकसित भैसकेको छ । धर्म र विज्ञानको संगम स्थल भएका कारण यो शव दाह गर्ने स्थल मात्र होइन की धर्म संस्कृतिको अध्ययन अवलोकन गर्ने स्थल पनि बनेको छ । यो स्थल भौतिक शरिरको अन्त्य र ज्ञानको सुरुवात गर्ने स्थल बन्दै गएको छ । यसकासाथै जथाभावी शव दाह गर्ने गरिएका कारण नदिमा फोहोरमैला भइ नष्ट भैरहेको नदिको प्राकृतिक सौन्दर्य र तिब्र शहरी करण भैरहेको सुनसरीको इटहरी उपमहानगरपालीका र मोरगंको सुन्दर हरैचा नगरपालीकाको मानव वस्तीमा प्रदुषणले परेको असर मुक्तीघाट निमार्ण भएपछि एक साथ अन्त्य भएको छ । घिनलाग्दो नदि कीनार अहीले धार्मिक पर्यटकिय स्थल भएको छ । मानिसहरु टहलीन, फोटो खिच्न र पुजापाठ गर्न बुढिखोला किनारमा पुग्ने गरेका छन । यस्ले धार्मिक पर्यटनको संभावनालाइ पुष्टि गरेको छ ।
बृहत्तर मुक्तिधाम क्षेत्र विकास समितिको उदेश्य अनुरुप मन्दिर पुर्ननिमार्ण र पार्क निमाणको काम पनि सम्पन्न भए पछि यो क्षेत्र पूर्वकै एक प्रमुख धार्मिक पर्यटकीय स्थलको रुपमा विकास हुन सक्छ । धार्मिक अध्ययन, अवलोकनका लागि देश तथा विदेशबाट मानिसहरुको आगमन हुने धार्मिक गन्तव्य बन्ने छ । यहाँ आएका व्यक्तिहरुलाई पूर्वका अन्य धार्मिक क्षेत्रको अवलोकनका लागि दिशा निर्देश गर्ने अवसर मिल्न सक्छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




दील्लीमा बोल्दै देउबा

Like us on Facebook