गृहपृष्ठ » खेल/मनोरन्जन » अन्डर १९ क्रिकेटको उपाधी पूर्वाञ्चललाई

अन्डर १९ क्रिकेटको उपाधी पूर्वाञ्चललाई

 Posted by Itahari Fm | error | २१६ पटक

इटहरीमा आयोजित पिएलओ प्रथम राष्ट्रिय अन्डर १९ क्रिकेट प्रतियोगितामा पूर्वाञ्चल टिम च्याम्पियन भएको छ । विहिबार भएको फाईनल खेलमा पूर्वाञ्चल ८३ रनले विजयी हुँदै प्रतियोगिता जितेको हो ।
पूर्वाञ्चल टिमले नगद ५० हजार सहित प्रथम शिल्ड प्राप्त गरेको छ ।यस्तै दोस्रो हुँदै पश्चिमाञ्चल टिमले नगद ३० हजार र ट्रफी प्राप्त गरेको छ ।
टस जितेर पहिले व्याटिगं गरेको पूर्वाञ्चलले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६१ रन बनाएको थियो । पूर्वाञ्चल टिममा क्याप्टेन मिनस थापाले ३८ बलमा ६८ रन लिएका थिए । यस्तै सन्दिप ढुंगानाले २८ रन बनाएका थिए । पश्चिमाञ्चलका लागि सन्दिप क्षेत्रीले २ विकेट लिएका थिए ।
१ सय ६२ रनको विजयी लक्ष्य सहित मैदान ओर्लिएको पश्चिमाञ्चल टिम १५ दशमलव ५ ओभरमा अलआउट हुँदै केवल ७८ रन मात्र जोड्न सक्यो । उसका लागि अजय कौशल्याले २० रन र मिलन गुरुगंले १४ रन बनाउन बाहेक अन्य व्याट्सम्यानहरुले राम्रो स्कोर गर्न सकेनन् ।
पूर्वाञ्चलका खेलाडीको धारीलो बलिगंसामु पश्चिमाचलका खेलाडीलाई टिक्न गाह्रो परेको थियो । कसिलो बलिगंका सामु पश्चिमाञ्चलका खेलाडी दोहोरो अंक विनै पबिलियन फर्कीएका थिए ।
पश्चिमाञ्चललाई सस्तैमा रोक्नका लागि पूर्वाञ्चलका क्याप्टेन मिनस थापाले ४ विकेट लिएका थिए । यस्तै विवेक यादवले ३ विकेट लिएका थिए भने राज थापा र दिपेश कडेँलले १।१ विकेट लिएका थिए ।
प्रतियोगितामा पूर्वाञ्चलका अंकित सुवेदी बेष्ट व्याट्सम्यान घोषीत भए । यस्तै बेष्ट बलर पश्चिमाञ्चलमा राहुल चौहान भए । यस्तै प्रतियोगिताको म्यान अफ द म्याच तथा म्यान अफ द सिरिज भने पूर्वाञ्चलका कप्तान मिनस थापा घोषित भएका थिए ।
प्रतियोगिता विजेता टिम तथा खेलाडीलाई पिएलओ लुब्रिक्यान्टका प्रमुख भोलेश्वर दुलाल तथा इटहरी एकेडेमीका अध्यक्ष कैलाश विष्टले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रममा इटहरी उद्योगा वाणिज्य संघका बरिष्ट उपाध्यक्ष सैलेश विष्ट, राष्ट्रिय जागृति क्लवका अध्यक्ष संजिव ढुंगाना, प्याब्सन सुनसरीका अध्यक्ष सुमित थापा, इटहरी जेसिजका अध्यक्ष गोकुल थापा लगायतको उपस्थिती रहेको थियो ।

Tweet about this on TwitterShare on Facebook

इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




Live on facebook

Like us on Facebook