गृहपृष्ठ » खेल/मनोरन्जन » आयोजकलाई ९ विकेटले हराउँदै सुदुरपश्चिम सेमिफाईनलमा

आयोजकलाई ९ विकेटले हराउँदै सुदुरपश्चिम सेमिफाईनलमा

 Posted by Itahari Fm | error | २० पटक

इटहरीमा जारी पिएलओ अन्डर १९ क्रिकेट प्रतियोगितामा आयोजक इटहरी क्रिकेट एकेडेमीलाई ९ विकेट पराजाति गर्दै सुदुरपश्चिमाञ्चल सेमिलाईनल प्रवेश गरेको हो । इटहरीको डिभिएम स्कुलको क्रिकेट मैदानमा आज भएको खेलमा आयोजकलाई पाखा लगाउँदै समुह ख बाट समुहविजेता बन्दै सुदुरपश्चिमाञ्चल सेमिफाईनल प्रवेश गरेको हो ।
टस हारेर व्याटिगं गरेको आयोजक इटहरी क्रिकेट एकेडेमीले २० ओभरमा ६ विकेट गुमाएर १ सय १ रन मात्र बनाएको थियो । आयोजकका मनिस दाहालले ३४, विकेस बन्जारा र सिमान्त रेग्मीले १९ ।१९ रन बनाउन बाहेक अन्यले राम्रो स्कोर गर्न सकेनन् । आयोजकलाई सस्तैमा समेट्न सुदुरपश्चिका खेलाडी सेफ्टीनराज अन्सारी र निरन्जन सिंहले २ । २ विकेट लिएका थिए ।
जवाफि व्याटिगंमा उत्रिएको सुदुरपश्चिममाञ्चलले ११ ओभरमा ९ विकेट गुमाएर विजयी लक्ष्य पुरा गरेको थियो । सुदुरपश्चिमका खेलाडी आयुव चन्दले ४३ रन बनाए भने राजन सिंहले १८ रन बनाएका थिए । खेलमा सुदुरपश्चिमाञ्चलका सेफ्टीनराज अन्सारी म्यान अफ द म्याच घोषीत भए । उनले नगद १ हजार र ट्रफी प्राप्त गरेका छन् ।
आजकै दोस्रो खेल पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल वीच भईरहेको छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




दील्लीमा बोल्दै देउबा

Like us on Facebook