गृहपृष्ठ » News » इटहरीमा उमेरद्धार छान्नै सकस ।

इटहरीमा उमेरद्धार छान्नै सकस ।

 Posted by Itahari Fm | error | १२९७ पटक

स्थानीय तहको चुनाब नजीदै जाँदा दलहरु यतिबेला उमेरद्ध्वार छनौटमा केन्द्रित भएका छन् । इटहरीमा काग्रेस र एमाले बिच कडा प्रतिष्पर्धा छ र यी दुइ पार्टीलाई अहीले उमेरद्धार छान्नै सकस भएको छ । काग्रेसमा क्षेत्र र नगरको नेतृत्व गरिरहेका युवाहरुनै मेयरको आकांक्षि देखिएका छन भने एमालेमा २०५४ सालकै पुस्ता मेयरको दौडमा रहेकाले उमेरद्ध्वार छान्न सकस भैरहेको छ । बिगतको चुनाब जीतेको एमाले बिरासत जोगाउन रक्षात्मक देखिएको छ र उस्ले टिकट दिँदा पार्टीभित्र असन्तुष्टि बढ्यो भने अरुलाइ फाइदा हुने कुरालाइ बिचार गरेको देखिन्छ । बिगत चुनाबमा हारेको काग्रेस भने एकताबद्ध र आक्रमक देखिएको छ । उस्ले जस्ले जित्ने संभावना बढि हुन्छ उसैलाइ टिकट दिने तयारी गरेको देखिन्छ । राप्रपा र माओबादी केन्द्रमा काग्रेस एमाले जस्तो सकस छैन तर आन्तरीक गुटबन्दीले निर्णय हुन सकेको छैन् । ७८ हजार १ सय २८ जना मतदाता रहेको इटहरीमा सबै पार्टीको टिकटमै ध्यान छ । चुनाब जित्ने रणनिति र चुनाबी एजेण्डाको खासै तयारी देखीएको छैन ।
नेकपा एमाले
२०५४ सालमा स्थानीय चुनाब जितेको एमाले पार्टी भित्र २० बर्ष पछि चुनाब हुन लाग्दा पनि त्यही पुस्ता र त्यही तथ्याकं हाबी छ । ५४ सालमा चुनाब हुदा इटहरी भरखर गाबिसबाट नगरपालीका भएको थियो । गाबिसका साबीक ९ वटा वडा नै कायम थिए । त्यतिबेला काग्रेसका बीरेन्द्र कार्की र राप्रपाका रामकुमार शुब्बालाइ हराएर एमालेका सर्बध्वज साँवा मेयर निर्बाचित भएका थिए । २० बर्ष अघि मेयर भएका एमालेका तीनै सर्बध्वज साँवा २० बर्ष पछि पनि त्यहि पदमा उमेरद्धार बन्ने कसरतमा छन् । त्यतिबेला कस्लाइ मेयर बनाउने भनेर एमाले भित्र आन्तरिक चुनाब भएको थियो । त्यतिबेलाका जिल्ला कमीटी सचिबालय सदस्य तथा नगर इन्चार्ज सर्बध्वज साबाँ र त्यतिबेलाका नगर सचिब रामप्रसाद चौलागाइ बिच भएको चुनाबमा साँवा २९ मतले अघि भएका थिए र मेयरको उमेरद्ध्वार बनेका थिए । चौलागाइलाइ आउदो चुनाबमा मेयरको उमेरद्ध्वार बनाउने सहमति गरिएको थियो । त्यही सहमति अनुसार चौलागाइ ५४ सालमै अर्को चुनाबमा मेयर हुने योजना सहीत पार्टी राजनितीमा कृयासिल भए । अर्को चुनाब आउन २० बर्ष लाग्यो । २० बर्ष पछि अहीले हुन लागेको चुनाबमा पनि प्रतिष्पर्धि मध्येका एक फेरी तिनै सावा देखिएका छन् ।
साँवा र चौलागाइ संगै मेयरको दौडमा एमालेका जिल्ला अध्यक्ष द्वारीक चौधरी पनि छन् । मास्टरको जागीर छोडेर एमालेको राजनितिमा लागेका उनी २० बर्ष अघि ५४ सालमा भएको स्थानीय चुनाबमा तत्कालीन हाँसपोसा गा.बि.स.को अध्यक्ष थिए । हासपोसा इटहरी उपमहानगरपालीकामा गाभिए पछि उनी इटहरीको अधिकार सम्पन्न मेयर हुनै दौडमा छन् । साँवा, चौलागाइ र चौधरी संगै इटहरीको मेयरमा याम सुब्बा र रेवतीरमण भण्डारीको पनि चर्चा छ । रेवती ५४ सालमा उपमेयर थिए । अहीले सुनसरी क्षेत्र नं २ बाट सासद छन । उनी जित्ने अबस्था आए सासद छोडेर इटहरीकै मेयर हुने मनस्थीतीमा रहेको एमाले कार्यकर्ताहरुलेनै बताउने गरेका छन् । तर अरुले जस्तो भण्डारीले खुल्ला दाबी गरेका छैनन् । सुब्बाले भने मेयरको दाबी गरि रहेका छन् । ५४ साल तिरै इटहरी आएर इटहरीको राजनितिमा लागेका सुब्बा दुइ कार्यकाल एमालेको इटहरी अध्यक्ष भएर काम गरि सकेका छन् । ३६ सालको मुभमेण्टमै कम्युनिष्ट आन्दोलनमा लागेर जेल परेका सुब्बाले आफुलाइ मेयर हुने अबसर दीएर पार्टीले न्याय गर्नु पर्ने बताउदै आएका छन् । मेयरको दौडमा रहेका भण्डारी बाहेक अरु नेताहरु पार्टीको सस्थापन (ओली) पक्षका मानीन्छन् । अहीले नगरको नेतृत्व गरिरहेका रेवती घिमिरे, क्षेत्रमा पार्टीको नेतृत्व गरिरहेका बन्नुलाल चौधरी लगायतका नेता मेयरको दौडमै देखिएका छैनन् । नगर र क्षेत्रका केही नेताहरु वडा अध्यक्षको दौडमा रहेको एमालेका कार्यकर्ताले बताउने गरेका छन् ।
मेयरका आकंक्षी साँवाले कही दिन अघि आफुलाइ प्रदेशको टिकट दिने र श्रीमति अमृता सुब्बालाइ उपमेयर बनाउने सर्तमा द्ध्वारीकलाइ मेयरमा सघाउन सक्ने बचन दिएको भन्ने चर्चा पनि चलेको छ । यो चर्चामा बास्तबिकता पनि हुन सक्ने देखिएको छ । तर द्ध्वारीक पनि अमृता पनि दुबै जना जनजाती फेस भएको र एउटै समुहको भएकाले लक्ष्मी गौतमलाइ उपमेयर बनाएर मिलाउने प्रयत्न पनि भएको छ । तर संबिधानसभाको चुनाबका बेला पनि प्रत्यक्षको टिकट नदिएर समानुपातीकमा थामथुम पारिएका साँवाले अमृताले उपमेयर पनि नपाउने खण्डमा नछाड्ने देखिएको छ । धेरै जनजातीहरु पार्टी छोडेर जाँदा पनि एमालेमै रहेका र अध्यक्ष ओली संगै सम्बन्ध भएका साँवाले आश्वासनकै भरमा नमान्ने अबस्थाले पनि निणर्य लिन एमालेलाइ कठिन भएको छ । 
पार्टी भित्रको बौद्धिक सर्कल र युवा पुस्ता पनि यस अघि मेयर भैसकेका साँवा र जिल्ला अध्यक्ष भैसकेका द्ध्वारिक भन्दा रामप्रसाद चौलागाइलाइ अगाडी बढाउनु पर्ने पक्षमा देखिएको छ । २० बर्ष पछि पनि त्यही मान्छेलाइ त्यही पदमा उठाउने कुरामा युवा पुस्ता सकारात्मक नहुदा पनि साँवालाइ टिकट सिफारीस गर्न पार्टीलाइ कठिन भएको छ । ४२ प्रतिसत भन्दा बढि क्षेत्री बाहुनको बसोबास रहेको इटहरीमा मेयर उपमेयर दुबै जनजातीलाइ दिन पनि राम्रो नहुने तर्क बिर्तक भएका छन् । छाला र नाक हेरेर राजनीती हुदैन भन्ने तर्कहरु पनि आएका छन् ।
इटहरीको बिकासकालागि भिजन भएको नेता र ५४ सालकै चुनाबमा अर्को पटक दिने सहमति पनि भएकाले चौलागाइलाइ टिकट सिफारिस गर्दा पनि पार्टीको गुट र जातीयता मिलाउन कठिन भएको छ । चौलागाइलाइ मेयर र अमृतालाइ उपमेयर सिफारिस गर्दा पनि एउटै गुटको हुने, चौलागाइलाइ मेयर र लक्ष्मी गौतमलाइ उपमेयर सिफरिस गर्दा पनि दुबै जना बाहुन हुने भएकाले एमालेमा टिकट सिफारिस गर्न सकस परेको छ । सकसका बिच साँवालाइ प्रदेमा लाने कुरामा आस्वस्त बनाएर द्वारीकलाइ मेयर र लक्ष्मीलाइ उपमेयर बनाउने निकै ठुलो कसरत हुने कार्यकर्ताले बताउने गरेका छन् ।
तर अघिल्लो पटक एमालेले तत्कालीन जिल्ला सचिबालय सदस्य तथा नगर इन्चार्ज साँवालाइ टिकट दिएर जिताएको थियो यो पटक अघिल्लो पटक साँवाको पदमा चौलागाइ छन् । चौलागाइ अहीले जिल्ला सचिबालय सदस्य र नगर इन्चार्ज छन् । युवा र बैघिक सर्कलले रुचाएका नेता भएकाले चौलागाइलाइ मेयर र अमृता सुब्बलाइ उपमेयर बनाउने प्रयत्न पनि भैरहेको बताइएको छ । जे होस अहीले सम्म एमालेबाट द्वारिक र राम प्रसाद बढि संभाबित ब्यक्ति देखिएका छन् ।
नेपाली काँग्रेस
एमालेले लाल किल्ला दाबी गरेको इटहरीमा जित हात पार्न काग्रेसी नेताहरु न्वारानकै बल देखाउनै तयारीमा छन् । तर काग्रेस नेताहरुलाइ अहीले एमाले हराएर काग्रेसको जित निकाल्न भन्दा पनि आफ्नै पार्टीबाट टिकट हात पार्न सकस भैरहेको छ । ९ जनाले मेयरको आकांक्षा देखाए पनि क्षेत्रिय सभापति मणिराम श्रेष्ठ, नगर सभापति हेमकर्ण पौडेल र उद्योग बाणिज्य संघ इटहरीका पुर्ब अध्यक्ष रोहीत प्रसाइ मेयरको दौडमा सबै भन्दा अगाडी छन् । एमालेले खानेपानीको चुनाब र ५४ सालमा मेयर जित्दाको तथ्याक बोकेर यस पटक पनि हामीनै जित्ने हो भनिरहेको बेला काग्रेसीहरु ५७ सालमा जनता क्याम्पसको स्वबीयुमा जस्तै चमत्कार देखाउने रणनीतीमा छन् । ५४ साल पछि धेरै मानीसहरु बसाइ सरेर आउकैले इटहरी नगरबाट उपमहानगर भैसकेकाले त्यो डाटा काम नलाग्ने त भएको छनै ५४ सालमा एमालेका साँवालाइ जिताउन हीडेका एमाले कार्यकर्ता अहीले काग्रेसबाट मेयर लड्ने दिन आइ सकेको छ । ५४ सालमा एमालेका साँवालाइ जिताउन हीडेका हेमकर्ण पौडेल अहीले काग्रेस पार्टीबाट साँवाभन्दा माथीका नेतालाइ टक्कर दिने भएका छन् । ५७ सालको स्वबियु निर्बाचन भन्दा केही अघि मात्रै काग्रेस प्रबेस गरेका पौडेलले एमालेको कील्ला मानीएको इटहरीको जनता क्याम्पसमा स्वबियु सभापति जितेर एमालेको कील्ला तोडेका थिए । पौडेल अहीले मेयरको उमेरद्ध्वार भए त्यसरीनै जित नीकाल्ने उनका सुभेच्छुकहरुले बताउने गरेका छन् । ५४ सालमा साँवालाइ मेयर बनाउने सामान्य सहयोगी रहेका हेमकर्णलाइ अहीले साँवालाइ हराउन सक्ने काग्र्रेसको उमेरद्ध्वारको रुपमा प्रचार गरिएको छ । 
हेमकर्ण जस्तै मेयरको चर्चामा क्षेत्रिय सभापति मणिराम श्रेष्ठ पनि छन् । ५४ सालको स्थानीय निर्बाचनमा उनी नेबिसंघको हासपोसा गाँउ कमीटी सभापति थिए । अहीले उनी नेबसिंघबाट पार्टीको २ कार्यकाल क्षेत्रिय उपसभापति हुदै क्षेत्रिय सभापति भैसकेका छन् । र काग्रेसबाट सबै भन्दा स्ट्रोग उमेरद्ध्वारको रुपमा देखिएका छन् । अघिल्लो चुनाबमा एमालेका सामान्य कार्यकर्ता रहेका हेमकर्ण अहीले एमालेलाइ नै टक्कर दिने नेता भएझै मणिरामको पनि त्यस्तै संयोग परेको छ । मणिराम नेबिसंघको हासपोसा गाउ सभापति हुदाँ एमालेका द्ध्वारिकलाल दुइ पटक हासपोसा गाबिसको अध्यक्ष भैसकेका थिए । तर तीनै द्ध्वारिक चौधरीलाइ हराउन सक्ने नेताको रुपमा मणिरामको चर्चा भैरहेको छ । स्थानीय स्तरमा काग्रेसको राजनितिक पूस्ता हस्तान्तरण हुदै गएकाले युवाको आकषर्ण काग्रेस तिर बढेको छ । काग्रेसका अहीलेका आकाँक्षी पुरानो पुस्ताको निरन्तरता नभएकाले पनि स्वतन्त्र युवाहरु काग्रेस तिर आउने र चुनाब जित्न सहज हुने देखिएको छ । नेबिसंघको राजनितिबाटै आएका रोहीत प्रसाइ पनि इटहरीको मेयरको दौडमा छन् । ५४ सालको स्थानीय चुनाब अघिनै नेबिसंघ सुनसरीको सभापति भैसकेका प्रसाइ बिद्यार्थी राजनिति पछि उद्योग बाणिज्य क्षेत्रको राजनीतीमा लागेका थिए । उनी इटहरी उद्योग बाणिज्य संघको दुइ कार्यकाल अध्यक्ष हुदै नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्य समेत भैसकेका छन् । एमालेले आफ्नो किल्ला भन्ने इटहरीमा एमाले उमेर्द्ध्वारलाइनै हराएर उद्योग बाणिज्य संघको अध्यक्ष भएका प्रसाइ एमालेका लागि चुनौती हुने काग्रेस कार्यकर्ताहरुले सुनाउने गरेका छन् । प्रसाइ युवा परिचालन गर्न सक्ने नेतृत्व क्षमता भएका ब्यक्तिको रुपमा चिनिन्छन् । 
एमाले ५४ सालकै पुस्ताबाट मेयरको उमेरद्ध्वार छान्न लागि रहदा काग्रेसको ५४ सालको पुस्ता भने रोहीत, मणि र हेमकर्ण मध्ये एक लाइ मेयरको उमेरद्ध्वार बनाएर जिताउने अभियानमा देखिएको छ । ५४ सालमा मेयरको उम्मेरद्ध्वार बनेका बिरेन्द्र कार्की अहीले पनि काग्रेस राजनितिमा सकृय छन् तर उनले २० बर्ष पछि पनि यही पुस्ताले लडाइ गर्दा राजनितिमा युवा पूस्ताले प्रबेस पाउन नसक्ने भन्दै मेयरको प्रतिष्पर्धाबाट बाहीरीएका छन् । नगरसभापति भैसकेर काग्रेस राजनितिमा सकृय रहेका केसब सिटौला अहीले काग्रेसको महासमिति सदस्य छन् । उनले पनि युवालाइ मौका दिने भन्दै मेयरको प्रतिष्पर्धाबाट बाहीरिएको घोषणा गरेका छन् । राष्ट्रिय राजनीतीमा स्थापीत भैसकेका माहासमित सदस्य राजीब ढुंगानाले पनि मेयरको प्रतिष्पर्धामा नरहेको बताइ सकेका छन् । एउटा अग्रज पुस्ता पद प्राप्तीकालागि भन्दा सहजीकरणकालागि जुटेको र आन्तरिक रुपमा पनि काग्रेसको गुटबन्दी नदेखीएकाले काग्रेसको संभावना बढेको छ । तिनै जना आकाँक्षीले मेयरकालागि प्रतिष्पर्धा गरे पनि जस्ले टिकट पाउछ उस्लाइ सघाउने सहमति गरि सकेका छन् । यस पटक पनि नजिते अर्को पटक यस्तो माहोल नबन्ने बिष्लेशण काग्रेसले गरेको छ । हेकर्णले मेयरको टिकट पाउदा गीता श्रेष्ठ उपमेयर हुने र मणी श्रेष्ठ अथवा रोहीत प्रसाइले टिकट पाउदा बिमला ढकाल उपमेयर हुने देखीएको छ ।

राप्रपा
इटहरीमा काग्रेस एमाले पछि राप्रपाको चर्चा हुने गर्छ । इटहरी गाबिस हुदानै प्रधानपन्च भएका र पछि राप्रपा नेपालबाट मन्त्रि समेत भएका राम कुमार सुब्बा, साबीक खनार गाबिसको अध्यक्ष भैसकेका राप्रपाका जिल्ला अध्यक्ष रहेका रोहीत कार्की, साबीक हासपोसामा राम्रै संगठन बनाएका प्रेम भट्टराइ र केही प्रभाबसाली थारु नेताहरु अहीले दुइ राप्रपा एक हुदाँ एकै ठाँउमा भएका छन् । सबै एक हुदा राप्रपाको पनि राम्रो मत रहेको आकलन भैरहेको छ । काग्रेस एमालेमा जस्तो राप्रपामा अहीले सकस छ्रैन । तर दुइ पार्टी एक भएर बनेको अहीलेको राप्रपामा धेरै थोरै पुरानो गुट भने देखिएको छ । पहीले गाइ चिन्हवाल राप्रपा नेपालको तर्फबाट रामु पोख्रेल मेयरको आकाँक्षी छन भने पहिले हलो चिन्ह वाल राप्रपाका तर्फबाट जिल्ला अध्यक्ष (अहीले एकतापछि पनि उनै अध्यक्ष छन्) रोहीत कार्की मेयरका आकाँक्षी देखिएका छन् । तर यो ठुलो मनमुटाब सहितको गुटबन्दी नभएकाले सहमति गर्न अरु पार्टीमा जस्तो कठिन छैन् । राप्रपाका कार्यकर्ताहरुले यस पटक रोहीत कार्कीलाइनै मेयरको उमेरद्ध्वार बनाउने मोटामोटी सहमति गरि सकेका छन् । उपमेयरमा भने शाहीकालीन मेयर गितानीधी रायमाझीकी श्रीमतीको उठाउने संभावना देखिएको छ ।
माओबादी केन्द्र
माओबादीमा पहिलो संबिधानसभा चुनाबमा देशैभरि उमेरद्ध्वारको खाँचो देखिएको थियो । युद्ध्बाट आएका नेताहरु ब्यालेट तिर आर्कर्षित हुन सकेका थिएनन् । माओबादीले इटहरी क्षेत्रमा सेनाका पुर्ब कर्णेललाइ उमेर्द्धवार बनाएको थियो । तर त्यो पहिलो संबिधानसभामा माओबादी पहिलो पार्टी भएपछि दोस्रो संबिधानसभा चुनाबमा माओबादी भित्र टिकट माग्नेको भिड भयो । कठिनले माओबादीले टिकट दियो तर पार्टी तेस्रो भयो । अहीले फेरी माओबादीमा पहिलो संबिधानसभाकै हालत देखिएको छ । देशैभर माओबादीको संगठन कमजोर छ भन्ने चर्चाले फेरी ६४ सालकै जस्तो उमेरद्ध्वार नपाउने स्थीती आएको बताइने गरेको छ । इटहरीको उम्मेरद्ध्वार छनौटकालागि सुरु सुरुमा भएका बैठकमा पनि माओबादी नेताहरुले उमेरद्ध्वार बन्ने इच्छानै देखाएनन् । माओबादी कार्यकर्ताका अनुसार पत्रकार राजन केडीले बैठकमा तपाइहरु कोही नउठ्ने भए पार्टीको इज्जतकालागि भए पनि म उठ्छु समेत भनेका थिए । उनले दबाबकालागि भने पनि माओबादी केन्द्रले नगर अध्यक्ष भिम सुबेदी सागरलाइ मेयरको उमेरद्ध्वार बनाउने तयारी थालेको थियो । अहीले सिब डाँगी, डम्बर सुबेदी हिमाल, सरस्वती पोख्रेल सारदा, रामकुमारी चौधरी रोजीना लगायतको पनि चर्चा चलेको छ । तर अन्य उमेरद्ध्वारले पार्टीमा पनि र ब्यक्तिगत कुराकानीमा पनि खासै इच्छा नदेखाएकाले सागरनै मेयरको उमेरद्ध्वार हुने पार्टी कार्यकर्ताले बताउने गरेका छन् । माओबादी भित्र मिल्ने, मिलाउने र बैद्धिक नेताको परिचय बनाएका सागर उठ्दा उनले अन्य पार्टीको पनि भोट लिन सक्ने चर्चा हुने गरेको छ । तर अन्तिममा आएर माओबादीले महीलालाइ मेयरको उमेरद्ध्वार र सागरलाइ उपमेयरको उमेरद्ध्वार बनाउने आकलन पनि भैरहेका छन् । अन्य पार्टीले उपमेयरमा महीला उठाउने लगभग पक्कानै भैसकेबेला माओबादी केन्द्रले भने महीलालाइ मेयर उठाएर महीलाको सहानुभुति पनि लिने र उपमेयरमा सागरलाइ पनि महीला संग जित्न सहज हुने आकलन गरिएको चर्चा हुन थालेको छ ।

Tweet about this on TwitterShare on Facebook

इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




Live on facebook

Like us on Facebook