गृहपृष्ठ » News » पूर्वाञ्चलको सुरक्षा बैठक : निर्वाचनमा तीन वटा सुरक्षा खतरा

पूर्वाञ्चलको सुरक्षा बैठक : निर्वाचनमा तीन वटा सुरक्षा खतरा

 Posted by Itahari Fm | error | २०० पटक

गृहमन्त्री विमलेन्द्र निधिले निर्वाचनमा तीन वटा सुरक्षा खतरा रहेको बताएका छन्। पूर्वाञ्चलको क्षेत्रीय सुरक्षा बैठक पछि पत्रकारहरुसँग कुरा गर्दै उनले भूमिगत समूह, विखण्डनकारी, र अपराधीक गतिविधिलाई नियन्त्रण गर्नु पर्ने बताए। उनले यस्ता गतिविधिका विरुद्ध कडाइका साथ पेश हुन सुरक्षा निकायलाई निर्देशन दिएको बताए।

निर्वाचनको विपक्षमा रहेका राजनीतिक दलहरुसँग सम्वादको वातावरण बनाउने र त्यसै अनुसार प्रस्तुत हुने उनको धारणा थियो। निर्वाचनमा भाग नलिने अडान राख्दै आएको मधेसी मोर्चासँग राजनीतिक रुपमा केन्द्रमा कुरा भैरहेको र समाधान निस्कनेमा आँफु विश्वस्त रहेको उनको भनाई थियो। दुई चरणमा निर्वाचन गराउँदा मधेसी मोर्चाले भाग लिन्छ भने त्यसमा पनि सोच्न सकिने उनले बताए।

उपप्रधानमन्त्रीको वरियताको विवादबारे उनले त्यसको टुंगो प्रधानमन्त्री र पार्टी सभापतिले तय गर्ने भएको बताए।

Tweet about this on TwitterShare on Facebook

इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




Like us on Facebook