गृहपृष्ठ » अर्थतन्त्र » मदिरा र सुर्तिमा मात्र ८९ अर्ब खर्च

मदिरा र सुर्तिमा मात्र ८९ अर्ब खर्च

 Posted by Itahari Fm | error | १४७ पटक

गत वर्ष नेपालीले खाद्य र गैरखाद्य गरी कुल १८ खर्ब २५ अर्ब २९ करोड ९० लाख रुपैयाँबराबरको वस्तु उपभोगमा खर्च गरेका छन् ।
अघिल्लो वर्षको तुलनामा उपभोग खर्च २ खर्ब ३ अर्ब २५ करोड रुपैयाँ बढेको छ । अघिल्लो वर्ष १६ खर्ब २२ अर्ब ४ करोड रुपैयाँ उपभोगमा खर्च भएको थियो । गत वर्ष खाद्यान्नमा ८ खर्ब ५४ अर्ब ४२ करोड रुपैयाँ खर्च भएको छ । यस्तै, गैरखाद्यमा ९ खर्ब ७० अर्ब ८७ करोड रुपैयाँ खर्च भएको छ ।

बर्सेनि उपभोग खर्च बढ्दै गएको केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको चौथो वार्षिक घरपरिवार सर्वेक्षणको नतिजाले देखाएको छ । यसका लागि घरपरिवारबाट तथ्यांक संकलन गरिएको थियो । आर्थिक वर्ष ०७२-०७३ मा सञ्चालित चौथो वार्षिक घरपरिवार सर्वेक्षणको संक्षिप्त नतिजामा गत वर्ष नेपालीले मदिरा र सुर्तिजन्य वस्तु उपभोगमा मात्र ८९ अर्ब रुपैयाँ बढी खर्च गरेको उल्लेख छ । गत वर्ष मदिराजन्य वस्तुमा ५३ अर्ब २६ करोड ४१ लाख रुपैयाँ खर्च भएको छ । यस्तै, सुर्तिजन्य वस्तुमा ३५ अर्ब ८२ करोड ७० लाख रुपैयाँ खर्च भएको छ । यो कुल उपभोगको ९.२६ प्रतिशत खर्च हो । यसमध्ये मदिरामा ५.५६ र सुर्तिजन्य पदार्थमा ३.७० प्रतिशत खर्च भएको छ ।

यस्तै, रेस्टुरेन्ट खानामा १८ अर्ब ८८ करोड ७९ लाख, गैरमदिरा खाद्यान्नमा ७ अर्ब ९२ करोड ७३ लाख, चिया तथा कफीमा ६ अर्ब २३ करोड, मसलाजन्य वस्तुमा ३३ अर्ब ७१ करोड ७७ लाख, चिनी र चिनिजन्य वस्तुमा २४ अर्ब ९० लाख, तरकारीमा १ खर्ब ६ अर्ब ६३ करोड, फलफूलमा ३५ अर्ब ८३ करोड ६१ लाख, घिउ र तेलमा ६३ अर्ब ४९ करोड ८६ लाख, अण्डा तथा दूधजन्य वस्तुमा ७३ अर्ब ८७ करोड ६० लाख, माछा र मासुमा १ खर्ब ३८ अर्ब २६ करोड र गेडागुडीजन्य वस्तुमा २ खर्ब ५५ अर्ब ५६ करोड रुपैयाँ खर्च भएको विभागले जनाएको छ ।

Tweet about this on TwitterShare on Facebook

इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




संसद बैठकको प्रत्यक्ष प्रसारण

Like us on Facebook