गृहपृष्ठ » इटहरी अपडेट » नेबीसंघको ७२ घण्टे अल्टीमेटम

नेबीसंघको ७२ घण्टे अल्टीमेटम

 Posted by Itahari Fm | error | ६५८ पटक

इटहरीको जनता बहुमुखी क्याम्पसमा प्रशासनको लापरवाहीकै कारण समस्या बढेको भन्दै नेपाल विद्यार्थी संघले समस्या समाधान गर्न माग गरेको छ । नेपाल विद्यार्थी संघ जनता बहुमुखी क्याम्पस इकाई कमिटिले यस अघि उठाएका मागहरु ७२ घण्टा भित्रमा पुरा गर्न आग्रह गर्दै प्रेस विज्ञप्ती जारी गरेको छ ।
पछिल्लो समय क्याम्पसमा नियमित हाजिरी नहुने, निजी कलेजका सञ्चालकहरुलाई क्याम्पसको महत्वपूर्ण संकाय प्रमुखको जिम्मेवारीको सिफारिस गरिएको भन्दै सच्याउन माग गरिएको छ । नेविसंघ इकाई कमिटिले जारी गरेको विज्ञप्तीमा क्याम्पसमा समस्या बढ्दै जाँदा प्रशासन भने कानमा तेल हालेर बसेको आरोप लगाईएको छ ।
क्याम्पसमा देखिएका समस्या र विद्यार्थीहरुले भोग्नुपरेको कठिनाईहरु संकलन गरी नेविसंघले प्रशासन समक्ष समाधानका लागि बुझाएको कार्यबाहक सभापति विनय बाराकोटीले जनकारी दिनुभयो ।
जारी विज्ञप्तीमा ३ बुँदे माग राखिएको छ । नियमित हाजिरीको व्यवस्था गरिनुपर्ने, निजी कलेजका सञ्चालकहरुलाई क्याम्पसको महत्वपूर्ण संकायको जिम्मेवारी दिन नहुने, क्याम्पसको छाप र प्रमुखको हस्ताक्ष्यर दुरुपयोगको विषयलाई चाँडो निर्णय गरी दोषीलाई कारबाही गरिनुपर्ने र क्याम्पसको सरसफाईमा विशेष ध्यान दिनुपर्ने माग राखिएको छ ।
उल्लेखित मागहरु ३ दिन भित्रमा पुरा नभए कडा आन्दोलनमा जाने जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । क्याम्पसमा देखिएका समस्या समाधान गर्न पटक पटक गरिएको प्रयासहरु विफल भएपछि बाध्य भएर विज्ञप्ती जारी गर्नुपरेको इकाई कमिटि कार्यबाहक सभापति विनय बाराकोटीले जानकारी दिनुभयो । माग पुरा नभएर आन्दोलनमा जाने उहाँको भनाई थियो ।
जनता बहुमुखी क्याम्पस इटहरीको एक मात्र पब्लिक क्याम्पस हो । आर्थिक स्तर कमजोर भएका साथै पहाडी जिल्लाहरुबाट विद्यार्थीहरु अध्ययनमा लागि यहाँ आउने गरेका छन् । प्रशासनको प्रभावकारी व्यवस्थापनको अभावमा समय समयमा यहाँ समस्या उत्पन्न हुने गरेको छ ।

Tweet about this on TwitterShare on Facebook

इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




Live on facebook

Like us on Facebook