गृहपृष्ठ » News, इटहरी अपडेट » इटहरीमा काग्रेसको बिसाल सभा

इटहरीमा काग्रेसको बिसाल सभा

 Posted by Itahari Fm | error | १९३६ पटक

नेपाली काग्रेसले आज इटहरीमा शक्ति प्रदर्शन गरेको छ । केन्द्रिय सभापति शेर बहादुर देउबा र करिब एक दर्जन प्रभाबसाली केन्द्रिय नेता सहीत हजारौ कार्यकर्ता इटहरी ल्याएर काग्रेसको २ नं क्षेत्रिय समतिले इटहरीमा शक्ति प्रर्दशन गरेको हो ।
बैसाख ३१ गते हुने स्थानीय तहको चुनाबलाइ लक्षित गरेर जनता स्कुलको मैदानमा आयोजना गरिएको कार्यक्रममा टोलटोलबाट हजारौ कार्यकर्ता झाकी र याली सहीत सहभागी गराइएको थियो । उत्साहजनक रुपमा उपस्थीत हजारौ कार्यकर्तालाइ सम्बोधन गर्दै काग्रेस सभापति शेर शहादुर देउबाले मधेसी र पहाडी जनतालाइ मिलाएर लान सक्ने एक मात्र राष्ट्रबादी पार्टी काग्रेस भएको बताए । देउबाले नेकपा एमालेले राष्ट्रबादका नाममा मधेसी जनतालाइ होच्याएर जनतालाई विभाजन गर्न खोजेको आरोप लगाए । पहाडका पनि जनता हुन मधेषका पनि जनता हुन तर एमालेले मधेषका जनतालाई गाली गरेर राष्ट्रियता देखाउन खोजी रहेको छ देउबाले भने । देउबाले दुवैलाई लिएर अगाडि जान सक्ने नेपाली काँग्रेस मात्रै वास्तविक राष्ट्रवादी पार्टि भएको देउबाले बताए । कार्यक्रममा बोल्दै प्रभाबसाली युवा नेता बिश्वप्रकास शर्माले बिकास र परिर्बतनकालागि काग्रेसले गरेका कामहरु सुनाए । छुद्र र उग्र नभइ जिम्मेबार भएर एकताबद्ध रुपमा रुखमा मतदान गर्न अपील गरे ।

 यस्तै केन्द्रिय सदस्य मिन बिश्वकर्मा, डिला संग्रौला, यातयात राज्यमन्त्रि सिताराम मेहता, सुनसरी सभापति राजीब कोइराला, सप्तरी सभापति दिनेश यादब, क्षेत्र नं २ का सभापति मणिराम श्रेष्ठ, नगरसमापति हेमकर्ण पौडेल, नेबिसंघका केन्द्रिय उपाध्यक्ष बिकास केशी, तरुण दलका सुनसरी अध्यक्ष सिजन गुरगं लगायतले एमाले र माओबादीले जनतामा छरेका भ्रम चिर्दै काग्रेसका एजेण्डा राखेका थिए । उनीहरुले अव हुने स्थानीय निकायको निर्वाचनमा नेपाली काँग्रेसले अधिकाँश स्थानमा जीत हासिल गर्ने दावी गरे ।
प्रायः सभा सम्मेलनमा सहभागी भएर कार्यकर्ता हिडी हाल्ने भए पनि झण्डै पाच घण्टा लामो कार्यक्रममा कार्यकर्ताहरु ढुक्क सँग बसेका थिए । आज काग्रेसले गरेको कार्यक्रम यस क्षेत्रमा अहीले सम्म भएका राजनीतीक सभा मध्ये सबैभन्दा ठुलो देखिएको थीयो । एमालेले सुनसरीको क्षेत्र नं २ लाइ आफ्नो कील्ला दाबी गरिरहेका बेला आज काग्रेसले देखाएको मास एमालेकालागि चुनौती भएको सहभागीहरुले बताएका छन् । कार्यक्रममा उद्योग वाणिज्य संघ झुम्काका अध्यक्ष सगेन चौधरी, हेमनारायण चौधरी सहित पाँच सय बढी कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । पार्टी प्रबेस पछि बोल्दै झुम्काका प्रभाबसाली ब्यक्ति सगेन चौधरीले अब मुलुकका लागि काग्रेसको बिकल्प नभएको बताए ।

 

Tweet about this on TwitterShare on Facebook

इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




Like us on Facebook