गृहपृष्ठ » अर्थतन्त्र » आयो हुण्डाइको नया गाडी

आयो हुण्डाइको नया गाडी

 Posted by Itahari Fm | error | ४५३ पटक

हुण्डाइ गाडीको बिक्रेता पाथीभारा अटो प्रा.लि. इटहरीले नया मोडलको गाडी सार्बजनिक गरेको छ । इटहरी स्थीत सोरुममा इटहरी उद्योग बाणिज्य संघका अध्यक्ष लिलम बस्नेतले हुण्डाइको ग्राण्ड आइ टेन नया फेस लिफ्ट सार्बजनिक गरेका हुन् । नया मोडलको गाडी सार्बजनीक कार्यक्रममा बोल्दै पाथीभारा अटो प्रा.लि.का अध्यक्ष तथा इटहरीका उद्योगी भिम पौडेलले ग्राहाकको परिर्बतित चाहनालाइ लक्षित गरेर नया मोडलको गाडी सार्बजनिक गरिएको बताएका छन् । हुण्डाइको आइ टेन गाडी यस अघिनै बजारमा आएको र उपभोक्ताले मन पराएको गाडी हो र त्यसमा केही परिर्बतन गरेर सार्बजनिक गरिएको हो । Redefined exterior styling, Hi-tech Features सँगै improved performance र Fuel Efficiency यस गाडीको प्रमुख विशेषता रहेको छ । यस गाडिको exterior : Bold, Sporty र Dynamic Styling रहेको छ भने interiors : Comfort, Luxury र Hi-tech appeal मा छ । अगाडिको भागमा नयाँ bumper र नयाँ LED DRLs (daytime running lights) रहेको छ । साथै पछाडी को भागमा bumper र नयाँ reflectors ले यस New 2017 Grand i10 गाडीलाई पृथक तुल्याएको छ । New 2017 Grand i10 गाडी इन्धन खपतमा प्रभावकारी रहेको पाथीभारा अटो प्रा.लि.का सन्चालक सन्जोग पराजुलीले बताएका छन् । Hyundai गाडी नेपाली बजारमा लोकप्रिय रही आएको छ । नेपालकालागि हुण्डाइको आधिकारीक बिक्रेता लक्ष्मी इण्टरकण्टिनेण्टल प्रा.लि.ले आज देशभरका सबै सोरुमबाट एक साथ यो गाडी सार्बननिक गरेको जनाएको छ ।

Tweet about this on TwitterShare on Facebook

इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




Live on facebook

Like us on Facebook