गृहपृष्ठ » News » निर्वाचनको रणनिति बनाउन विप्लवको गोप्य प्रशिक्षण

निर्वाचनको रणनिति बनाउन विप्लवको गोप्य प्रशिक्षण

 Posted by Itahari Fm | error | १२९ पटक

नेत्रविक्रम चन्द (विप्लप) नेतृत्वको नेपाल कम्न्युष्टि पार्टिले आगामि स्थानिय तहको निर्वाचन खारेजीको माग गरेको छ । स्थानिय तहको निर्वाचन खारेज नगरे शसक्त आन्दोलन गर्ने उसले चेतावनी दिएको छ ।
पार्टिको केन्द्रिय समितीले तय गरेको नीति, कार्यक्रम र योजनाका बारेमा कार्यकर्तालाई जानकारी गराउन गोप्य प्रशिक्षणका लागि पूर्व आएका नेताहरुले यस्तो बताएका हुन । नेपाल कम्न्युष्टि पार्टिले आज(मंगलबार)सुनसरीको धरान स्थित लाङघाली सामुदायीक बनमा गोप्य प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । पूर्वका मेची, कोशी र सगरमाथा अञ्चलका कार्यकर्ताहरुलाई केन्द्रिय नेताहरुले प्रशिक्षण दिने बताइएको छ ।
प्रशिक्षण कार्यक्रममा सञ्चारकर्मीलाई प्रवेशमा रोक लगाईएको छ । केन्द्रिय समितीको योजना कार्यकर्तालाई बताउने भनिए पनि निर्वाचन लक्षित गोप्य रणनिति बनाउन कार्यकतालाई प्रशिक्षण दिएको बुझिएको छ ।
उच्च सुरक्षाका साथ गरिएको प्रशिक्षण कार्यक्रमलाई पार्टिका महासचिव नेत्रविक्रम चन्द (विप्लव), प्रभावशाली नेता तथा पार्टि प्रवक्ता खड्ग विश्वकर्मा, धमेन्द्र बाँस्तोला, असारे काका लगायतका केन्द्रिय नेताहरुले प्रशिक्षण दिने बताएको छ ।
सञ्चारकर्मीलाई प्रवेश रोक लगाइएको कार्यक्रम स्थलको बाहिरै पार्टि प्रवक्ता खड्ग विश्वकर्माले संक्षिप्त प्रतिक्रिया दिएका थिए । उनले स्थानिय निर्वाचन खारेजी गर्नुपर्ने बताए । सरकारले जवरजस्ती निर्वाचन गर्न खोज त्यसका विरुद्ध शसक्त आन्दोलन गर्ने चेतावनी समेत दिए ।
पार्टिको ८औँ महाधिवेसनले पारित गरेका विचार र केन्द्रिय समितीले तयार गरेको नीति,कार्यक्रम र योजनाहरुलाई तल्लो तहका कार्यकर्ताहरुलाई जानकारी गराउँदै कार्यान्वयन गर्न प्रशिक्षण कार्यक्रम आयोजना गरिएको जानकारी दिए । प्रशिक्षण कार्यक्रममा पूर्वका मेची, कोशी र सगरमाथा व्यूरोका २ सय ५० बढि कार्यकर्ताको सहभागिता रहेको छ


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




दील्लीमा बोल्दै देउबा

Like us on Facebook