गृहपृष्ठ » चर्चाका चार » फागुन महिनाका चर्चीत व्यक्ति

फागुन महिनाका चर्चीत व्यक्ति

 Posted by Itahari Fm | error | १०६२ पटक

चर्चाका चार हामी हरेक महिना प्रस्तुत गर्छौँ । इटहरीसँग सरोकार राख्ने बिषय र त्यससँग जोडिएका चर्चित मध्येका चार जनालाई यहाँ प्रस्तुत गर्ने गरिन्छ । सार्वजनिक स्थल, कार्यक्रम अनि विभिन्न सञ्चार माध्यममा आएका समाचारका आधारमा इटहरी एफएमको समाचार टिमले चर्चित व्यक्तिहरुको छनौट गर्छ । फागुन महिनामा विभिन्न घटनाक्रमले चर्चा पायो । मुख्यत निर्वाचनले बढि चर्चा पायो । दुई फरक निर्वाचन इटहरीमा चर्चाको विषय बने । नेपाल पत्रकार महासंघ सुनसरीको निर्वाचन इटहरीमा भयो । यस्तै लामो समय भएपछि भएको स्वातन्त्र बिद्यार्थी युनियनको निर्वाचन पनि इटहरीबासीका लागि चर्चाको विषय बन्यो ।
इटहरीमा भएका दुई फरक खेलले पनि चर्चा पायो । तरहरामा आयोजना गरिएको राष्ट्रिय स्तरको खुल्ला भलिबल प्रतियोगिता र प्रत्येक बर्ष आयोजना हुने इटहरी गोल्डकप फुटबलले राम्रो चर्चा पायो । योसँगै इटहरीको तालतलैया र खनारमा बर्डफ्लु भेटिएको कुराले पनि इटहरीबासीलाई झस्कायो । दुई दिनको फरकमा दुई ठाउँमा बर्डफ्लु पुष्टि भएपछि इटहरीबासी संशकित भए । यी देखी बाहेकका कुराहरु पनि चर्चाको विषय बन्यो । एमालेको मेचि महाकाली यात्रा अन्र्तगत इटहरीको सभा, यस्तै अभियानकै दौरान एमालेको स्थायी कमिटी बैठक इटहरीमा भएको खवर पनि चर्चाको विषय बन्यो ।
संघिय गठबन्धनले गरेको बन्दको व्यापारीले प्रतिकार गर्दै खुलाए । उद्योग वाणिज्य संघले यस अघि बन्द निषेधित क्षेत्र बनाउने अभियानलाई पुनर्जिवित बनाउने प्रयत्न गयो भन्ने कुराहरु पनि आए । यी र यस्तै विषयहरु फागुन महिनामा चर्चाका विषय बने । यी विषयसँग जोडिएर आएका व्यक्तिहरु मध्ये अलि बढि चर्चा भएका व्यक्तिहरुलाई यहाँ प्रस्तुत गरिएको छ ।

अमर खड्का
अमर खड्का इटहरीलाई कार्यक्षेत्र बनाएर नागरिक दैनिकमा कार्यरत पत्रकार हुन् । उनी फागुन महिनामा इटहरीमा भएको नेपाल पत्रकार महासंघ सुनसरीकोे दशौ जिल्ला अधिवेसनबाट अध्यक्षमा निर्वाचित भएर चर्चामा आए । विगत दश बर्षदेखि पत्रकार महासंघ सुनसरीको नेतृत्व धरानबाट हुँदै आएकोमा अमरले जितेर इटहरी ल्याए । उमेरका हिसाबले पनि कम उमेरमै महासंघको जिल्लाको नेतृत्वमा पुगेका अमर नेपाल प्रेस युनियनको तर्फबाट उम्मेद्धार बनेका थिए । अत्यधिक मत सहित अमरले जीते पछि कतिपय पत्रकार र शुभेच्छुकहरुले पत्रकार महासंघको नेतृत्वमा दोस्रो पुस्ता स्थापित भएको भन्ने पनि चर्चा गरे । निर्णय क्षमतामा प्रश्न उठाउँदै अमरलाई हराउन इटहरीकै एक सञ्चार माध्याममा आबद्ध एक स्वघोषित एमाले नेता हात धोएर लागे पनि अमरको जितबाट उनले चीत खाए । नेपाल पत्रकार महासंघ धरान केन्द्रित रहेको भन्ने आरोप लाग्ने गरेको अवस्थामा नेतृत्व धरानबाट इटहरी ल्याउन सफल भएकोमा इटहरीबासीहरु बढि खुसी भए । अमर महासंघको अध्यक्षमा निर्वाचित हुनु अगावै पनि चर्चा मै थिए । उमेरद्धवार छनौटका क्रममा प्रेस युनियनले पहिलो पटक आन्तरिक चुनाब गराएको थियो र त्यो चुनाब जीतेसँगै उनको चर्चा सुरु भएको थियो । आधा दर्जन अध्यक्षका आकांक्षी वीच भएको प्रतिष्पर्धामा पाएको आन्तरिक जितसँगै उनको महासंघको जित सुनिश्चित जस्तै देखिएको थियो र भयो पनि ।
रुपचन्द्र अधिकारी
रुपचन्द्र अधिकारी विद्यार्थी नेता हुन् । उनी पनि फागुन महिनामा चुनाब जितेरै चर्चाको पात्र बने । जनता क्याम्पस इटहरीमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनले रुपचन्द्रलाई एकाएक चर्चित बनाएको हो । हिजो सम्म सामान्य विद्यार्थी रहेका रुपचन्द्र स्ववियुको सभापतिमा निर्वाचित भएपछि चर्चित बनेका हुन । इटहरीको एक मात्र पब्लिक क्याम्पस जनता बहुमुखी क्याम्पसको स्ववियुमा कडा प्रतिष्पर्धीलाई पछि पार्दै सभापति बनेका हुन ।
अनेरास्यवियुका उम्मेद्धार रुपचन्द्रलाई अखिल क्रान्तिकारीका हेमसागर तिम्सिनाले कडै चुनौती दिएका थिए । व्यक्तिगत प्रभावले नै हेमसागरले झण्डै झण्डै नेतृत्व कब्जा गरेका थिए तर आठ मतले मात्र उनी पछि परे । नेबिसंघका प्रमोद भट्टराइले मत कम पाए तर राजनितिक रुपमा उनले पनि जितेकै चर्चौ भयो । मजबुत संगठन भएकाहरुले पनि गठबन्धन बनाएर चुनाब लडेका थिए । तर नेबिसंघ एक्लै चुनाब लडेर पनि सम्मानजनक मत र स्थान पायो । प्रमोद, हेमसागर र रुपचन्द्र तिनै जना चर्चामै रहे तर बाजी मारेर सबै भन्दा बडि चर्चामा रुपचन्द्र आए । यो निर्वाचनलाई पनि विभिन्न थरीले अर्थाएका छन् । एमालेको बाहुल्यता रहेको २ नम्बर क्षेत्र, त्यसमा पनि अनेरास्यवियुको राम्रो संगठनले गर्दा रुपचन्द्रले जितेका हुन भन्ने चर्चा पनि सुनियो । व्यक्तिगत प्रभाव खासै छाड्न नसकेका रुपचन्द्रको जित, उनको जित नभएर, संगठनको जित हो भन्ने कुराहरु उनकै संगठनकै कतिपय नेताहरुले गरे । तर केही मतले तल परेका हेमसागरले पाएको मत भने व्यक्तिगत प्रभाव हो भन्ने पनि सुनियो । जेहोस् लामो समय देखि बन्द भएको स्ववियुको ढोका खुलेको छ । विद्यार्थीका नयाँ र शैक्षिक एजेण्डाहरुले प्राथमिकता पाउने छन् भन्ने आशा लिएका छन् । सभापति बनेका रुपचन्द्रको रुप, पुर्णिमाको पुर्णचन्द्र भएर उज्यालो दियोस, आँैसीको हँसियाचन्द्र भएर कालो रात नबनोस् । सायद बिद्यार्थीले यस्तै आशा गरेका होलान् ।
अनुरोध थापा
अनुरोध थापा इटहरीका परिचति युवा व्यवसायी हुन । जिल्ला खेलकुद विकास समिति सुनसरीको उपाध्यक्ष रहेका थापा फागुन महिनामा इटहरीमा भएका खेलकुद र विशेष गरि ११ औँ अन्र्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताका कारण चर्चामा आए । प्रतियोगिताको आयोजक राष्ट्रिय जागृति क्लव हो । त्यस हिसाबले त्यो खेलकुदको चर्चा हुँदा स्वभाविक रुपमा क्लबका अध्यक्षको चर्चा हुनुपर्ने हो तर प्रतियोगिताको पर्दा पछाडिका खेलाडी थापा हुन् । उनलाई पर्दापछाडिको खेलाडी किन पनि भनिन्छ भने उनी पदमा बस्दैन तर पदमा बस्नेले भन्दा धेरै काम गर्छन् । बाहिरै बसेर पदमा बस्नेलाई घुमाईदिन्छन् भन्ने चर्चा पनि उनको विषयमा हुने गर्छ । विगत लामो समय देखी खेल र त्यसमा पनि फुटबल प्रति थापाको लगाव रहँदै आएको छ । इटहरीमा खेलकुदका गतिविधिमा उनको नाम अग्रपंतिमै आउँछ । इटहरीमा खेलकुद गतिविधि निरन्तर सञ्चालन गर्ने कुरामा थापाको योगदान उच्च रहेको सवैले चर्चा गर्ने गरेको पाईन्छ । उनकै निरन्तर प्रयासकै कारण इटहरी गोल्डकप फुटबल पनि निरन्तर भईरहेको उनीसँगैका साथीभाई र क्लबका पदाधिकारीहरु नै बताउँछन् । इटहरीको सान बन्दै गरेको इटहरी गोल्डकप फुटबल जनता मा.विको खेलमैदानमा हुँदै आएको छ । इटहरीको पुरानो क्लब राष्ट्रिय जागृति क्लबले इटहरीमा थुप्रै खेलाडी पनि उत्पादन गरि सकेको छ । त्यही क्लबबाटै उत्पादित खेलाडीले राष्ट्रिय स्तरमा नाम कमाईसकेका छन् । तर त्यही क्लबले आफ्ना खेलाडीलाई व्यवस्थीत गर्न नसकेको र त्यहिँ क्लबबाट राष्ट्रिय स्तरपुगेका खेलाडीले पनि जन्मस्थान प्रति सम्मान नदिएको चर्चा हुने गर्छ । पचास बर्षको स्वर्ण बर्ष मनाईरहेको राष्ट्रिय जागृति क्लब इटहरीको सान हो,तर पनि कतिपय यस्ता स साना विषयमा चुकेको हो कि भन्ने चर्चाहरु बजारमा सुन्ने गरेको पाईन्छ । तर जे होस इटहरीमा फुटबल गतिविधि निरन्तर रुपमा हुँदै आएको छ । यस्तै गतिविधिमा योगदान गर्दै आएका अनुरोध थापा यो महिना चर्चाका पात्र बने ।
वीर बहादुर लिम्बु
वीर बहादुर लिम्बु,इटहरीकै पर्यटकिय स्थल तालतलैया संरक्षण तथा विकास समितीका अध्यक्ष हुन । यो महिना उनी तालतलैयामा भेटिएको बर्डफ्लुसँग जोडिएर समाचारमा जोडिए । पूर्वकै व्यवस्थित पर्यटकिय स्थलको रुपमा आफुलाई विकास गर्दै गरेको तालतलैयामा बर्डफ्लु भेटिए पछि यो स्थान चर्चामा आयो । धेरै मानिसहरुको आवतजावत हुने र चर्चित स्थान भएकाले धेरैले सोधीखोजी गरे । त्यस संरक्षित क्षेत्रको अध्यक्ष भएकाले लिम्बु धेरैका खोजीका पात्र बने ।
बर्डफ्लुको संक्रमणले तालतलैयाकै प्रमुख आकर्षण रहेको चिडियाघरका धेरै दुर्लभ बन्यजन्तु तथा पक्षिंहरु मरे । चिडियाघर खाली झँै भएको छ । पर्यटकिय स्थलमा बर्डफ्लु कसरी आयो भन्ने प्रश्नले अध्यक्ष रहेका वीर बहादुरलाई सताई रहेको छ । सञ्चारकर्मीको प्रश्न र अन्य सर्वसाधरणको जिज्ञासाको जवाफ दिन लिम्बु चर्चामा आईरहे । बर्डफ्लु चिडियाघरका पक्षिंमा कसरी आयो अझै प्रष्ट भईसकेको छैन । तर विदेशबाट जाडो छल्न आउने घुमन्ते चराहरुको संक्रमणका कारण सरेको हुन सक्ने आधार जिल्ला स्थित पशुसेवा कार्यालयले दिएको छ । बनजंगल तथा तालतलैयामा संक्रमित चराहरु घुम्न आएको र नेपाली चराहरुसँगको सम्पर्कका कारण चिडियाघर सम्म पुगेको हुन सक्ने कुराहरु पनि चर्चामा आएका छन् ।
योसँगै कतिपयले तालतलैयाको चिडियाघरको सरसफाई नभएको र जैविक सुरक्षाका उपाय नअपनाईएको कारण यस्तो भएको भन्ने चर्चाहरु पनि बजारमा आएका छन् । बर्डफ्लुको संक्रमणले तालतलैयामा धेरै क्षति पुग्यो । आकर्षणको प्रमुख केन्द्र नै भत्कीयो । बर्डफ्लुको संक्रमणले तालतलैया र त्यसका अध्यक्ष चर्चामा आए ।

Tweet about this on TwitterShare on Facebook

इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




Live on facebook

Like us on Facebook