गृहपृष्ठ » अर्थतन्त्र » नेपालमा बिद्युतिय बस आउदै, इटहरीमा चार्जीगं स्टेसन

नेपालमा बिद्युतिय बस आउदै, इटहरीमा चार्जीगं स्टेसन

 Posted by Itahari Fm | error | २६०९ पटक

चिनियाँ कम्पनी बिवाइडीका विद्युतीय सवारी नेपाल भित्रिने भएका छन् । देशभर १३ ठाउँमा चार्जिङ स्टेसन राखेर बिवाइडीका साना र ठूला विद्युतीय सवारीसाधन बिक्री गर्न लागिएको हो । कम्पनीको नेपालको आधिकारिक विक्रेता बिवाइडी सिमेक्सले सुरुवातमा विद्युतीय कारको बिक्री गर्ने भएको छ । कम्पनीले विद्युतीय ई सिक्सको बिक्री गरी विद्युतीय परिवहन बिक्रीको प्रारम्भ गर्ने प्रमुख कार्यकारी अधिकृत अनुप बस्नेतले जानकारी दिए । नेपालमा लोडसेडिङ अन्त्य हुने संकेत देखिएपनि अब विद्युतीय सवारीलाई प्रवर्द्धन गर्न थालिएको छ । बिवाईडीको आधिकारिक क्रिकेता सिमेक्समा सांग्रिला र टिबिआईको आधा आधा शेयर छ । पहिलो चरण्मा कार ल्याएर बिक्री थालिएपछि ठूला विद्युतीय बस पनि ल्याएर सञ्चालन गर्न कम्पनीले सरकारी तहमै पहल थालेको छ ।
सिमेक्सले केही दिनमै एसयुभी क्रस ओभर कार सार्वजनिक गर्ने जनाएको छ । ‘ई सिक्स’ मोडेलको यो एसयुभी पनि एकपटक फूल चार्ज भएपछि ४ सय किलोमिटर दौडन्छ । यो कारको अधिकतम् गति एकसय ४० किलोमिटर प्रतिघण्टा हुने बस्नेतले बताएका छन् । ५ जना यात्रु क्षमताको यो कार अग्नी प्रतिरोधक फिचर्सका साथ आउनेछ । हेर्दा आकर्षकमात्रै होइन यो कार उत्तिकै शक्तिशाली पनि हुने बताइएको छ ।
सिमेक्सले प्यासेन्जर भेहिकलतर्फ ‘ई थ्री’ मोडेलको गाडी समेत भित्र्याउँदैछ । एकपटक पूरा चार्ज गर्दा यो गाडी ४ सय किलोमिटर गुड्न सक्छ । यसैगरी राजमार्ग क्षेत्रमा नै चार्जिङ स्टेशन राखेर लामो दूरीमा समेत विद्युतीय बस चलाउन प्रोत्साहन गर्न लागिएको छ । कम्पनीले नेपालमा विद्युतीय मास ट्रान्सर्पोटेशनमा चीनमा अत्याधिक लोकप्रिय भइसकेको विवाइडीको ‘के नाइन बस पनि भित्र्याउनेछ । अपांगमैत्री यो बस ७० किलोमिटर प्रतिघण्टा दौडने बताइएको छ । यो बसलाई लामो रुटमा पनि चलाउने र विमानस्थलमा समेत यसको प्रयोगलाई प्रोत्साहन गरिने भएको छ । विद्युतीय सवारीका लागि सिमेक्सले सुनसरीको इटहरी, महोत्तरीको बर्दिबास, पर्साको वीरगंज, चितवनको नारायणगढ, कास्कीको पोखरा रुपन्देहीको बुटवल र बाँकेको नेपालगञ्जमा चार्जिङ स्टेसन स्थापनाका लागि काम थालि सकेकोे जनाएको छ ।
अबको ६ महिनाभित्र चार्जिङ स्टेशन बनिसक्ने र त्यसपछि आक्रामक रुपमा बजार विस्तार गर्ने सिमेक्सले जनाएको छ ।

Tweet about this on TwitterShare on Facebook

इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




Live on facebook

Like us on Facebook