गृहपृष्ठ » चर्चाका चार » पुस महिनाका चर्चीत व्यक्ति

पुस महिनाका चर्चीत व्यक्ति

 Posted by Itahari Fm | error | ३७६ पटक

चर्चाका चार हामी हरेक महिना प्रस्तुत गर्छौँ । इटहरीसँग सरोकार राख्ने बिषय, इटहरीबासी जनताले सोधीखोजी गर्ने विषय र यी विषयसँग जोडिएर चर्चामा आएका व्यक्तिहरु मध्ये चार जना व्यक्तिहरुलाई हामी यहाँ प्रस्तुत गछाँै ।
महिना भरमा भएका घटना, इटहरीसँग जोडिएका जनचासोका विषयहरु, जसको बढि चर्चा भयो, ती कुराहरुसँग जोडिएर आउने व्यक्तिहरु चर्चाका पात्रहरु हुन । सार्वजनिक स्थल, कार्यक्रम अनि विभिन्न सञ्चार माध्यममा आएका समाचारका आधारमा इटहरी एफएमको समाचार टिमले चर्चित व्यक्तिहरुको छनौट गर्छ ।
पुस महिना यसबर्षकै सर्वाधिक चर्चित महिना भयो इटहरीका लागि । यो महिनामा देशभरका नागरिकहरुले चासो पूर्वक इटहरीको खोजी गरेको महिना पनि हो । खेलकुदकै सबैभन्दा ठुलो महाकुम्भ सातौँ राष्ट्र्रिय खेलकुदका कारण इटहरीको चर्चा धेरै भयो । हुन त अरु ठाउँमा पनि खेलहरु भए तर इटहरीमा भएका खेल र त्यस सम्बन्धित विषयवस्तुले ज्यादा प्राथमिकता पाएको थियो ।
खेलकुदसँगै जोडिएर आएका कुराहरु चर्चामा आए । इटहरीमा मदिरा प्रतिबन्ध भन्ने कुराले सवैका कान ठाडा भए । सेवन गर्ने र विक्री गर्नेले विरोध गरे भने इटहरीको शहरी स्वास्थ्यका लागि राम्रो भन्ने चर्चाहरु पनि सुनिए । इटहरीमा आगामि आर्थिक बर्षका लागि निर्माण गरिएको नीति तथा बजेट तर्जुमाले प्राथमिकता पायो । यस पटक विषयगत समिती निर्माण गरियो । योजना वडाबाट छनौट भन्दा पनि दलका नेताहरुको खल्तीबाट परेको भन्ने गुनासाका स्वरहरु पनि सुनिए । कार्यकारी अधिकृतले यस्तो कामलाई आधा मात्र रोक्न सकेको भन्ने कुराले पनि पुष्टि गरेको थियो ।
संविधान कार्यान्वयनका लागि भन्दै मधेष पसेको एमालेको कार्यक्रमले पनि राम्रै चर्चा पाईरहेको छ । कार्यक्रम सुरु भएको जनाउ दिन आयोजित पत्रकार सम्मेलनमा जिल्ला अध्यक्षले सुनसरीको एक टुक्रा जमिन पनि छुट््याउन नदिने भन्ने कुराले सञ्चारमाध्यमहरुमा राम्रै प्राथमिकता पायो । यी र यस्तै विषयवस्तुहरु महिनाभर चर्चामा आए । चर्चामा आए मध्येबाट सवैभन्दा धेरै खोजीएका विषय र त्यसमा जोडिएका व्यक्तिहरुलाई चर्चाका चारका रुपमा हामीले यहाँ प्रस्तुत गरेका छाँै ।

केशव विष्ट keshab
इटहरीबासीका लागि चिरपरिचत नाम हो केशव विष्ट । यो महिना सर्वाधिक खोजी गरिएको व्यक्तिमा परे, उनी । देशभरकै नागरिकहरुले पनि उनलाई खोजे । पुस ८ देखी १५ सम्म आयोजना गरिएको सातौँ राष्ट्र्रिय खेलकुदका कारण विष्ट सवैको खोजीका पात्र बनेका हुन्् । यो महिनामा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव विष्टले ताली र गाली दुवै खाए । इटहरीबासीले उनलाई तालि पड््काएर स्वागत गरे यस अर्थमा कि सातौँ राष्ट्रिय खेलकुदका धेरै विधाका खेलहरु इटहरीमा भए । यो प्रतियोगिता पूर्वामा ल्याउने निर्णय उनी भन्दा अगावै भएपनि त्यसका धेरै विधाका खेलहरु इटहरीमा सम्पन्न गर्ने वातावरण बनाएको मा इटहरीबासीले ताली पड््काए । उनलाई धेरै खेलप्रेमी,खेलाडी र आम नागरिकले गालि पनि उत्तिकै गरे । उनलाई गाली यस अर्थमा गरे की सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अस्तव्यस्त, विवाद र अभावका वीच नै सकियो । यो प्रतियोगिताबाट राष्ट्रले धेरै अपेक्षा गरेको थियो तर त्यो भने पुरा हुन नसकेको खेल विश्लेषकहरुले बताए । यो प्रतियोगिताले देशको खेल क्षेत्रको वास्तविकता उजागर गरेको विश्लेषकहरुले बताए र यसमा दोषी सदस्य सचिवलाई पनि ठहर्याए ।
प्रतियोगितामा खेल्ने खेलाडीले जुत्ता नपाएर खाली खुट््टै दौडनुपर्ने, जर्सी विनै रंगीविरंगी लुगा लगाएर खेल्नुपर्ने, पूर्वाधारको अभावमा त्रिपाल टाँगेर खेल आयोजना गर्नुपर्ने अवस्था देखियो । योसँगै प्रतियोगितालाई लिएर आर्थिक अपचलन गरेको आरोपहरु पनि सुनियो । खेलकुद मन्त्रि र सदस्य सचिवले ठुलो आर्थिक चलखेल गरेको भन्ने चर्चाहरु पनि बजारमा सुनियो । उच्च पदाधिकारीहरुले पैसा अपचलन गरेकै कारण प्रतियोगितामा खेलाडीहरुले अभाव झेल्नुपरेको र व्यवस्थापन राम्रो नभएको भन्ने आरोपहरु पनि खेल क्षेत्रकै पदाधिकारीहरुले लगाए । ठुलो आर्थिक चलखेल गरेको आरोप लागेका राखेप सदस्य सचिव विष्टले प्रतियोगिताका खर्चहरु पारर्दशी ढंगबाट देखाउने हुन या त्यतिकै गुपचुप राख्ने हुन्् भन्ने अन्योल कायमै छ । पारर्दशी ढंगले पुष्टि हुने गरी खर्च विवरण सार्वजनिक गरेभने सदस्य सचिव विष्टले वाह वाई पाउने छन्् तर त्यो देखाउन सकेनन्् भने धेरैको गाली सहनुपर्ने हुन सक्छ ।
हेमकर्ण पौडेल 12987147_844810022329498_1375053134329306809_n
हेमकर्ण पौडेल इटहरीबासीका लागि परिचित नाम हो । समय समयमा,विषय फरक तर चर्चामा आईरहने व्यक्तिमा पर्छन््,उनी । यो महिना पौडेल चर्चामा आए, यस पटक पनि उनी पुरानै विवादका कारण चर्चामा आएका हुन । इटहरीकै एक व्यक्तिलाई अपहरण गरेको मुद्दा खेप्दै आएका पौडेलले पुनरावेदन गरेको मुद्धाको फैसलासँगै उनी सबैको खोजीको पात्र बने । उच्च अदालतले उनलाई २ बर्ष जेल सजाय सुनाएको छ । ठिक एक बर्ष अघि यहि समयमा पनि उनलाई जिल्ला अदालत सुनसरीले ३ बर्ष ६ महिना कैद सजायको फैसला सुनाएको थियो । नेपाली काँग्रेसको १३ औँ महाधिवेसनको मुखैमा आएको फैसलाकै बावजुत उनले नगर सभापति जितेर सवैलाई चकित बनाईदिएका थिए । एक बर्ष पछि यो विषय फेरी सतहमा आएको हो ।
अहिले पार्टि, सार्वजनिक स्थल तथा बहसहरुमा उनको चर्चा हुने गरेको छ । विगत केही समय देखी बदलिएको उनको छविका कारण फैसलासँगै उनको चर्चा सवैतिर हुन थालेको हो । उनको चर्चा भुसको आगो झैँ भित्र भित्रै सनसनी फैलिएको छ । उनलाई सर्मथन गर्नेहरु पनि खुल्ला रुपमा देखीन थालेका छन्् । उनलाई सोसल मिडियमा पनि सहानुभुति र मनोबल बढाउने सुझावहरु दिन थालेका छन्् । विशेष गरी फेसबुकमा उनका समर्थकहरु देखीएका हुन । अन्य पार्टिका नेताहरु,सामाजिक अगुवा लगायत अन्य व्यक्तिहरुले फेसबुकमा उनलाई हौषला दिने गरेका छन्् ।
योसँगै हेमकर्ण पौडेल के अव साँच्चै जेल जान्छन्् ? वा उनले फेरी सर्वोच्चमा मुद्दा लिएर जान्छन्् ? भन्ने जस्ता प्रश्नहरु लिएर मानिसहरुले चर्चा गर्ने गरेका छन्् । तर पछिल्लो समय उनका फलोअर्सहरु भने बढ््दैछन्् ।
गोकुल थापा 15871790_933884756713289_8400463005643172556_n
गोकुल थापा इटहरीमा परिचित नाम नै हो । इटहरी निवासी थापा यो महिना चर्चाको पात्र बने । उनलाई चर्चामा ल्याउने काम भने जेसिजले गरेको हो । इटहरी जेसिजको सन्् २०१७ कालागि उनी अध्यक्षमा निर्वाचित भएसँगै उनको चर्चा सवैतिर छाएको छ । निर्वाचनको अन्तिम समयमा आएर उनका प्रतिस्पर्धी सोमनाथ गौतमले उम्मेद्धारी फिर्ता लिँदै उनलाई समर्थन गरेपछि उनी सर्वसम्मत चयन भएका थिए । अहिले विशेष गरी युवा पुस्ता, शैक्षिक क्षेत्र र सामाजिक क्षेत्रमा उनको चर्चा हुने गरेको छ ।
इटहरीमै जन्मे हुर्केको केटो इटहरीकै प्रतिष्ठीत संस्थाको अध्यक्ष हुँदै युवाहरुको नेतृत्व गर्ने भयो भन्ने चर्चाहरु पनि बजारमा सुन्ने गरेको पाईन्छ । शैक्षिक क्षेत्रमा निकै लामो समय संघर्ष गरेको युवा मध्येमा थापालाई लिने गरिन्छ । योसँगै उनको नेतृत्वले कस्तो खालेका कार्यक्रमहरु ल्याउने हो भन्ने सवैले चासो पूर्वक हेरेका छन्् । इटहरीमा जेसिजको मुभमेन्टलाई उनले कसरी अगाडि लाने हुन, इटहरीमा सामाजिक क्षेत्रमा नयाँ आयाम थप्ने हुन वा अन्य विगतका अध्यक्ष जस्तै भित्तामा फोटो टाँसेर जाने हुने त्यो भने हेर्न बाँकी नै छ । जे होस्् इटहरीमा लामो समय संघर्ष गरेको युवा अध्यक्ष भएर चर्चाको पात्र बनेको छ ।
नरेसराज सुवेदी 539877_322122177850181_236808921_n
नरेसराज सुवेदी, इलाका प्रहरी कार्यालयका प्रमुख हुन्् । सुवेदी पनि पुस महिनामा चर्चाको पात्र बने । सुवेदीले सुरु गरेको मदिरा निषेधित क्षेत्र अभियानले उनलाई चर्चाको पात्र बनाएको हो । पूर्वकै नमुना पर्यटकिय स्थलको रुपमा रहेको तालतलैयामा उनकै पहलमा सो क्षेत्र मदिरा निषेधित क्षेत्र घोषण गरियो । केही समय अघि तालतलैयामा युवाहरु वीच चक्कु हानाहान भएपछि उनले सो अभियान सुरु गरेका थिए । त्यस लगत्तै उनको अभियान इटहरी सम्मै आईपुग्यो । साताँै राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै इटहरी पनि मदिरा निषेधित क्षेत्र बनाईयो । होटलवालाहरुले पनि बाध्यताले हो मा हो मिलाएर तर बेच्न भने छाडेनन्् । उनको यो अभियान इटहरीमा भने सफल हुन सकेन । मदिरा निषेधित क्षेत्र भनेर चर्चा त खुव गरियो तर व्यवहारमा भने त्यो पाउन सकिएन्् ।
सुवेदी आएपछि इटहरीको शान्ति सुरक्षा खुकुलो भएको भन्ने चर्चाहरु बजारमा सुन्ने गरिन्छ । विशेष गरी व्यवसायी तथा व्यापारीहरुले यस्तो गुनासो गर्ने गरेका छन्् । प्रहरीकै गतिविधिमा शिथिलता आएकै कारण आपराधिक गतिविधि, अवैध यौन धन्दाहरुले टाउको उठाएको नगरबासीको गुनासो छ ।
तरहराको गोली काण्डको छानविन गरी सार्वजनिक गर्ने सुवेदी नेतृत्वको इटहरी प्रहरीले आफ््नो भवन नजिकै भएको कुटपटि र लुटपाटको दोषी पत्ता लगाउन सकेन भन्ने चर्चाहरु व्यवसायीले गर्ने गरेका छन्् । यो सँगै रात्रीकालिन व्यवसाय सञ्चालनलाई लिएर व्यवसायी र प्रहरी वीच खास समन्वय हुन सकेको देखिदैन । यो महिना पनि प्रहरी नायव उपरिक्षक नरेसराज सुवेदी मदिरा अभियानले चर्चाको पात्र बने ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




दील्लीमा बोल्दै देउबा

Like us on Facebook