गृहपृष्ठ » इटहरी अपडेट » आधुनिक भान्सा : मोडुलर किचन

आधुनिक भान्सा : मोडुलर किचन

 Posted by Itahari Fm | error | १००७ पटक

पहिले पहिले भान्सामा सामान्य चुलो हुन्थ्यो, पिर्कामा बसेर दाउरा ठोसेको दृष्य धेरैलाइ याद छ । पलाटी मारेर पिर्कामा बसेर खाने चलन त्यही समयको कुरा थीयो । भान्सा घर बिस्तारै परिर्बतन हुदै आए, मानीसको जिवन शैली जस्तै । दाउरा र पिर्का बिस्थापीत हुदै गए । ग्यास चुलो र डाइनिग टेबलको जमाना आयो । यही बिकास क्रम संगै अहीले विकसीत मोडुलर किचन सम्म पुगि सकेको छ । यो नेपाली भान्साघरको आधुनिक रुप पनि हो । यसका धेरै प्रकार र स्वरुपहरु छन् । यसमा सानो तर चिटिक्क परेको भान्सा, खानेकुरा र भाँडाकुँडाहरू मज्जाले सजाएर राख्न सकिने खण्डैखण्ड परेका ¥याकहरू, खुला र सफासुग्घर वातावरण हुन्छ । योसँगै खाना पकाउँदा निस्कने धुवाँ र तेल सोस्ने विद्युतीय चिम्नी, पानी सफा र शुद्ध पार्ने अत्याधुनिक फिल्टरहरू, खाना स्वच्छ राख्ने रेफ्रिजिरेटर, खाना पकाउन सजिलो हुने कुकिङ रेञ्ज, कुक टप, ओभनजस्ता ग्याँस र बिजुलीबाट चल्ने थरिथरिका चुल्हो, माइक्रोवेभ आदि धेरै किसिमका भान्साका सामान सहितको हुन्छ,मोडुलर किचन ।
इटहरीमा इभरसाईन evershine9
पूर्वको उदाउँदो शहर इटहरी र आसपासको बदलिँदो जिवनशैलीलाई लक्षित गर्दै इभरसाईन किचन एण्ड ग्यालरीले राम्रो, आकर्षक र स्टाईलिस भान्सा निर्माण गर्ने काम सुरु गरेको छ । उपभोक्ताको चाहना र आर्थिक अवस्था अनुसार भान्साको डिजाईन, डेकारेसन र आवश्यक सम्पूर्ण भान्साका सामाग्रीहरु विक्री सुरु गरेको सन्चालक संकर अग्रवालले बताए । हामी नेपालीको बानी कस्तो छ भने भान्सामा सामानहरुलाई जथाभावी राख्छौ, जसले गर्दा चाहिएको बेला भेटिदैन, राम्रो आकर्षक पनि देखिदैन इभरसाईन किचनकी इन्टेरीयर डिजाइनर कविता गौतमले भनिन्, त्यही कुरालाई हामी राम्रो डिजाईनमा आकर्षक भान्साघर निर्माण गर्न सक्छौ।
इभरसाईनले एकबर्ष अघि देखी नेपालीहरुको क्षमता चाहना अनुसार भान्साको डिजाईन, निर्माण गर्ने देखी लिएर त्यसका सबै सामाग्रिहरु सहित सेटअप पनि गर्दै आएको छ । पछिल्लो विकासीत स्वरुप अनुसार सामान्य किचन देखी लिएर विदेशीशैलीका आधुनिक किचन पनि इभरसाईनले तयार गर्दै आएको छ ।
डिजाईन र लागत  evershine 3
कीचन निर्माण गर्दा डिजाईन र त्यसको लागत त्यसको साईज अनि ग्राहकको इच्छामा भर पर्ने डिजाईनर गौतम बताउँछिन् । उनले भनीन् तपाई हामीलाई एउटा खाली कोठा दिनुस, त्यसको साईज, डिजाईनका आधारमा त्यसमा वैज्ञानिक तथा वास्तुशास्त्र अनुसार भान्छा डिजाईन, डेकोरेसन गरी सेटअप गरिदिन्छौ । आर्थिक हिसाबले न्यूनतम ८० हजार देखी ७ लाख सम्मका डिजाईन र घर सुहाउँदो किचन निर्माण गर्न सकिन्छ । उपभोक्ताहरुले जस्तो डिजाईन र लागतको चाहना गर्नुहुन्छ सोही अनुसार निर्माण गरिने उनले बताईन । सामान्य परिवारका लागि पनि सोही अनुसार भान्सा डिजाईन र निर्माण गर्न सकिन्छ । योसँगै इभरर्साइनले किचनका अलवा होटल, बैंक तथा वित्तिय संस्था लगायतका सवै खाले कार्यालयको अफिस सेटअप गर्ने काम पनि गर्दै आएको छ । त्यसका लागि कुनै सामान लिन पनि बाहिर जानुपर्ने बाध्यता छैन ।
सामान र गुणस्तरीयता  evershine 2
भान्साको निर्माण र त्यसका सामानहरु विक्री गर्दै आएको इभरसाईन सामानहरु गुणस्तरी रहेको दावी गर्छ । स्वदेश तथा विदेशका आकर्षक डिजाईनका सामानहरु उपलब्ध रहेको इभरसाईनका सञ्चालक शंकर अग्रवाल बताउँछन् । उपभोक्ताले चाहना गरे विदेशका जुनसुकै ब्राण्डका सामानहरु उपलब्ध गराउन सकिने उनको भनाई छ ।
अहिले बजारमा आएका सामानहरु बांगिने, पसांग्रिने र चाँडै टुटफुट हुने खालेका पनि छन् तर इभर साइनमा गुणस्तरीय सामान पाइने उनको दावी छ । विक्री गरेका कुनै पनि सामानमा अहिले सम्म कुनै कम्प्लेन नआएको उनले बताए । सामानको प्रकार हेरी १० बर्ष देखी २० बर्ष सम्म ग्यारेन्टी रहेको पनि अग्रवाल बताउँछन् । गुणस्तरमा ढुक्क हुन उनको सुझाव छ ।
विक्रि र माग
एक बर्ष अघि स्थापना भएको इभरसाईने हाल सम्म एक सय ५० भन्दा बढि घरहरुको कीचन डिजाईन गरी सेटअप गरी सकेको छ । अहिले पनि धेरै घरहरुमा सेटअपको काम हुँदै गरेको अग्रवालले बताए । यो सँगै भान्सा घरका लागि चाहिने सामाग्रीहरुको विक्री पनि उत्साहपूर्ण रहेको उनको भनाई छ ।
यता विक्रीसँगै यसको माग पनि उस्तै रहेको देखिएको छ । इटहरी, धरान, विराटनगर लगायतका शहरहरुमा जसरी घर निर्माण बढेको छ त्योसँगै किचनको माग पनि उस्तै रहेको व्यवसायीको भनाई छ । किचनको बारेमा सोधपुछ गर्न दैनिक उपभोक्ताहरु आउने गरेको व्यवसायी बताउँछन् । यसमा सवै खाले उपभोक्ताहरु आउने गरेका छन् । सामान्य, मझौला र आर्थिक हिसाबले सम्पन्न सबैखाले उपभोक्तहरु जानकारी लिन र अर्डर गर्न आउने गरेको सञ्चालevershine 7क अग्रवालको भनाई छ । ति सवैलाई उनीहरुको चाहना अनुसार किचन डिजाईन गर्ने र सेटअप गर्ने गरेको अग्रवालले बताए ।
विक्री पछिको सेवा
विक्री पछिको सेवा पनि इभरसाईनले उपभोक्ताहरुलाई प्रदान गर्दै आएको छ । सेटअप पछि सञ्चालनमा कुनै समस्या देखिए प्राविधिकहरुले घरमै गएर निशुल्क रुपमा सेवा उपलब्ध गराउने सञ्चालक अग्रवाल बताउँछन् ।
योसँगै सेटअप गरिएको डिजाईनमा कुनै परिवर्तन गर्नुपर्ने भएमा पनि त्यसमा पनि सेवा उपलब्ध गराईने डिजाईनर कविता गौतमले जानकारी दिईन् । विक्री पछि उपभोक्ताहरुलाई निरन्तर फोन र घरमै गएर पनि सेवा र सुविधाको बारेमा जानकारी लिने गरेको डिजाईन गौतमले बताईन ।

Tweet about this on TwitterShare on Facebook

इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




Live on facebook

Like us on Facebook