गृहपृष्ठ » सम्वृद्धि यात्रा » इटहरीका उद्यमीको दोस्रो पुस्ता ।

इटहरीका उद्यमीको दोस्रो पुस्ता ।

 Posted by Itahari Fm | error | ११७६ पटक

इटहरी नया शहर हो । यो शहर अहीले पुर्बका अरु पुराना शहरलाइ उछिनेर ब्यापारको हब बनिरहेको छ । उदाउदो यो शहरमा उद्यमी पनि उदाइ रहेका छन । नया शहर भएकाले यहाँ पुस्तौदेखि जमेका उद्योगी छैनन् । अहीले कृयासिल उद्यमीलाइनै यो शहरको पहिलो उद्यमी पुस्ता मान्न सकिन्छ । शिब घिमिरे, बलराम आचार्य, भिम पौडेल, इश्वर भट्टराई, बजरंग अग्रवाल लगायतका ब्यबसायीनै इटहरीका अगुवा ब्यबसायी हुन । अहीले त यो पुस्ता कृयासिल छ तर दोस्रो पुस्ता ? हो यो जिज्ञासा स्वभाबिक हुन सक्छ । तर दोस्रो पुस्तापनि बाबुको बिडो थाम्न तयार देखिन्छ । दोस्रो पुस्ता त अझ ब्यबस्थीत तरिकाले आएको छ ।
भीम पौडेल
binod paudel भीम पौडेल आफ्नै परिश्रमले स्थापीत इटहरीका उद्योगी हुन । उत्पादन, ढुवानी र ट्रेडिग सबैखालका ब्यबसायमा जमेका भीमलाइ पछिल्लो सयम छोरा बिनोदले पालो दिन थाली सकेका छन । दुई बर्षबाट व्यवसायीक जिम्मेवारी लिएर व्यापारमा होमिएका विनोद अहिले जमिसकेका छन । भिम पौडेल अहिले पनि विहान देखी बेलुका १० बजे सम्म व्यावसायीक दौडमै हुन्छन् । दौडमा अहीले विनोद पनि सँगै हुन्छन् । दिल्लीबाट बिकम सकाएर ब्यपारमा आएका बिनोद अहिले पाथीभरा फुड एण्ड वेभरेज प्रा.ली, इटहरीमा बन्दै गरेको स्टार होटल गरिमा, हुण्डाई गाडीको कोशी अञ्चलको आधिकारिक विक्रेता रहेको रोयल अटो प्रा.ली लगायतका व्यवसायको जिम्मेवारी लिएर काम गर्दै छन् । बाबुसँगै लागेर व्यापार सिक्दै गरेका विनोद इटहरीका अन्य ठुला व्यापारीसँगको संगत र अनुभवले तिखारिएर निस्कदै छन् । व्यापार भनेको इमान्दारीता, धर्यता र लगनशिलता हो भन्ने मान्यता राख्ने भिम पौडेल छोराले पनि यहि कुरालाई मुल मर्म बनाएर काम गरोस भन्ने चाहान्छन् । छोराले लिएको जिम्मेवारी र त्यसको विकासबाट आफु सन्तुष्ट रहेको भिमको भनाई छ ।
इश्वर भट्टराई
bhatrai 2 isawrआफ्नै मिहिनेतले इटहरीमा स्थापीत भएका ब्यबसायी हुन इश्वर भट्टराइ । लामो समय अर्काकोमा जागीर गरेका भट्टराइ अहीले इटहरीका आसलाग्दा ब्यबसायी मानीन्छन । तल्लो तहबाट सुरु भएको व्यवसायीक यात्रा अहिले हार्डवेयर देखी, पेट्रोल पम्प, इटा उद्योग र प्लाई उद्योग लगायतका अन्य व्यवसायमा पुगीसेको छ । व्यावसायीक यात्राको लामो सफर पार गरिसकेका भट्टराईको पनि दोस्रो पुस्ता ब्यबसाय हाक्न तयार भएको छ । उनका ३ जना छोरा मध्ये दुई जना छोराले व्यवसाय सम्हालेर बाबुलाई पालो दिन थाली सकेका छन् । कान्छो छोरो भने अध्ययनकै क्रममा छन् । दुई भाई अहिले व्यवासय हाँक्दैछन् । पढाई सकेपछि छोराहरुले बाबुकै व्यापार व्यवसायलाई सम्हालेर अगाडि जाने सोच बनाए । भट्टराईका दुई छोरा मध्ये जेठो उत्सब पेट्रोल पम्प र हार्डवयर हेर्छन । माइलो आकासले  झुम्कामा रहेको प्लाई इण्डिस्ट्रज र इटा उद्योग हाक्दैछन । बाबु छोरा वीचमा काम र आर्थिक लगानिको बारेमा प्रत्येक दिन १ घण्टा व्यावसायीक छलफल हुन्छ । काम, समस्या, नयाँ विषयमा छलफल भएर निचोडमा पुग्ने गरेको उनले सुनाए । आफुले गर्दै आएको काममा छोराहरुले सर्पोट गर्दा सहज भएको भट्टराईले बताए । छोराहरुको कामबाट उनी पनि सन्तुष्ट छन् । भन्छन् अहिले सम्म गरेको कामबाट सन्तुष्ट छु । सक्ने कामलाई समय अनुसार फलोअप गर्दै विकास गर्न सके राम्रो हुने थियो ।
बलराम आचार्य
santosh aacharyaबलराम आचार्य जसले काठमाण्डौ पछि मोफसलमा सपिगं कम्प्लेक्समा पनि बस्तुहरुको किनबेच हुन्छ भन्ने कुरा जानकारी गराए । फुटपाथ र हाटबजारमा दौडने उपभोक्तालाई पनि सुपरमार्केटमा अभ्यस्त बनाए । उनले सन्चालन गरेको गोर्खा डिपाटमेन्टल स्टोर अहिले पूर्वभरी विस्तार भएको छ । ब्यपार बिस्तारसंगै बलरामले छोरालाइ पनि जिम्मेवारी हस्तान्तरण गर्दै आएका छन । बलरामका जेठा छोरा सन्तोषले डिपार्टमेन्टल स्टोरको प्रमुख जिम्मेवारी लिएका छन् । कान्छो छोरा शुशिलले इम्पोर्टको सम्पूर्ण जिम्मेवारी लिएर काम गर्दैछन् । बलरामकै भनाईलाई लिने हो भने ९७ प्रतिशत जिम्मेवारी छोराहरुले लिएका छन् । बाँकी रहेको जिम्मेवारी मात्रै उनको हो । आफुले राजेको बाटो छोराहरुले पनि रोजिदिँदा औधी खुसी लाग्दो रहेछ, बलराम बताउँछन् । डिपाटमेन्टल स्टोरको क्रेज स्थापित गराएका उनलाई आफु पछि के होला भन्ने दिन नै आएन । छोराहरुलाई यस तर्फ फोर्स गर्नै परेन । दुवै छोराहरुले आफै इच्छा देखाएर जिम्मेवारी लिएका हुन । आफु पछिको पुस्ताले समयको माग चिन्न सकुन र उपभोक्ताको चाहना अनुसार विस्तार गर्न सकुन भन्ने लाग्छ उनलाई । २ बर्ष अघिबाट लिएको जिम्मेवारीबाट आफु सन्तुष्ट भएको बलराम बताउँछन् । भन्छन् केटाहरु म भन्दा तगडा छन् । बाबुले देखाएको बाटोमा छोराहरु पनि दत्तचित्त भएर लागि परेका छन् । व्यापारको विषयमा बाबुछोरा वीच अनिवार्य जस्तै छलफल हुन्छ । प्राय घरमै बेलुका दिनभरीको कामको रिपोर्टिगं हुन्छ । यदि प्रतक्ष्य भएन भने फोन मार्फत पनि विषयवस्तुको बारेमा छलफल हुन्छ । छोराहरुको तत्कालै नयाँ व्यवसाय सुरुवात गर्ने योजना भने छैन । भएकै व्यवसायलाई व्यवस्थित गर्ने योजना रहेको उनीहरु बताउँछन् ।
शीब घिमिरे
sudip ghimreशीब घिमिरे इटहरीबाट ब्यबसाय बढाउदै राष्ट्रिय परिचय बनाएका उद्योगी हुन । पेट्रोलीयम डिलर्स एसोसियसनको केन्द्रिय अध्यक्ष भैसकेका घिमिरे ग्यास उद्योग संघको पनि केन्द्रिय अध्यक्ष भैसकेका छन । पेट्रोलीयम पदार्थ लगायतका ब्यबसाय गरिरहेका घिमिरेका दुइ जना छोरा छन । कान्छो छोरा सुगम अहीले अमेरीकामा पढ्दैछन भने जोठो सुदिप बुवाले गरेका प्राय सबै काममा संलग्न छन । एस एल सि पास गरेदेखिनै बुवाको साथ लागेका सुदिप अहीले बिभिन्न ठाँउमा रहेका पाच वटा ग्यास उद्योग, पेट्रोल पम्पहरु र कत्था उद्योगको जिम्मेवारी सम्महाली रहेका छन । सुदिप इटहरीका ब्यबसायीहरुको सस्था उद्योग बाणिज्य संघ इटहरीको एसोसियट्स तर्फको कार्यकारी सदस्य पनि छन । तल्लो तहबाटै ब्यबसाय थालेका शिब घिमिरे यतिबेला छोराले पालो दिन थाले पछि हर्षित छन । उनी भन्छन, मैले गरेका सबै ब्यबसायमा सुदिप संलग्न छन, मैले सकेको म गर्छु बाँकी काम उसैको काधमा छ । छोराहरुले अझै प्रगती गरुन र नयाँ प्रविधि ल्याएर व्यवसाय विस्तार गरुन भन्ने इच्छा छ ।
बजरंगलाल अग्रवाल
bibek agrawalइटहरीमा माडवारी समुदायबाट उद्योगीको रुपमा छवि बनाएका बजंगलाल अग्रवालका छोराहरु पनि अहिले व्यापारमै छन् । माडवारी समुदाय भन्ने वित्तिकै मानिसहरुमा व्यापारी भन्ने हुन्छ । ४ छोराका बाबु बजरंगलालले पनि आफ्ना छोराहरुलाई व्यापारमै अघि लगाएका छन् । अहिले चारै जना छोराहरु आ आफ्नो व्यवासय गर्दै आएको उनी बताउँछन् । जेठो छोरो विवेक जय बालाजी फुड इण्डिस्ट्रिज सञ्चालन गर्छन् । विगत केही बर्ष देखी उनले यो व्यवासाय सञ्चालन गर्दै आएका छन् । यस्तै माईलो सुनिल ग्रिन प्लाई नेपाल उद्योगको एम डि हुन । प्लाईहरुको काम सवै उनैले हेर्ने गरेका छन । सिभिल इन्जिनियरको पढाई सकाएर इण्डिया तिरै सर्भिस गर्दै गरेका मनिसलाई पनि बजरंगले ब्यपारमै लगाएका छन । मनिस जय बालाजी फुड इण्डिस्ट्रिजको विस्तारका लागि हुँदै गरेको कन्ट्रक्सनको जिम्मेबारी पुरा गरि रहेका छन । कान्छो अंकित सि ए हुन उनलाई आफैसँगै राखेर काम सिकाउँदै छन् । चारै जना छोराहरुले जिम्मेवारी लिएर काम थाले पछि बजरंग उत्साही पनि छन । भन्छन, बहुत हलुका भएको छ । म एस एल सी मात्र पढेर ब्यापारमा आएको थिए तर छोराहरु त व्यापार नै पढेर आएका छन् । केही गर्छन भन्ने आस लागेको छ । आफुले सुरु गरेको व्यवसायलाई छोराहरुले अगाडि बढाउँदा खुसी लागेको छ । दिनभर आफ्नो काममा भए पनि बेलुका सबैसँगै बस्ने र सल्लाहा गर्ने उनले बताए । छोराहरुले अझै प्रगती गरुन र नयाँ प्रविधि ल्याएर व्यवसाय विस्तारै गरुन भन्ने इच्छा छ उनको । तर जति काम गरेका छन् त्यसमा उनी पुरा सन्तृष्ट छन् ।

यी बाबुहरु छोराहरु प्रति निकै आशावादी देखिन्छन् । आफुले खनेको गोरेटो विस्तार गर्दै लगेको हेर्ने चाहना छ सवैको । आउँदै गरेको यो दोस्रो पुस्ता निकै धारिलो, चतुर र प्रविधियुक्त हुनेछ । यो पुस्ताले धर्यता र क्षमता प्रर्दशन गर्न सके अन्य पुस्ताहरु पनि जन्मिदै जानेछन ।

Tweet about this on TwitterShare on Facebook

इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




Live on facebook

Like us on Facebook