गृहपृष्ठ » सम्वृद्धि यात्रा » सुनसरी मोरङ लोडसेडिङ मुक्त

सुनसरी मोरङ लोडसेडिङ मुक्त

 Posted by Itahari Fm | error | १७५५ पटक

नेपाल विद्युत् प्राधिकरण दुहबी ग्रिडले सुनसरी र मोरङ जिल्ला पछिल्लो समयमा लोडसेडिङ मुक्त भएको दावी गरेको छ । ग्रिड प्रमुख अफताव आलमले अहिले दैनिक ९० देखि सय मेगावाटसम्म विद्युत् आपूर्ति भइरहेकोले लोडसेडिङ नगरिएको जानकारी दिए ।
उनले जाडोयाममा सय मेगावाट विद्युत् आपूर्ति भए मोरङ–सुनसरी औद्योगिक क्षेत्र सहित धरान, विराटनगर, इटहरी, इनरुवालगायतका सहरी क्षेत्र पनि दिगो रूपमा लोडसेडिङ मुक्त हुने बताए ।
आलमले केन्द्रीय निर्देशनअनुसार औद्योगिक क्षेत्रमा भने हरेक दिन अपरान्ह साढे चार बजेदेखि साँझ आठ बजेसम्म लोडसेडिङ भइरहेको जानकारी दिए । लोडसेडिङ घटेपछि उद्योग, अस्पताल तथा व्यापारिक प्रतिष्ठानहरूमा उत्पादन, व्यापार र सेवामा सुधार आउने व्यवसायीहरुले बताएका छन ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




दील्लीमा बोल्दै देउबा

Like us on Facebook