गृहपृष्ठ » पेड न्युज » गौरादहमा म्याजिकको २३औँ शोरुम

गौरादहमा म्याजिकको २३औँ शोरुम

 Posted by Itahari Fm | error | ३१७ पटक

जयश्री ग्रुप अन्तर्गतको म्याजिक फुटवेयरले झापाको गौरादह स्थित डि. के. ट्रेडर्समा आफ्नो २३औं फ्रेंचाइजी शोरुमको उद्घाटन गरेको छ । उक्त शोरुमको झापा क्षेत्र नं ६ का सांसद दिपक कार्कीले उदघाटन गर्नु भएको हो । गौरादहको शोरुमलाई त्यस आसपासको केन्द्रबिन्दु बनाउने योजना रहेको कम्पनीले बताएको छ । डि. के. ट्रेडर्सका प्रोप्राइटर धर्म प्रकाश काफ्लेका अनुसार उक्त शोरुममा म्याजिक फुटवेयरद्धारा उत्पादित एक सय भन्दा बढी प्कारका बिभिन्न आकर्षक कलर तथा डिजाइनका जुत्ताचप्पलहरु राखिएका छन् ।
कम्पनीका कन्ट्री हेड महेश बाहेतीका अनुसार म्याजीकले हालै स्कुलका बिद्यार्थीहरुलाई लक्षित गर्दै आफ्नो “SCHOOLKO”  नामक नयाँ sub-brand बजारमा ल्याएको छ र बजारमा आएको छोटो समयमा यसले अत्यधिक लोकप्रियता कमाउन सफल भएको छ । बाहेतीका अनुसार नेपालमा उपलब्ध सो segment का जुत्ताहरु मध्ये “SCHOOLKO” सबैभन्दा राम्रो जुत्ता हो किनकि यो हलुका, आरामदायी र टिकाउ रहेको छ, जसले गर्दा  बिद्यार्थी तथा वालवालिकाहरुको खुट्टाको लागि उपयुक्त छ । यो “SCHOOLKO” ब्राण्डका जुत्ताहरुमा छ महिनाको ग्यारेन्टी रहेको प्रमुख बाहेतीले वताउनु भयो । mcg1
साथै म्याजीकले युवाहरु तथा आधुनिक फेसनेवल ग्राहकहरुलाई लक्षित गर्दै आफ्नो premium स्पोर्ट सुज् “AAROS” तथा स्पोर्ट स्यान्डल “M-Force” बजारमा ल्याएकोछ । सो स्पोर्ट सुज तथा स्पोर्ट स्यान्डलहरु अन्तराष्ट्रिय गुणस्तरको भएको उहाँले वताउनु भयो । नेपाली श्रम र सिप प्रयोग गरेर नेपालमै उत्पादन भएकाले यि स्पोर्ट सुज तथा स्पोर्ट स्यान्डलहरु अन्तराष्ट्रिय गुणस्तरका भएपनि नेपाली वजारमा भने सुपथ मुल्यमा उपलव्ध रहेको प्रमुख बाहेतीले वताउनु भयो ।
जयश्री ग्रुपले विगत ३२ बर्षदेखि आफ्ना विभिन्न ब्राण्डका जुत्ताचप्पल उत्पादन गर्दै नेपालीबजारमा उपलब्ध गराउँदै आएको छ । ६० प्रतिशत नेपाली बजार ओगट्न सफल यस कम्पनीका तीन वटा उत्पादन युनिटहरुबाट हाल इभा हवाई तथा पियुका १ सय ५० भन्दा बढी प्रकारका डिजाइनका जुत्ताचप्पलहरु उत्पादन भइरहेका छन् ।
म्याजीकका जुत्ता चप्पलहरुले गाँउ होस वा सहर, युवा होस वा वृद्ध सबैलाई आफ्नो उत्कृष्ट गुणस्तरले सफलतापूर्वक आफ्नो पकड बनाई राख्न सफल भएको छ ।

Tweet about this on TwitterShare on Facebook

इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




Live on facebook

Like us on Facebook