गृहपृष्ठ » सम्वृद्धि यात्रा » यसरी बन्दैछ इटहरी

यसरी बन्दैछ इटहरी

 Posted by Itahari Fm | error | ८१४१ पटक

धरान र बिराटनगर जस्ता पुराना र ठुला शहरको बिचमा रहेको इटहरी अहीले पुराना र ठुला शहरलाइ पछि पार्दै बिकासको नया केन्द्रका रुपमा स्थापीत हुन थालेको छ । २० बर्ष अघिको सानो गाबिस नगरपालीका हुदै अहीले शुन्दर र फराकीला सडक, बढेमानका ब्यबसायीक भबन सहितको उदाउदो उपपमहानगरकारुपमा स्थापित भएको छ । तिन वटा सुरक्षा निकायका क्षेत्रिय कार्यालय रहेको इटहरीमा अहीले सरकारी र गैह्रसरकारी संघसस्थाका कार्यालयहरु थपिने क्रम दिनहु बढेको छ । नेपाली शेनाको पुर्बी पृतना, शसष्त्र प्रहरीको बाहीनी, ट्राफिक प्रहरीको क्षेत्रिय कार्यालय र यातयातको कोशी अन्चल कार्यालय रहेको इटहरीमा अहीले अख्तीयारको क्षेत्रिय कार्यालय र सिटिइभिटीको क्षेत्रीय कार्यालय थपिइसकेका छन । नेपाल टेलीभिजनको क्षेत्रिय प्रसारणकालागि इटहरीमा भबन बनिरहेको छ भने गोरखापत्रले इटहरीमै क्षेत्रिय कार्यालय स्थापनाको तयारी गरिरहेको छ । इटहरीमा सेवा केन्द्र स्थापना गरेर काम गरिरहेको आन्तरिक राजश्व कार्यालय पनि इटहरी सार्ने तयारी सुरु भएको छ । कोशी राजमार्ग ६ लेनको बनाउने कार्य अगाडी बढाउन यसै बर्ष सडक आयोजनाको अफिस इटहरीमा स्थापना गरिएको छ । सडक बिभागको कार्यालय यस अघिदेखिनै इटहरीमै छ । 12
इटहरी उपमहानगरपालिकाले उपहमानगरपालिका क्षेत्रमा करिब एक हजार बिगाहा सार्बजनिक जग्गा रहेको बिबिरण सार्बजनिक गरेपछि यो जग्गामा थप अरु सरकारी कार्यालय स्थापना गर्ने चर्चा पनि सुरु भएको छ । इटहरी भौगोलिक रुपमा पनि सुगम ठाँउ भएको, बिभिन्न समुदायको मिश्रीत बसोबास रहेको र संरचना निमार्णकालागि पर्याप्त सरकारी जग्गा (करिब एक हजार बिगाहा सरकारी जग्गा) पनि भएको भन्दै एक नम्बर प्रदेशको राजधानी इटहरीलाइनै बनाउने चर्चा पनि चुलिदै आएको छ ।
ब्यसायी बलराम आचार्यको गोर्खा डिपार्टमेण्ट स्टोरले थपेको इटहरीको ब्यबसायीक परिचय फैलिदोक्रममा छ । अहीले इटहरीमा ठुलाठुला ब्यबसायीक भबन, मल्टिप्लेक्स सिनेमा हल र तारे होटल बनिरहेका छन । इटहरीका ब्यबसायी बलराम आचार्य, भिम पौडेल लगायतको लागनीमा इटहरीको धरानरोडमा गरिमा नामको चार तारे होटल बनिरहेको छ । राजेश श्रेष्ठले इटहरी चौकको पुर्बी मोडमा मल्टीप्लेक्स हल सहितको इटहरी सेन्ट्रल प्लाजा नामको ब्यबसायीक भबन बनाइरहेका छन । चोकको पष्चिम पटि उच्च तहका सरकारी जागिरे उपे्रति दाजुभाइले इटहरीकै ठुलो ब्यबसायीक भवन बनाइरहेका छन । पुर्बलाइनमा रेवती दुलालले दुइ वटा मल्टीप्लेक्स सिनेमा हल सहितको इटहरी मल यस अघिनै सन्चालनमा ल्याइ सकेका छन । पुरुषोत्म काफ्लेले पनि इटहरीको जनाता उच्च माबि अगाडी ७ तले ब्यबसायीक भबन बनाइरहेका छन । यी ब्यबसायीक भबनहरुले इटहरी संभावनाको शहर हो भन्ने संकेत दिइरहेको छ । 123
इटहरीको बिकासका यी संकेतहरुले इटहरीमा बसाइ सरेर आउनेको संख्या दिन प्रतिदिन बढिरहेको छ । काठमाण्डौ लगायतका ठाँउमा ठुलाठुला हाउजिगं कम्पनि चलाउने ब्यबसायीका आँखा पनि इटहरीमा पर्न थालेका छन । इटहरीको धरानरोड, इटहरी ९ र साबिकको पकलीमा समेत ठुलाठुला हाउजिगं कम्पनिले काम सुरु गर्न लागेका छन । काठमाण्डौको पद्मा कोलनी का मालिक राजु कँडेलले इटहरी ९ र साबिक पकलीमा करिब ९ बिगाहा जग्गा किनेर पद्मा कोलनीलाइ पुर्बमा पनि बिस्तार गर्ने काम सुरु गरेका छन ।
इटहरीको बड्दो जनघनत्व र बिकासले सबैलाइ आर्कसित गरिरहेका बेला इटहरीको सुन्दरता र मनोरन्जनको क्षेत्रमा पनि लगानी थपिन थालेको छ । इटहरी उपमहानगरपालिका आफैले पनि उपमहानगरपालिका परिषरको सुन्दरताबृद्धिको काम अघि बढाएको छ । मोचीकाली पोखरीको डिलमा स्टीलको रेलिगं र फुलाबरी बन्दैछ भने बिचको मन्दिरमा पानीको फोहरा सहितको आर्कषक लाइट सिष्टम जडान हुदैछ । यस्ले इटहरीको सुन्दरतामा एउटा परिचय बनाउने अनुमान गरिएको छ । उपमहानगरले सडकको सुन्दरता र हरियालीमा पनि ध्यान दिन थालेको छ । निजी क्षेत्रबाट पनि सुन्दरता र मनोरन्जनको क्षेत्रमा लगानी सुरु भएको छ । इटहरीकै ब्यबसायी डम्बर तामागं र बिराटनगरका ब्यबसायी सन्जय अग्रवालले सन्चालनमा ल्याएको इटहरी १० को ओसियन पार्क अहीले गर्मि छल्ने र रमाउने ठाँउको रुपमा बिकास भैरहेको छ ।
बिश्व आर्दश, कस्तुरी, कोशी र सुस्मा कलेजका बडेमानका सुन्दर बिल्डिगं र त्यहाको गुणस्तरिय शिक्षाले पनि इटहरीमा एकसाथ भौतिक र शैक्षिक बिकास भैरहेको देखाइ रहेको छ । गुण्डागर्दी र बेस्याबृति इटहरीबाट करिब करिब नामेट भएको छ । इटहरीबासीको समृद्धि प्रतिको उच्च आकाँक्षाले पनि इटहरीलाइ समृद्धि तर्फ दौडाइ रहेको छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




दील्लीमा बोल्दै देउबा

Like us on Facebook