गृहपृष्ठ » सम्वृद्धि यात्रा » जस्मिन पेन्ट्स सगरमाथाको चुचुरोमा

जस्मिन पेन्ट्स सगरमाथाको चुचुरोमा

 Posted by Itahari Fm | error | ८५५ पटक

इटहरी । जस्मिन पेन्ट्सको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा पुयाइएको छ । नेपाली उत्पादनको रुपमा रहेको जस्मिन पेन्ट्स अंकित झण्डा सगरमाथाको चुचुरोमा फहराइएको कम्पनीले जानकारीले जानकारी दिएको छ । जस्मिन पेन्ट्सका प्रतिनिधिले जस्मिन पेन्ट्सको लोगो अंकित झण्डा लिएर सगमाथाको सफल आरोहण गरेको कम्पनीले जनाएको छ । कम्पनीका प्रतिनिधि रहेका नवाङ्ग नर्वु शेर्पा (माइला)ले जेठ ६ गते सगरमाथाको सफल आरोहण गरेका थिए सो क्रममा उनले कम्पनीको झण्डा चुचुरोमा फहराएका थिए ।
रंगहरुको क्षेत्रबाट सर्वोच्च शिखर सगरमाथामा आफ्नो झण्डा फहराउने विश्वको पहिलो कम्पनी भएको जस्मिन पेन्ट्स प्रा. लिका निर्देशक मधुसुधन अर्यालले जानकारी दिनुभयो । यस अघि पनि जस्मिन पेन्ट्सले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । भुकम्प पछिको पुर्ननिर्माणको कार्यमा पनि उल्लेखनीय सहयोग गर्दै आएको कम्पनीले जनाएको छ ।
जस्मिन पेन्ट्स नेपालमै उत्पादन हुने रगं हो । नेपाली उत्पादन भएर पनि विदेशी रगंहरुसँग प्रतिस्पर्धा गर्दै देशमा मात्र नभएर विदेशमा पनि आफ्नो उत्पादन विक्री गर्न सफल भएको कम्पनीले दावी गर्दै आएको छ । जस्मिन पेन्ट्सका निर्देशकले प्रेश विज्ञप्त जारी गर्दै जस्मिन पेन्ट्सको झण्डा सगरमाथामा पुग्नु एक महत्वपूर्णं उपलब्धी भएको बताउनुभएको छ ।
उच्च गुणस्तरीयता, उच्च ज्ञानसहितको टेक्निकल टिम, दक्ष बजार व्यवस्थापक र सक्षम व्यवस्थापकबाट सञ्चालन भएका कारण देश तथा विदेशमा प्रतिपस्र्धा गर्न सफल भएको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विभिन्न रचनात्मक कार्यहरु गर्दै देशको आर्थिक सम्वृद्धिका लागि काम गर्दै जाने कम्पनीले प्रतिवद्दता समेत व्यक्त गरेको छ । जस्मिन पेन्ट्स मनकामना गु्रप अन्र्तगतको उद्योग हो ।

Tweet about this on TwitterShare on Facebook

इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




संसद बैठकको प्रत्यक्ष प्रसारण

Like us on Facebook