गृहपृष्ठ » पेड न्युज » सुनेका कुरा

सुनेका कुरा

 Posted by Itahari Fm | २०७१ माघ १२ | १६५ पटक

आज सोमबार बिहान ९ वजे तिर इटहरीको पुर्बाञ्चल आइस्कृम पार्लर एण्ड कफी सप भित्रको १६ नम्बर टेबलमा देशको राजनितका बारेमा समिक्षा भैरहेको रहेछ । एउटै टेबलमा खाँदीएर बसेका ६ जना मध्ये एक जना ढाका टोपी र चस्मा लगाएका ब्यक्ति पञ्चायत कसरी गयो भन्ने देखि सुबास नेम्वागंको पछल्लो कदमका बारेमा समेत ब्याख्या गरि रहेको सुने पछि हामी पनि नजिकैको टेवलमा बसेउ । कुरा सुन्दै जाँदा थाहा भयो उनी संखुवासभाका अधिकारी राप्रपाका केन्द्रिय सदस्य रहेछन । सुनसरीमा राप्रपाको कार्यक्रमका लागि आएका रहेछन । उनी सुरुमा माओबादीको भबिष्यका बारेमा कुरा गर्दै थिए । संगै भएकाहरु कुरा थपिरहन्थे । उनको बुझाइमा प्रचण्ड माओबादी र बैध माओबादीका ७० प्रतिषत कार्यकर्ता बिप्लब माओबादीको लाइनमा छन रे । बिप्लबको स्पष्ट कार्यदिसा छ क्रान्ति गर्ने । यो दृष्य अबको पाच महिना भित्र देखीइ सक्ने छ । उनले यति भनिरहदा संगै रहकोअर्का ब्यक्तिले थपे बैध र प्रचण्ड मिल्नुको पनि अब अर्थ छैन । कुरा अगाडी बड्दै जाँदा संबिधानसभामा सुबास नेम्वागंको संकृयता र एमाओबादी मोर्चाको बिरोधका बारेमा चर्चा सुरु भयो । उनले भनी हाले यो हीन्दु राज्य बनाउनकालागि लम्ब्याइएको परिस्थिती हो । अहीले भारत नपाललाइ हीन्दु राज्य बनाउने पक्षमा रहेको र चीन पनि ७० प्रतिषत भन्दा बढि ओमकार परिबार भित्रका बुद्धिष्ट रहेकाले हिन्दुनै बनाउन चाहेकाले यसैकालागि परिस्थीती अनुकुल बनाउन लम्ब्याइएको हो । चीन र भारतनै हिन्दु राज्य चाहन्छन भने कसरी नेपाल धर्मनिरपेक्ष भएको थियो भन्ने चर्चा पनि चल्यो । उनले यस्को पनि जवाफ दिए त्यतिबेलाका नेपाली नेतालाइ युरोपियन युनियनले १३ करोड बाडी दिएको थियो । त्यती भए पछि कतै चर्चानै नभएको बिषय नेताहरुले छिराइ दिएका हुन । धार्मीक चर्चासंगै उनले भने पञ्चायत ढल्नुमा समेत धार्र्मीक बिषय जोडिएको छ । त्यतिबेलै युरोपियन हरुले खेलेका हुन । यी धेरै घटनाक्रम इयुको पैसाबाट पनि भएका छन । यही बिचमा अर्का एक सहभभागिले भने मचै यो संबिधानसभा छिटो बिघटन होस भन्ने चाहन्छु कीनकी यस्ले समस्या निम्त्याउछ । नेपालको राजनितिलाइ निकै नजिकबाट बुझेकोझै गरि कुरा गर्ने उनीहरु मध्येकै अर्का एक जनाले भने अबको तिन हप्ता भित्रै सफ्ट कु पनि हुन सक्छ ।
बिपक्षी मोर्चाको निरन्तरको अबरोध पछि संबिधानसभाका अध्यक्ष सुबास नेम्वागंले बलजफ्ती प्रस्नावली समिति बनाए पछि चिया पसलहरुमा यस्तै बिभिन्न खाले चर्चाहरु सुनीन थालेका छन । यस्ता चर्चामा कुनै आधार र बिश्वास त छैन तर अब के होला भन्ने चै सबैलाइ लागेको छ ।

चेतन धमला

Tweet about this on TwitterShare on Facebook

इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




Live on facebook

Like us on Facebook