गृहपृष्ठ » पेड न्युज » सरकार कानुन कस्लाइ लाग्छ ?

सरकार कानुन कस्लाइ लाग्छ ?

 Posted by Itahari Fm | २०७१ पुष ९ | २७१ पटक

गृहमन्त्रि बामदेब गौतमले काठमाण्डौमा जथाभाबी बाटो काटेर सडक नियम नमानेको फोटो त सबैले देखेकै हो । आज यही सरकारका कृषि मन्त्रि हरी प्रसाद पराजुलीले पनि सुनसरीमा आयोजीत एउटा सार्बजनिक कार्यक्रममा खैनि माडेर दुनिया हँसाय । सुनसरीको बिष्णुपादुकामा आयोजित कार्यक्रममा कानुनको ख्यालै नगरी निर्धक्कसँग सुर्ती मोलेर खाएका मन्त्री पराजुलीलाई कुनै काननुले छोएन । सरकारले सार्वजनिक स्थानमा धुमपान गर्नेलार्इ पहिलो पटक भेटेमा एक सय रुपैयाँ जरिवाना गर्दै आएको छ । खैनि माडेर खाने मन्त्रिलाइ अब एक सय भए पनि जरिबाना गर्ने की मन्त्रिले चै जे गरे पनि हुन्छ प्रधानमन्त्रि ज्यु ? की लोकतनत्र भनेको मन्त्रि र नेताले जे मन लाग्यो त्यही गर्न पाउने ब्यबस्था हो ?

Tweet about this on TwitterShare on Facebook

इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




Live on facebook

Like us on Facebook