गृहपृष्ठ » इटहरी अपडेट » इटहरीमल स्मार्ट सिटिको आधार

इटहरीमल स्मार्ट सिटिको आधार

 Posted by Itahari Fm | error | ४१५ पटक

 

विश्व श्रम संगठनको भनाइ अनुसार २४ घण्टा लाइ आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरन्जनमा समय बिभाजन हुनुपर्छ भन्छ । त्यसै अनुसार हरेक कार्यलयको लागी ८ घण्टाको अफिस समय तोकिएको हुन्छ । रातको समय आरामको लागी उपयोग गरीन्छ । तर मनोरन्जनको समय भनेको बिषेश हुन्छ । जहाँ आफ्नो सम्पुर्ण तनावको बिसर्जन गर्ने र नयाँ उर्जा प्राप्त गर्ने प्रकृया मानिन्छ । त्यो भन्ने बितिकै त्यती सजिलै सम्भव पनि छैन । त्यसको लागी उपयुत्त स्थान र श्रोत पनि उपलब्ध हुनुपर्छ ।

पछील्लो समय तनावमा हुने मानिसहरुको संख्या दिनानुदिन बढीरेहेको छ । जसले गर्दा मानोरन्जनको क्षेत्र फराकिलो हुन जरुरीछ । तर मनोरन्जन लिने ठाउँको अभावमा सहर भित्र तनावको बजार बढीरहेकोछ । एउटा सहरको लागी आवश्यक पर्ने न्युनतम मनोरन्जनको साधन र मनोरन्जन गर्ने स्थान अवश्यकछ । सुन्दर एवं शान्त वातावरण एउटा सभ्य सहरको बिजनेसनैहो ।
बिकशित मुलुकमा मानीस आफ्नो नियमित काम पछी आफुलाइ मनपरेको स्थानमा गएर तनाव बिसर्जन गर्न सक्छन् । जसको लागी पर्याप्त स्थान हरु हुन्छन् । जुन आवश्यक छ ।

नहुनु मामा भन्दा कानो मामा जाती भनेझै । इटहरीको लागी मनोरन्जन लिने एउटा बिकल्प बनेको छ । इटहरीमल । इटहरी मलले इटहरीलाइ मात्र हैन बिराटनगर, धरान देखी पुर्वमा बिर्तामोड सम्मलाइ मनोरन्जन दिइरहेको छ । आइसिनेमा मार्फत मनोरन्जन दिने कोशिस भइरहेकोछ ।

धरान बिराटनगर लगायत पुर्वका महत्वपुर्ण सहरका मानिसहरुको लागि आइसिनेमा एक महत्वपुर्ण बिकल्पको रुपमा देखापरेको छ । मनोरन्जनका अनेकौ माध्यम मध्ये फिल्म क्षेत्र बाट मनोरन्जन दिने कोसीस गरीरहेको छ । जुन इटहरीको लागी एउटा महत्वपुर्ण पहीचान भएको छ । इटहरीमा आउने आगन्तुक लाइ कहाँ राख्ने भन्ने समस्या पर्ने बेला मेगा रेस्टुरेन्ट मार्फत पनि सेवा दिइरहेकोछ । यति मात्रै हैन एउटै भवन भित्र अनेकै समाग्री खरीद गर्न र केही बैकको बैङ्गकीङ्ग कारोबार समेत उपलब्ध छ ।

इटहरी बासीको लागी आइसिनेमा महत्वपुर्ण मनोरन्जनको गन्तव्य बन्ने गरेको छ ।
आवश्यक परेको बेला पत्रकार सम्मेलन गर्ने र बिभिन्न भेटघाट गर्ने चौतारीको बिकल्प आइसिनेमाले दिएको छ । चोकैमा उपलब्ध सुबिधा प्रति सम्पुर्ण ग्राहक तथा सेवा ग्राही सन्तुष्ट छन् ।

इटहरीलाइ स्मार्ट बनाउने काममा आइसिनेमाले इटा थप्ने काम गरेको छ । पर्यटन प्रर्वधन गर्ने भन्ने जनप्रतिनिधिहरुको बाचामा यस्ता अभ्यास हरुले टेवा पुर्याएको पाइन्छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




काग्रेसको घोषणा पत्र सार्बजनीक

Like us on Facebook