गृहपृष्ठ » News, इटहरी अपडेट » नागरिक खाल्डा पुर्न थाले, लाज छोप्न लागतको विल देउ पैसा लैजाउ

नागरिक खाल्डा पुर्न थाले, लाज छोप्न लागतको विल देउ पैसा लैजाउ

 Posted by Itahari Fm | error | ५०६ पटक

इटहरी उपमहानगरपालिका अगाडि सडकका ठुल ठुला खाल्डाहरुले निर्वाचित जनप्रतिनिधिहरुलाई हेर्दै गिज्याईरहन्थे । पूर्व बस स्टेण्ड, सँगैको टेगं्रापुल माथी खाल्डा र धरान रोडका खाल्डाहरुले जनप्रतिनिधिलाई धेरै गिज्याए ।तर जनप्रतिनिधिहरुले त्यसको वेवास्ता गर्दै धेरै पटक ओहोर दोहोर गरे, पुर्ने प्रयत्न गरेनन् । आफ्नै जनप्रतिनिधिहरुलाई खाल्डाले गिज्याएको देखेका सामाजिक संघ संस्था तथा नागरिकहरु आफै खाल्डा पुर्न थालेका छन् ।
उनीहरुले दुर्घटना निम्त्याउने ति खाल्डा पुर्न थालेका हुन । बिहिबार लायन्स क्लव अफ ग्रिन सिटी, सामजिक अभियन्ता र अन्य नागरिक मिलेर धरान रोडका ठुला खाल्डा गिटी हालेर पुरे ।
यसरी सडकका खाल्डामा हाल्ने गिटी पनि आफै स्रोत व्यवस्थापन गरेर ल्याउने गरेका छन् ।केही दिन अघि यहि टिमले सँधै व्यस्त रहने टेग्रापुल माथीको खाल्डा पुरेका थिए । इटहरी वितरण संघले उपलब्ध गराएको गिटी हालेर पुल माथीको खाल्डा पुरेका थिए ।
स्थानिय सरकार र त्यसमा पनि जनप्रतिनिधिहरुले गर्नुपर्ने काम नागरिक स्वयम अग्रसर हुँदै गर्न थालेपछि जनप्रतिनिधिहरुको चौतर्फी विरोध हुन थालेको छ । विभिन्न सामाजिक संस्था तथा नागरिकहरु आफैँ सडकका खाल्डा पुर्न थालेपछि लाजले भुतुक्क भएका जनप्रतिनिधिहरु लाज छोप्न लागतको विल दिए पैसा दिन्छौँ भन्न थालेका छन् ।
टेग्रापुलको खाल्डा पुरेपछि उपमहानगरपालिकालाई धेरै दवाव परेको थियो । चौतर्फी आलोचना भएपछि जनप्रतिनिधिहरु लाज छोप्न बाहना खोज्न थालेका छन् । बिहिबार थुपारेको गिटी बेल्चाले खाल्डामा हाल्दै लायन्स क्लवका अध्यक्ष सुकदेव घिमिरेले भने “विहानै मैले गिटी झारेको थिएँ, उपमहानगरका जनप्रतिनिधि आएर कसले छारेको यो हामी गर्न लाग्या थियौँ भन्नु भयो । मैले झारेको भने पछि फर्केर जानुभयो ।”
पछि उपमहानरपालिकामा उपमेयरलाई त्यसविषयमा जानकारी गराउँदा हामी पनि गछौँ मिलेर गरौँ भनेको अभियन्ता घिमिरेले बताए । धरान रोडको खाल्डा पुर्न केही ट्रिप गिटी पनि उपमहानगरपालिकाले झारेको थियो ।
चौतर्फी दवाव र लाजले बाटो हिड्नै अप्ठ्यारो पर्ने डरले अरुले थालेको काममा म पनि सँगै छु भन्न थालेका छन् । अलि अप्ठ्यारै पर्ने हो की भन्ठानेका जनप्रतिनिधिहरु यस अघि खाल्डा पुर्दाको लागतको विल दिए पैसा दिने बताउन थालेका छन् ।
इटहरी उपमहानरपालिकाका जनप्रतिनिधिहरु सामाजिक संघसंस्थाहरुलाई वेवास्ता गर्ने गरेको सामाजिक अभियन्ता हिरा आचार्य बताउँछन् । इटहरीको विकासमा जनप्रतिनिधिहरुले चासो नदिएको उनको ठम्याई छ । छिमेकी नगरका जनप्रतिनिधिले धेरै राम्रो काम गर्दा पनि इटहरीमा खासै केही नभएको उहाँको भनाई छ ।


इटहरीमा सामाजिक संघसंस्थाले गरेका काम देखेर पछिल्लो समय भने उपमहानगरका केही मान्छेहरु यी संस्थाले साँच्चै गर्छन की भन्दै सोध्न थालेको ट्युटेरियन सोसाईटिका अध्यक्ष समेत रहेका अभियन्ता आचार्य बताउँछन् ।
इटहरीमा निर्वाचित जनप्रतिनिधिहरुले कार्यभार सम्हालेको पनि दुई महिना विति सकेको छ । तर खासै राम्रो कामको अनुभुति नागरिकले गर्न पाएका छैनन् । बरु स्वयमं नागरिकहरु नै अग्रसर बन्न थालेका छन् ।
लायन्स ग्रिन सिटीका अध्यक्ष सुकदेव भन्छन् जनप्रतिनिधिलाई के गर्ने के नगर्ने भन्ने कार्यदेश छैन, भर्खर बनाउँदै हुनुहुन्छ । विस्तारै बन्दै गर्दा त्यो बेला सम्म हामी नगरबासीको सहयोग गरौँ भनेर काम गर्न थालेका हौँ । उनले भने हामी सहयोग गर्न आएका हौँ, यस्तै काम गर्दैँ जान्छौँ ।
उनले यसो भन्दै गर्दा केही व्यंग्य पनि मिश्रित छ । आफ्नै अघिको खाल्डा देखेर पनि पुर्न हुन्छ कि हुँदैन भनेर कार्यदेश पर्खनु भनेको लाजको विषय हुन्छ । खाल्डा पुर्ने काम मेरो होइन,कार्यक्षेत्र भित्र पर्दैन भन्नु भन्दा खाल्डा पुरेर दुर्घटनाबाट जोगाउनु नैतिक दायित्व हो । सधैँ प्रकृया भन्दा क्रिया पनि महत्वपूर्ण हुन्छ । लाज छोप्न अरुले गरेको कामको विल माग्नु भन्दा आफैले काम गर्दैै नागरिकलाई विश्वस्त बनाउनु राम्रो हो ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




काग्रेसको घोषणा पत्र सार्बजनीक

Like us on Facebook