गृहपृष्ठ » इटहरी अपडेट » सुनसरी मोरगं सिँचाईको नहरमा पानी सुरु

सुनसरी मोरगं सिँचाईको नहरमा पानी सुरु

 Posted by Itahari Fm | error | १८९ पटक

बाढिका कारण क्षति पुगेर बन्द भएको सुनसरी मोरङ सिँचाइ आयोजनाको नहर पुन सञ्चालनमा आएको छ । आयोजनाको मुलनहरमा मर्मत गरेपछि अहिले सिँचाईका लागि पानी सुरु गरिएको हो ।
रामधुनी सिघिँया, विश्रामपुर, झुम्का, रामगञ्ज, सीतागञ्ज, वरियातिलगायतका शाखामा सिँचाइ सुविधा सुचारु भएको छ ।
गएको साउन २७ र २८ गतेको अविरल वर्षासँगै आएको बाढीले मूल नहरको विभिन्न ठाउँ तथा शाखा नहरमा क्षति पु¥याएको थियो । मूलनहरमा क्षति पुर्याएको पाँच ठाउँ सहित अन्य शाखा नहरमा मर्मत गरी पानी छोडिएकोे आयोजनाका प्रमुख कुञ्जनभक्त श्रेष्ठले जानकारी दिनु्भयो ।
सुनसरी र मोरङको ६८ हजार हेक्टरमा सिँचाइ गरिँदै आएको सो मूलनहरको चतरादेखि मोरङसम्मको दुरी ५३ किलोमिटर पर्दछ । बाढीका कारण ४२ किलोमिटर क्षेत्र लोहन्द्रा साइफनमा क्षति पुगेको छ ।
मर्मतमा बढी समय लाग्ने भएकाले वैकल्पिक व्यवस्था गरेर सिँचाइ सुविधा प्रदान गरिएको आयोजना प्रमुख श्रेष्ठले बताउनु भयो । खोलाको पानीलाई शाखा नहरमा छिराएर सिँचाइ सुचारु गरेको उहाँले जानकारी दिनुभयो ।
आपत्कालीन मर्मतमा एक करोड खर्च भएको आयोजनाले जनाएको छ ।अहिले पनि नहर मर्मतको काम जारी रहेको र किसानको आवश्यकता अनुरुप मात्र पानी छोडिएको छ ।

तत्काल ३० हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको सिँचाई आयोजनाले जानकारी दिएको छ । विराटनगर, शङ्करपुर, सुक्सेना शाखा र हरिनगरा शाखाको तल्लो भागमा क्षति भएकाले आधा भागसम्म मात्र सिँचाइ पुग्ने बताइएको छ ।
साउन अन्तिम साता आएको बाढिले सिँचाई आयोजनाको नहरमा रु ८५ करोडभन्दा बढी क्षति पुगेको थियो ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




काग्रेसको घोषणा पत्र सार्बजनीक

Like us on Facebook