गृहपृष्ठ » इटहरी अपडेट » जेसिजको क्षेत्र क सम्मेलन सुरु

जेसिजको क्षेत्र क सम्मेलन सुरु

 Posted by Itahari Fm | error | ६० पटक

नेपाल जेसिजको क्षेत्र क सम्मेलन २०१७ तरहरामा आजबाट सुरु भएको छ । तरहरा जेसिसको आयोजनामा सुरु भएको क्षेत्रीय सम्मेलन वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. आर के रौनियारले उद्घाटन गरेका हुन ।
कार्यक्रमलाई सम्बोधन गदै उपकुलपति डा. रौनियारले जेसिजले नेपालमा सृजनशिल युवाहरु उत्पादनमा महत्वपूर्ण योगदान दिएको बताए । युवाहरुलाई समाजसँग जोड्न जेसिजको भूमिका निर्वाह गरेको उनको भनाई थियो ।
यस्तै कार्यक्रममा बोल्दै इटहरी उपमहानगरपालिकाका मेयर द्धारिक चौधरीले जेसिसमा लागेका व्यक्तिहरुले सकारात्मक सोच विकास गर्न लागि परेको भन्दै जेसिसको प्रंशसा गरे । नेपाल जेसिजका अध्यक्ष प्रकाश अधिकारीले युवाहरुको नेतृत्वदायी क्षमताको विकास गर्न जेसिजले अझ थप कार्यक्रमहरु ल्याउने बताए । उनले जेसिजले युवा र समाज वीचमा रहेर पुल मार्फत जोड्न काम गरेको बताए ।
सम्मेलनको उद्घाटन सत्रमा विभिन्न फरक फरक विधामा उत्कृष्ठ योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो । युवा फोटो पत्रकार यात्रा थुलुङ, डाक्टर धनकेशर खड्का र नेपाली फिल्मका निर्देशक नवल लाई सम्मान गरीएको थियो ।
सम्मेलन भोलीसम्म सञ्चालन हुने बताइएको छ । सम्मेलनमा विभिन्न जेसिज शाखाका करिव ४ सय ५० बढि युवाहरुको सहभागिता रहेको जेसिजले जानकारी दिएको छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




काग्रेसको घोषणा पत्र सार्बजनीक

Like us on Facebook