गृहपृष्ठ » News, बिबिध » कांग्रेस पार्टी की व्यक्ति

कांग्रेस पार्टी की व्यक्ति

 Posted by Itahari Fm | error | ११२३ पटक

इटहरीमा आयोजीत बृहत चुनावी सभामा सम्वोधन गर्न निम्त्याइए कांग्रेस केन्द्रिय सदस्य औपचारीक परीचय भएका असाधारण व्याक्ति प्रदिप गिरी । उनले मन्तव्यको सुरुवातमानै स्थनीय निर्वाचनमा राष्ट्रिय राजनीतीको कुरा नगरेको भए राम्रो हुने र स्थानीय निर्वाचनमा पार्टी भन्दा व्याक्ती प्रधान हुने हुँदा पार्टी चुनावमा नलडेपनी हुने उनको व्यात्तिगत धारणा राखे । केपी ओली बाट सुरु भएको आलोचनाको पगरीले सम्पुर्ण कांग्रेस पार्टी र शेरबहादुर देउवा सम्मलाइ बेरीदीए । यस्तो राजनैतिक भासणमा कमै देखिने गिरीले इटहरीमा आयोजित चुनावी सभामा आफ्नै पार्टी राम्रो नभएको तर अरु पार्टी त्यो भन्दा धेरै खतम रहेको उनले प्रस्ट पार्न भ्याए ।

मेयर पदका आकांक्षी देखिएका हेमकर्ण पौडेलको गणेशमान सिंह देखि माहाभारतका भगवान कृष्ण संग तुलना गरे । पैडेलले पार्टी भित्र र जनतामाझ धेरै लोकप्रिय नगर सभापती हेमकर्ण पौडेलले टिकट नपाएको मा उनले दुख पोख्दै पार्टी नेतृत्व प्रति बिमती राखे । टिकट नपाएपनी पार्टीले गरेको निर्णयलाइ स्विकारेर पार्टी लाइ बिजयी गराउने महाअभियानमा देखाएको उदारताको खुुलेर प्रसम्शा गरे । गिरीले मात्रै हैन इटहरीका बिभिन्न चुनावी कार्यक्रममा आएका महेश आचार्य, रामशरण महत, बिश्वप्रकाश शर्मा लगायत केन्द्रिय नेताहरुले पौडेलको उदारताको सम्मान गरे ।

बिगतमा इटहरीको जनता जनता बहुमुखी क्याम्पसमा स्वबियू जितेर इतिहास रचेका नेता पौडेल इटहरीका लोकप्रीय नेताको रुपमा परिचित छन् । उनले यसपालीको इटहरीको निर्वाचनमा एमालेको लालकिल्ला लाइ धक्का दिन्छन् भनेर धेरैले बिश्वास गरेका थिए । तर उनले टिकट नपाएपछी उनका समर्थक र नेपाली कांगे्रसका युवाहरुको ठुलो जमात सडकमा ओर्लीयो र निर्णय पुनर्वीचार गर्न आन्दोलन गर्यो ।
पौडेलले भने पार्टीले गरेको निर्णय सर्वमान्य हुने भन्दै टिकट पाएका रोहित प्रसाइलाइ सघाएर चूनावमा जाने उद्धघोष गरे । उनले हरेक सभामा कांग्रेसले हार्यो भने लोकतन्त्रले हार्ने हुँदा पार्टी लाइ बिजय गराउने मा भन्दा देशलाइ बिजय गराउन सबैलाइ अवहन गरे ।

तर असन्तुस्ट कार्यकर्ताले नगर, क्षेत्र र जिल्ला पार्टी कार्यलयमा तालाबन्दि सहीत बिसाल जनसभाका साथ नगर परीक्रमा गरे । त्यस बिचमा सडकमा पोखिएको असन्तुस्टि लाइ मिलाउन नेताहरुमा कसरत सुरु भयो । हेमकर्ण पौडेलले पार्टी भन्दा आफु माथी नरहेको बताए पछी बिस्तारै माहोल त सेलायो । तर पार्टीका खास कार्यकता बाहेक अरु उनका समर्थक को साथ प्रसाइलाइ देखिएन ।

हुनत अहिले इटहरीमा कांग्रेस बिगतमा भन्दा बलियो भएको छ । अघिल्लो स्थानीय निर्वाचनमा जमानत जोगाउन गाह्रो पर्ने ठाँउमा यसपाली बहुमत वडामा बिजय हासील गरेको छ । जसको श्रेय नेता पौडेललाइ दिनुपर्ने पुराना कांग्रेसी नेताहरुको बुझाइ छ । जे होस इटहरी कांगे्रसले पार्टी एकताको पाठ केन्द्रिय नेतृत्वलाइ सिकाएको पाइयो ।

मतपरीणाम आउदै गर्दा मेयर उपमेयरमा बिजयी भइन्छ कि भन्नेमा धेरै कांगे्रेसीलाइ लागेको थियो । बहुमत वडामा बिजयी भएपनी मेयर उपमेयरमा कांग्रेस पराजीत भयो । धेरै एमालेका नेताहरु यदी हेमकर्ण भएको भए यसपाली हाम्रो लज्जास्पद हार हुनेथियो भन्न थालीसकेका छन् ।

यस्तै पार्टीको अदुरदर्शी निर्णयका कारण यसपाली नेपाली कांग्रेसले स्थानीय निर्वाचनमा घाटा बेहोरेको छ । आफ्ना आसेपासे लाइ समेट्न खोज्दा पार्टी धरापमा पर्यो । इतिहास भन्दापनी बर्तमानका निर्णय बढी शत्तिशाली हुने यसपालीको मतपरीणाम ले कांग्रेसलाइ सिकाएको हुनपर्छ ।

आफ्ना गढ मानीएका पार्टी सभापतीको जिल्ला डडेलधुरा, खुमबहादुर खड्काको जिल्ला दाङ्ग, प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाको जिल्ला झापामा नेपाली कांगे्रसको अवस्था लज्जास्पद रह्यो । धेरै प्रभावशाली नेताहरुको क्षेत्रमा कांग्रेसले बेहोरेको हारको समिक्षा तितो हुने यथार्थ छ ।

पहिलो चरणको निर्वाचनको समिक्षा गर्दै कांग्रेसले दोस्रो चरणको निर्वाचनमा पहीलो पार्टी हुन लोकप्रिय व्यात्तिलाइ टिकट दिने भन्यो । अन्तत धेरै ठाँउमा त्यसो हुन सकेन । बरु जनता प्रधान भन्दा नेता प्रधानलाइ प्राथमिकतामा पारीयो । सकेसम्म आफ्नै आसेपासे नभए आसेपासेको सिफारीसमा परेका व्यात्ती बाट टिकटको निर्णयले गर्दा कांग्रेस लाइ धक्का लाग्नु स्वभाबिक हो ।

पार्टी भित्र झ्याङ्गीएको अन्तर्घात र गुटगत रोगका कारण पनी यसपालीको स्थानीय निर्वाचन प्रभाबित भयो । उनै प्रदिप गिरी पनी यही रोगको सिकार नभएका हैनन् । सन्त नेता किसुनजी पनी यही संक्रमणको सिकार हुन भ्याए । यो गुट भित्रको अन्तर्घात नेपाली कांग्रेसको लागी स्वभावीक भएर गएको छ । अब त यो रोग अरु पार्टीमा पनी सर्न थालीसकेको छ ।

पार्टी सभापती लाइ आसपासका नजीकका हरु बाट भएको असहयोग कांग्रेस पराजयको मुख्य कारणहो । संगठन गर्न खट्ने भन्दा नेताको घर धाउने हरु प्रथमिकतामा पर्नु अर्को कारणहो । हनुमान प्रबृतीकै कारण पार्टी सभापतीको कसैले आलेचना गर्ने आट गरेन बरु उनले गरेका अनेक हर्कतको समर्थन गर्दै गए । आइजिपी काण्ड तथा माहाअभियोगको बिषयमा पार्टीले गलत गर्यो भनेर बोल्नुको सट्टा उल्टै त्यसलाइ थप उकास्ने हरु धेरै भए । नेताको आलोचना गर्यो भने भोली भागबण्डामा नपरीएला भन्ने डरले तै चुप मै चुप छन् तल्लो तहका नेताहरु । गलत छ भन्ने बुझेर पनी भन्न डराउनुपर्ने अवस्था सृजना भएको छ । जुन स्थनीय निर्वाचनमा स्पस्ट देखीयो ।

असार १८ गते प्रसारीत साझा सवालमा प्रधानमन्त्रि तथा पार्टी सभापतीको अभिव्यत्ती लाइ लिएर सामाजीक संजाल भरी आलोचना पोखीयो । जहाँ प्रधानमन्त्रिले महाअभियोगको बिषयमा स्पस्ट पार्न सक्नु पथ्र्याे । सभापतीमा देखिएको संयमताको खडेरीका कारण कार्यकर्तामा थप निराशा थपेको छ । उनको व्याक्तितग स्वभावको कारण पार्टीलाइ ठुलो क्षती हुदैछ । त्यसको प्रभाव अहीलेको मतपरीणाम लाइ पनी मान्न सकिन्छ ।

जनताहरु अहिले आलोचना हैन आत्मियता चाहान्छन् । तर अधिकांश नेताहरुमा आलोचना गर्नुनै भासणको मुख्य उद्येश्य हो भन्ने मानशीकता हाबी भयो । लोकतान्त्रिक पार्टीले सबंैलाइ सम्मान गर्नु पर्छ भन्ने तर कार्यकर्तालाइ अगाडी राखेर अरुलाइ गाली गर्दा कार्यकर्ता त्यसै गर्न प्रशिक्षित भइरहेका हुन्छन् । बिद्यार्थी संगठनको नेता देखि केन्द्रिय नेता सम्म ओलीको आलोचना गर्नमा व्यस्त हुन्छन् जुनकुरा जनताले कती पत्याउछन भन्नेकुराको हेक्का राखिन्न ।

अरुको कमजोरी देखाउने कम्युनिष्ट प्रबृती कांग्रेसमा बढ्दै गएको छ । आफ्नो सिद्धान्त र बिचारको बिषयमा बहस हुन छाडी सकेको छ । खासमा कांग्रेसी नेतालाइ आफ्नो सिद्धान्त केहो भन्ने बिषयमा पुर्ण जानकारीनै छैन । महाधिवेशनको बेला पार्टी बिधान अधिवेशन छुट्टै गर्ने आवाज त उठ्छ तर त्यसपछी सबै कुरा सेलाएर जान्छ । खाली पद मात्र खोज्ने तर संगठन प्रति ध्यान नदिने नेताहरुको बोलवाला पार्टीमा स्थापीत हुदैछ । बिचार र सिद्धान्तको बिषयमा बहस हुन सकेन र त्यसै अनुसार पार्टी अगाडी बढ्न सकेन भने दुर्घटना निश्चित छ ।

अफ्रिकाको ऐतिहासीक पार्टी अफ्रिकन नेशनल कंगे्रस सत्ताको दुरुपयोग र अहंकारको कारण पतनको अवस्थामा पुग्यो । भारतीय राष्ट्रिय कांग्रेसमा मौलाएको स्वच्छाचारीता र परीवारबादी हैकमबादी सोचको कारण ओरालो लाग्दैछ । नेपालको नेपाली कांगे्रसले पनी आफूलाइ सुधार्न सकेन भने असहजता अवस्थामा पुग्ने निश्चित छ । जुन स्थानीय निर्वाचनले संकेत गरीसकेको छ । बिपी गणेशमान किसुन भनेर मात्र हुदैन उनीहरुको मार्गदर्शनलाइ समयानुकुल परीमार्जन गर्न जरुरी पनी छ । स्थनीय निर्वाचनले त्यसको संकेत गरीसकेको छ ।

नेपालको राजनीतीको अबिभावक भएको हिसाबमा हरु राजनैतिक दल भन्दा बढी जिम्वेवारी नेपाली कांग्रेसलाइ छ । बिगतमा सरकारमा भएको बेला गरेका कामहरु जनतालाइ प्रभाबित पार्ने खालका थिए कि थिएनन् भन्ने कुराको समिक्षा कांगे्रसले गर्नै पर्छ ।

पार्टीमा बिश्वप्रकाश शर्मा, गगन थापा, धनराज गुरुङ्ग, प्रदिप पौडेल जस्ता आश लाग्दा नेताहरु ले पार्टी भित्र प्रभावकारी खबरदारी गर्न सकेनन् । बरु उल्टै अरुको आलोचनामै ध्यान केन्द्रीत गरे । बिश्वेश्वर प्रशाद कोइरालाले यसो गरे उसो गरे भन्ने भजन कती दिन गाउने कार्यकर्ताले । बिपी यति समावेसी उति समावेसी भनेर पुग्दैन वर्तमानमा कांग्रेस के गर्र्दैछ भन्ने पनी जनतामा राम्रो ज्ञान छ । कांग्रेस गलत नहोला तर जनतामा गलत छाप परेको छ । तर जनताको गलत बुझाइलाइ चिर्न कांग्रेसले केही गर्न सकेन । जुन आश लाग्दा युवा नेता बाट हुनुपथ्र्याे । त्यो हुन सकेन ।

आसेपासेको भरमा निर्णय गर्दा पार्टी दुर्घटनामा पर्छ भन्ने हेक्का हुनु थियो भयो । निति भन्दा नेता नेता भन्दा दाता प्रधान भएपछी पार्टीको हालत बिग्रन्छ भन्ने कुराको सबक राम्रो संग सिकाएको छ मतपरीणामले । पार्टी भित्रका केही बचेखुचेका क्षमतावान हरुलाइ पाखा लगाएर हैकमबाद स्थापीत गराउन खोज्दा हानीनै हुन्छ भन्ने पाठ पनी सिकाएको हुनुपर्छ । नेताको घर धाएर पदमा बर्गेनिङ्ग गर्दै कर्मचारीको ठेक्का लिने देखी नेतालाइ पोल लगाउने हरुकै कारण संगठन बिग्रीएको हो भनेर बुभ्ने अवसर प्राप्त भयो कांग्रेसलाइ । संगठन गर्नै पर्दैन कांग्रेस मास बेस पार्टी हो भन्दै चित्त बुझाएर नहुने रहेछ भन्ने कुरा पनी यसपाली कांगे्रसले राम्ररी सिक्ने मौका पायो ।

गिरी जस्तो नेतृत्वको आलोचना सहीत मार्गनिर्देश गर्ने र ब्याक्ति भन्दा पार्टी प्रधान हुन्छ भन्ने हेमकर्ण जस्ता नेताको टट्कारो आवश्यकता छ । नेपाली कांग्रेसले यसपटक सिकेको महाज्ञानलाइ आगामी दिनमा कार्यन्वयन गर्यो भने कांग्रेसी को लागी बरदान साबीत हुनेछ । कांग्रेसले असफतलको कारण पत्ता लगाएको छ । त्यसैले अब कांग्रेस मात्र हुन्छ भने सफल मात्र हुन्छ ।
शुभकामना छ !


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg