गृहपृष्ठ » अर्थतन्त्र » यसरी हुन्छ पैसा पलायन

यसरी हुन्छ पैसा पलायन

 Posted by Itahari Fm | error | ५२५ पटक

मध्यान्नको तातो घामको कुनै प्रबाह नगरी उखु पेल्दै छन् सुबोध राउत । एक हातले पसिना पुस्दै अर्कोहातले मेसीन घुमाउदै छन् । बिच बिचमा उनी ग्राहक संग हासेर कुरा गर्न पनी भ्याउछन् । नेपाली बुझ्छन तर राम्रो संग बोल्न जान्दैनन् । किनकी उनी नेपाली हैनन् । तर बिगत सात बर्ष देखि इटहरीमा उखु पेलेर व्यापार गर्दै आइरहेका छन् । उनी जस्तै एक २१ बर्षिया युवा बलिष्ठ पटेल विहारको मतिहारी बाट इटहरी आएर राम्रो आम्दानी गर्दैछन् । बिगत ६ बर्ष देखी उनी इटहरीमा डेरा लिएर बसेका छन् । र व्यापार पनी इटहरीमै गर्दै छन् ।
हिरालाल यादव बिगत एक बर्ष देखी उखु पेलेर बेचिरहेका छन् । दैनिक एक हजार जती आम्दानी भइरहेको छ । बिहारमा बेरोजगार भएर समय बित्यो नेपालमा यस्तो पैसा कमाउने ठाँउ रहेछ यादव भन्छन् ।

उखुको मात्र हैन अनारस को पनी अवस्था त्यस्तै छ । इटहरी चैकको पश्चिम लाइनमा ठेलामाथी बच्चा च्यापेर अनार बेचिरहन्छिन वेवि खातुन । उनको माइत नेपाल भए पनी घर बिहारनै हो । वेविकै आग्रहमा उनका श्रिमान नेपालमा व्यवसाय गर्न बाध्य भए । बिगत चार बर्ष देखी सुरु भएको उनीहरुको कारोवार अहीले दैनीक एक हजारको हाराहारीमा नाफामा छ ।

इटहरीको मध्य चैकमा भेटीएका यि व्यवसायीहरुको आफ्नो छुट्टै जमात छ । सुबोध राउतको भनाइको आधारमा इटहरीमा मात्र २० जनाले यस्तो व्यवसाय गदैछन् । उनि संग नेपाली नागरीकता छ । तर उनको घर बिहारनै हो । मासीक रुपमा जम्मा भएको पैसा लिएर उनी एकपटक घर जान्छन् । एक पटकमा भारु पन्ध्र हजार जती घर पुर्याएको उनले बताए ।

यसरी इटहरीलाइ केन्द्र बनाएर व्यवसाय गर्ने मार्फत मासीक रुपमा लाखौ रुपैया इटहरीको पैसा बिदेशिएको छ । इटहरी चैकको आसपासमा ठेला व्यापार गर्नेहरुमा करीब ८० प्रतिशत भारतीय नागरीक छन् । ठेलाको कुनै दर्ता गराउन नपर्ने कर पनी तिर्न नपर्ने हुँदा यो सहज व्यवसाय भएको उनीहरुको बुझाइ छ ।

नेपालका युवाहरुलाइ बेरोजगारी समस्याले पिरोल्यो भन्दै गर्दा भारतबाट आएका युवाहरुले दैनिक लाखौ रुपैया नेपाल बाट लगीरहेका छन् । श्रमको मुल्याङ्गकन गर्ने नेपाली परीपाटीका कारण युवालाइ मन भएर पनी आफुले सोचेजस्तो काम गर्न आट गदैनन् । श्रम प्रतिका अपमानको कारणले दैनिक बेरोजगारी समस्या भयबह हुदैछ । तर त्यही मौकामा भारत बाट आएका युवाहरुले राम्रो आम्दानी गरेर नेपालको पैसा लगीरहेकाछन् ।

बिहार बाट आएका युवाहरुले नेपालमा ठेला व्यापारलाइ बढाइरहेकाछन् । चटपटे, पानीपुरी, अनारस तथा खरबुजा, उखुको रसको व्यवसाय गर्ने व्यवसायीहरु ले आफुलाइ चाहीने कच्चा पदार्थ पनी भारतबाटै ल्याउने गरेका छन् । बलिस्ठ पटेल बिहार का अनुसार उनीहरु आफुलाइ चाहीने जती उखु भारतको सिलगुढी नाकाबाट नेपाल ल्याउने गरेको बताउछन् । उनी भन्छन् हामी एकै चोटी ट्रकमा ल्याउछौ अनी यहाँ गोदाममा राखेर बिक्री गछौ ।

नेपाली व्यवसायी भने नेपालकै लोकल उखु खपत गर्ने गरेको बताउछन् । बिगत दुइ बर्षदेखी ठेलामा उखुको रस बेच्दै आएका शारद प्रसाद गैरापिप्ले धरानको पानबारी र मुलघाट बाट ल्याएको उखु बेन्चे गरेको बताउछन् । उनी जस्तै अरु नेपाली व्यवसायीहरु नेपालकै उत्पादनको खपत गर्छन । अनारस, खरबुजा, आप, उखु लगायत मौसमी फलफुलको आयत बढीरहेको छ । भारत बाट नेपाल आए व्यापार व्यवसाय गर्नेहरुले सम्पुर्ण कच्चा पदार्थ पनी भारत बाटनै ल्याउने गरेका छन् । तर नेपाली व्यवसायी हरु भने नेपालकै समानको खपत गर्दै आइरहेको पाइन्छ । नेपाल पौसा उत्पादन गर्ने उद्योगको रुपमा परीणत भइरहेको छ । तर त्यस बाट नेपाललाइ कुनै पनी फाइदा हुदैन ।

यसरी चटपटे पानीपुरी, उखु, अनारस, खरबुजा, आप, स्याउ लगायतको व्यापारको माध्यमबाट नेपाली व्यवसायी तथा नेपाली उत्पादनमा त घाट गरेको छ नै नेपाली पैसापनी दिनाुनुदिन बाहीरीरहेकोछ । श्रम प्रतिको सम्मान र व्यवसाय प्रती जागर देखाउने हो भने नेपालमा बेरोगारी समस्या समाधान स्वत हुन देखिन्छ । यसले गर्दा जनताको जिवन स्तर सुधारहुने र पैसा पलायन रोकीनेमा ढुक्क हुन सकिन्छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




जनकपुरमा मोदी (Live)

Like us on Facebook