गृहपृष्ठ » News » इटहरीमा किन आत्तीयो एमाले

इटहरीमा किन आत्तीयो एमाले

 Posted by Itahari Fm | error | ९२७ पटक

नेकपा एमाले इटहरी नगर कमीटीले निर्वाचन आचाससंहिता बिपरीत चन्दा संकलन गरेको भन्ने समाचारको बचाउ गरेकोछ । नेकपा एमाले इटहरीले मोरङ्ग सुनसरी औधोगीक करीडोरका उद्योगहरुमा आफुखुसी मोटो रकम तोकेर चन्दा आतंक मच्चाएको भन्ने समाचार प्रकाशित भएपछी नेकपा एमालेले त्यसको सक्दो बचाउ गरेको छ । एमाले इटहरी उपमहानगर कमिटीले प्रेस बिज्ञप्ती मार्फत आफुले त्यसो नगरेको बताएको छ ।
एकै दिन दुइ पटक प्रेस बिज्ञप्ती निकालेर घटनाको बचाउ गर्न खोजेको छ । बिज्ञप्तीमा उद्योग धन्दामा कुनैपनी आधीकारीक पत्र नपठाएको र यो सबै नेकपा एमालेलाइ फसाउने प्रयास भएको उल्लेख छ । केहि बिषयलाइ थप गरेर आफु चोखो भएको बिज्ञप्ती बाट बुझ्न सकिन्छ । राजनैतीक दलको नाममा बिभिन्न स्थानमा आचाससंहिताको खिल्ली उडाउदै बिजुलीपोल गाड्ने, बाटामा गिटी हाल्ने काम भइरहेको प्रति एमालेले ध्यानाकर्षण गराएको छ । भने अर्को बिज्ञप्तीमा नेकपा एमालेले बिभिन्न उद्योगमा काटेको पत्रलाइ कसैले फसाउन खोजेको भन्ने उल्लेख छ ।
बिज्ञप्तीमा एमालेले हस्ताक्षर गरेर कार्यलयमा राखेको पत्र अनधिकृत व्यत्तिले पार्टीलाइ बदनाम गराउने उद्देश्यले केही उद्योगमा पुर्याएको उल्लेख छ । र त्यसको बिषयमा जानकारी पाएपछी संबन्धित उद्योगमा फोन गरेर जानकारी गराएको जारी बिज्ञप्तीमा छ ।
तर नेकपा एमाले इटहरी नगर कमीटीको लेटर प्याडमा निर्वाचन खर्च बापत चन्दा दिन भनिएको छ । जहाँ हरेक उद्योगमा पचास हजार देखी डेढलाख सम्मका पत्रहरु पुर्याइएका थिए । उद्यागीले यसबिषयमा बाहीर जानकारी गराउने भएपछी नेकपा एमालेले माफी मागेको थीयो ।
पछील्लो समय नेकपा एमालेले उद्योगलाइ काटेको पत्रको बिषयमा सबैतिर बिरोध सुरु भएपछी एमाले आतीएर बारम्बार बिज्ञप्ती निकाल्दै आफ्नो गलत कार्यलाइ ढाक्न खोजेको पाइन्छ । कुनै पनी राजनैतिक पार्टीको छाप, लेटर प्याड र पार्टी अध्यक्षको हस्ताक्षर भएको पत्र पार्टी अनुमती बिना कसरी बाहीर आयो भन्ने प्रश्न छ । अनी बाहीर यसरी आएको रहेछ भन्ने जानकारी पनी नहुनु र आज सम्म कुनै छानविन समिती गठन भएको पाइन्दैन ।
बिज्ञप्तीमा पत्र टेवलमा थियो तर त्यसलाइ अरुकसैले दुरुपयोग गरेपनी । एमालेले पत्र काटेको र कुनै उद्योगमा चन्दा माग्न खोजेको स्पस्ट हुन्छ । एमालेले इटहरी १२ मा संचालीत जानकी साइस मिलको नाममा ५१ हजारको र नेपाल टिम्वर इनडस्ट्रिज प्रालीका नाममा एकलाख पच्चिस हजारको पत्र काटेको थियो । जसमा पार्टीको लेटर प्याड, छाप र अध्यक्षको हस्ताक्षर स्पस्ट छ ।
त्यसले गर्दा के बुझिन्छ भने एमालेले पत्र काट्न खोजेको र कुरा गोप्य हुँदा हुदै बाहीर आएपछी त्यसबाट एमालेको बिरुद्धमा माहोल बन्यो र एमाले आतीएको स्पस्ट हुन्छ ।
यसरी औधोगीक करीडोरको कल्पनाकार पार्टी बाट भएको यस्तो गतिबिधिले आफ्नै घोषणापत्र आफ्नै ब्यवहारले गिज्याइरहेको छ । शान्ति समृद्धी र लोकतन्त्रको नारा लगाउने राजनैतिक पार्टीको यस्तो हालत लाइ कुरीकुरी ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…

आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg