गृहपृष्ठ » चर्चाका चार » जेठ महिनाका चर्चितहरु

जेठ महिनाका चर्चितहरु

 Posted by Itahari Fm | error | ३०७ पटक

चर्चाका चार हामी हरेक महिना प्रस्तुत गर्छौँ । इटहरीसँग सरोकार राख्ने बिषय र त्यससँग जोडिएर चर्चामा आएका चर्चित मध्येका चार व्यक्तिहरुलाई यहाँ प्रस्तुत गरिन्छ । विभिन्न सञ्चार मध्यममा आएका समाचार,विश्लेषण अनि सार्वजनिक स्थल, कार्यक्रममा हुने छलफल तथा बहसका आधारमा इटहरी एफ.एमको समाचार टिमले चर्चित व्यक्तिहरुको छनौट गर्छ ।
जेठ महिना राजनितिक सरगर्मी चढेको महिना भयो । बैशाख ३१ गतेको चुनाव सरेर जेठ ३१ हुँदै असार १४ गते पुग्दा राजनितिमा धेरै उतार चढावहरु आए । इटहरीमा धेरै राजनितिक चलखेल भएको महिना भयो, जेठ महिना । चुनावी सरगर्मीसँगै दलहरुसँग जोडिएर आएका चर्चाले प्राथमिकता पायो । दलहरुले सार्वजनिक गर्ने घोषणा पत्र, उम्मेद्वारहरुको चर्चाले नै धेरै प्राथमिकता पायो । चुनावका लागि मेयर पद तथा उप मेयरका आकाक्षी धेरै भएपछि दल भित्रका अन्तरद्धन्दसँगै जोडिएर आउने कुराहरुले पनि चर्चाको विषय बन्यो । विशेष गरी ठुला दलहरु नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका मेयरका आकाक्षी व्यक्तिहरुसँग जोडिएका विषय वस्तुहरु सवैको चासोको विषय बनेको थियो ।
जेठ महिनामा चर्चामा आएका व्यक्तिहरु मध्ये चर्चित चार जनालाई यहाँ प्रस्तुत गरिएको छौँ ।
द्धारिकलाल चौधरी
द्धारिकलाल चौधरी नेकपा एमालेका जिल्ला अध्यक्ष हुन । इटहरीबासी उनी परिचित व्यक्ति हुन् । असार १४ गतेका लागि तोकिएको चुनावका लागि मेयरको रुपमा उनी चर्चामा रहे । इटहरी उपमहानगरपालिको मेयरका लागि सर्वध्वज साँवा, रामप्रसाद चौलागाई र उनी चर्चामा थिए । तर जव साँवा र चौलागाँईलाई पछि पार्दै द्धारिकले मेयरको टिकट पाएपछि उनी थप चर्चामा आए ।
चुनावी सरगर्मी बढेको बेला तिनजना आकाक्षीका तिन खाले कुरा बाहिर आउने गर्दथ्यो । एक गुटले अर्को गुटको गर्ने विरोध विहान बेलुकाको चिया पसलको चर्चाको विषय बन्ने गरेका थिए । एउटा पक्षले टिकट पायो भन्ने हल्ला चल्ने गर्दथ्यो भने भोली पल्ट अर्कैले पायो भन्ने हल्ला चल्थ्यो ।
दुई नेतालाई पछि पार्दै मेयरको टिकट पाएर चर्चामा आएका द्धारिक आफ्नै अभिव्यक्तिका कारण पनि चर्चामा आउने गर्दथे । उनी आफ्नै बोलीका कारण पाटि भित्र र बाहिर विवादमा तानिएका थिए । कडा र छुचो बोलीका कारण पाटि भित्रकै कतिपय नेता तथा कार्यकता उनी प्रति असन्तुष्ट भएका थिए ।
यस अघि दुई पटक स्थानिय निकायको निर्वाचनमा हाँसपोसा गाविसको अध्यक्ष भईसकेका द्धारिक पुन यस पटक उपमहानगरपालिकाकै मेयर जित्ने दाउमा छन् । जेहोस् पाटि भित्रको अन्तरद्धन्द्धलाई छिचोल्दै मेयरको टिकट ल्याएर द्धारिक महिनाभर चर्चामा रहे ।
रोहित प्रसाई
रोहित प्रसाई इटहरीमा आफ्नो छाप छाड्न सफल व्यक्ति हुन । दुई कार्यकाल इटहरी उद्योग वाणिज्य संघको अध्यक्ष भईसकेका व्यक्ति हुन प्रसाई । जेठ महिनामा रोहित पनि चर्चामा आए । इटहरी उपमहानगरपालिकाको मेयरको टिकट पाए पछि उनी एका एक चर्चा र सवैको खोजीको पात्र बने ।
नेपाली काँग्रेसको तर्फबाट इटहरीमा मेयरका लागि नगर सभापति हेमकर्ण पौडेल, २ नम्बर क्षेत्रीय सभापति मणिराम श्रेष्ठ र उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रोहितको नाम चर्चामा थियो । सुरुका दिनमा पौडेल र श्रेष्ठ वीच कडा प्रतिस्पर्धा थियो मेयरका लागि । उनी किनाराबाटै दावी गर्दै थिए । तर जव समय घर्किदै गयो, तव किनाराका रोहित वीचमै प्रवेश गरे, अनि छिचोलेर पार लगाए पनि । उनको यो इन्ट्री देखी टिकट पाउँदा सम्मको परिस्थिती निकै नाटकीय ढंगले अघि बढेको थियो ।
मेयरको दौडमा रहेका मणिराम श्रेष्ठ एक कदम पछि सर्दै वडाध्यक्षमा झरेपछि रोहितको पल्ला भारी भएको थियो । दुई गुटमा देखिएका दुई उम्मेद्वारलाई लिएर विभिन्न चर्चाहरु बजारमा आउँथ्यो । एक दिन पौडेलले टिकट पाए भनेर बजारमा हल्ला चल्थ्यो । तर फेरी अर्को दिन रोहितले टिकट पाए भन्ने चर्चा अर्को पक्षबाट बजारमा आउँथ्यो । केही समय चलेको दोहोरीमा अन्तत रोहितले बाजी मारे । पपुलर बनेका हेमकर्ण पौडेललाई पछि पार्दै रोहितले आफ्नो पक्षमा टिकट ल्याए र थप चर्चामा आए ।
कडा स्वभाव र बोली भन्दा काम देखाएर छाप छाडेका रोहितले पाटि भित्रको आन्तरिक समस्यालाई पनि समाधान गर्दै लगेका कारण थप चर्चा भयो । उनको विरोधमा उत्रिएको मासलाई विस्तारै आफ्नो पक्षमा ल्याउन उनी सफल भए ।
दुई कार्यकाल उद्योग वाणिज्य संघबाट केही उदाहरणीय काम गरेर छाप छोडेका रोहित पुनः उपमहानगरपालिको मेयर भएर आफ्नो प्रभाव देखाउने सुरमा छन् । जे होस् रोहित पनि उपमहानगरको मेयरको टिकट ल्याएर सवैको चर्चाको पात्र बने ।

हरिमाया जिमी
हरिमाया जिमी, इटहरी निवासी हुन । उनी यस अघि इटहरीमा खासै मार्किगंमा परेकी व्यक्ति हैनन् । तर जव माओवादी केन्द्रले उनलाई इटहरी उपमहानगरपालिको मेयरको टिकट दियो, उनी एका एक चर्चामा आईन् ।
हिजो सम्म कसैले मार्क नगरेको व्यक्तिलाई टिकट दिए पछि सवैको खोजीको पात्र बनिन् हरिमाया । मेयरको टिकट त्यसमा पनि महिलालाई यस कारण पनि हरिमायाको चर्चा धेरै भयो । अन्य पाटिले उठाउनै पर्ने बाध्यताका पदहरुमा मात्र महिला उम्मेद्वार उठाएको अवस्थामा हरिमाया मेयरमै उठेपछि सवैको चर्चाको विषयमा परिन् । पाटि पनि क्रान्तिकारी टिकट पनि क्रान्तिकारी तरिकाले नै दियो भन्ने चर्चाहरु विहान बेलुको चिया चौतारीमा भयो ।
इटहरीमा उनको विषयमा खासै काम नदेखिए पनि पाटि भित्र भने उनको छवि राम्रो रहेको माओवादीका नेताहरु बताउँछन् । अन्य पाटिले महिलालाई उप मेयरमा उठाएको समयमा माओवादीले भने महिलालाई उठाएको छ ।
हरिमायासँग जोडिएर अन्य दुई चर्चा पनिसँगै जोडिएर आए । एउटा त उनका श्रीमान् बहादुर सिंह तामागं । हरिमायाका श्रीमान् इटहरीकै वडा नम्बर ३का वडाध्यक्षका उम्मेद्वार हुन । श्रीमान् वडाध्यक्ष श्रीमति मेयर भन्ने चर्चाले पनि प्राथमिकता पायो ।
बजारमा चर्चा यो पनि आयो कि उनलाई पाटिले डमी उम्मेद्वारका रुपमा उठाएको हो । उप मेयरमा सागर सुवेदीलाई टिकट दिएको माओवादीले अर्को पाटिसँग तालमेल गर्न यस्तो गरेको हो भन्ने पनि चर्चाहरु बाहिर आए ।
जे होस् हरिमाया जेठ महिना भर चर्चामा रहिन् । मेयरको टिकट पाएर सबैको खोजी र चासो विषय बनेर हरिमाया चर्चामा आईन् ।
रोहित  कार्की
रोहित  कार्की इटहरीका परिचित अनुहार नै हुन । उनी पनि जेठ महिनामा राप्रपाबाट मेयरको उम्मेद्वार भएर चर्चामा आए । यस अघि पनि उनी खनार गाविसको अध्यक्ष भईसकेका मान्छे हुन । यस पटक भने उनी उपमहानगरपालिको मेयरका रुपमा अगाडि आएका छन् ।
पूर्व गाविस अध्यक्ष भईसकेका कार्कीको प्रभाव राम्रै रहेका कारण राप्रपाले उनलाई टिकट दिएको बताइएको छ । इटहरीमा राप्रपाबाट राम्रो प्रभाव बनाउन सफल नगर अध्यक्ष रामु पोख्रलले उठ्न नमाने पछि कार्कीलाई अघि सारिएको हो । रामु पछि मतलाई प्रभाव पार्न सक्ने भएकैले कार्कीलाई अघि सारिएको राप्रपाका कतिपय नेताहरुले बताउने गरेका छन् ।
इटहरीमा राप्रपा पाटिको प्रभाव विगत समय देखी नै रहँदै आएको हो । खनार, पकली र एकम्बा क्षेत्रमा उसको प्रभाव राम्रो भएका कारण रोहित कार्कीलाई मेयरमा उठाइएको चर्चा बजारमा आयो ।
राप्रपा भन्ने वित्तिकै इटहरीमा राम कुमार सुब्बाको नाम जोडिएर आउने गर्दछ । उनको व्यक्तिगत प्रभावमा धेरै मत रहेको राप्रपाका नेताहरुले बताउँने गर्दछन् । दोस्रो संविधान सभाको समानुपातिक तर्फ राम्रो मत ल्याएका राम कुमार सुब्बाको प्रभाव कायम राख्दै जित्ने दाउमा राप्रपा रहेको छ ।
खनारमा आफ्नो प्रभाव देखाउन सफल रोहित कार्की यस पटक के हुने हुन त्यो भने हेर्न बाँकी नै छ । तर इटहरीमा राप्रपाबाट मेयर बनेका रोहित कार्की पनि चर्चामा रहि रहे ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook