गृहपृष्ठ » News, अर्थतन्त्र » झण्डा छापेर मालामाल

झण्डा छापेर मालामाल

 Posted by Itahari Fm | error | १६८ पटक

दलहरुले निर्वाचनको प्रचारप्रसारलाई तिव्रता दिएसँगै चौक, गल्लि तथा सडकहरु अहिले पार्टिका झण्डा र चुनाव चिन्ह अंकित झण्डाहरुले भरिएका छन् । पछिल्लो समय भड्किलो प्रचारप्रसारमा उत्रिएका दलहरुका झण्डा सडकमा रेलिगं देखी लिएर सार्वजनिक सवारीमा पनि राखिएका छन् ।
पार्टिका झण्डा,चुनाव चिन्ह,उम्मेद्धारका तुल व्यानर लगायतका समाग्रीले यतिबेला शहरको स्वरुप नै फेरिएको छ । जति जति निर्वाचनको मिति नजिकिँदै छ त्यति नै यस्ता समाग्रीहरु राखेर प्रचार गरिँदैछ ।
यो त दलका प्रचारको कुरा भयो । यसको भित्री पाटो अर्थात यस्ता सामाग्री तयार गर्नेलाई भने भ्याई नभ्याई छ ।अहिले दलहरुले झण्डा,चुनाव चिन्ह, नेता कार्यकर्तालाई लगाउने भेष्ट, टोपी लगायतका समाग्रीहरु प्रयोग गर्ने गरेका छन् । यी सामाग्रीको अर्डर दिन प्रिन्टीगं तथा प्रेसहरुमा दलका प्रतिनिधिको भिड लाग्ने गरेको छ ।
भोली पाटिको र्याली छ । झण्डा र भेष्ट प्रिन्ट गर्न आएको, इटहरी उपमहानगरपालिका अगाडिको राज क्रियशनमा भेटिएका एक एमाले नेताले सुनाए । अव सवैले गरेको काम गर्नै पर्यो, पछि पर्नु त भएन नी ति नेताले भने ।
दैनिक हजारौँको संख्यामा यस्ता सामाग्री छापिने गरेका छन् । झण्डा छाप्ने कार्यमा नेपाली काँग्रेस, एमाले र माओवादी नै अगाडि छन् । अरु पाटिले एक दमै कम संख्यामा छाप्ने गरेको इटहरीको मिनि म्याक्स अपसेट प्रेसका कर्मचारी गोपाल पौडलले बताए । ३ पाटिले भने दैनिक जसो अर्डर दिने गरेका छन् । दैनिक त्यस्तै ३ ।४ हजार छापिने पौडेलले जानकारी दिए ।
यस्तै, इटहरीमा प्रिन्टीगं व्यवसाय सञ्चालन गर्दै आउनुभएका कुमार आचार्य सबै दलका अर्डर अनुसारको समाग्री दिन भ्याई नभ्याई भएकोे बताउँछन् । दलका भड्किलो प्रचार उत्रिएका दलहरुको शैलीले यस्ता व्यवसायीहरु मालामाल हुँदैछन् ।
चुनाव सुरु भएसँगै झण्डा छाप्न थालेका आचार्यले खर्च कटाएर २ देखी ३ लाख आम्दानी गरेको बताउँछन् । यस्तै उपमहानगरपालिका अगाडि डिजाईनिगं एण्ड प्रेस सञ्चालन गर्दै आएको राजेन्द्र चौधरी अरु कामले राम्ररी काम गर्न नभ्याएको बताउँछन् । उनले पनि २ लाख सम्मको आम्दानी गरेको बताए ।
रमाईलो कुरा त के छ भने चुनावको मिति सर्नु यस्ता व्यवसायीलाई फाईदाको विषय भएको छ । जति जति मिति पर सर्छ उतिनै फाईदा हुने गरेको उनीहरु बताउँछन् । दलका अर्डर धेरै भएका कारण छाप्ने कलरको अभाव हुन थालेको आचार्यले बताए । इटहरीमा यस्ता छपाईको काम गर्ने करिव १० जना छन् ।अहिले त अन्यले पनि यस्तो छपाई गर्न थालेका छन् ।
सानो साईजको झण्डाको प्रति छपाई २० रुपैँयाँ देखी ठुला साईजका झण्डा छापेको सय रुपैयाँ सम्म लाग्ने गरेको छ । भेष्ट, टोपी लागायतका समाग्रीको पनि साईज अनुसार फरक फरक मुल्य रहेको छ । साईज र गुणस्तर हेरी एक सय देखी ५ सय सम्म लाग्ने गरेको व्यवसायीहरु बताउँछन् ।
इटहरीको गौतम स्टोर अगाडि सिलाईको काम गर्दै आएकी गिता परियारलाई पनि झण्डा सिलाउन भ्याई नभ्याई छ । आएका अर्डर आफुले नभ्याउने भएपछि अरुलाई दिने गरेको उनले सुनाईन । यो अवधि सम्म झण्डा सिलाएरै मात्र ६० हजार बढि आम्दानी गरेको परियारले सुनाईन ।
२० बर्ष पछिको चुनावले यस्ता व्यवसायीलाई रातारात मालामाल बनाईरहेको छ ।झन चुनावको मिति पटक पटक सर्नु भागमा खुदो परेझैँ भएको छ । तर त्यहि कारण भड्किलो प्रचार गर्दै आएका दलका उम्मेद्धारका लागि भने टाँट पल्टिने कारण बन्दैछ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




डा. शेखरसंगकाे भिडियाे बार्ता

Like us on Facebook