गृहपृष्ठ » अर्थतन्त्र » ब्रोकर कम्पनीको रोजाइमा इटहरी

ब्रोकर कम्पनीको रोजाइमा इटहरी

 Posted by Itahari Fm | error | १०६६ पटक

इटहरी आसपासका जनतालाइ सेयर कारोबारको लागी बाहीरी शहर धाउनु नपर्ने भएको छ । इटहरीबाटै सेयर कारोबार गर्न सक्ने गरी ब्रोकर कम्पनीहरु खुलेका छन् । जसले गर्दा सेयर किन्न र बेच्नको लागी झन्झट बेहोरीरहेका इटहरीका सेयर लगानीकर्ता हरुमा सहजता हुनेछ ।

धितोपत्र बोर्डले  ब्रोकर कम्पनी हरुलाइ राजधानी भन्दा बाहीर साखा खोल्न अनुमती दिए संगै मोफसलका मुख्य सहरहरुमा ब्रोकर कम्पनी खोल्ने होडबाजी चलेको छ । राजधानीमा मात्र केन्द्रित ब्रोकर कम्पनीहरु अहिले राजधानी बाहीरका मुख्यसहरमा आफ्नो शाखा बिस्तार गरीरहेका छन् । जम्मा ५० वटा कम्पनी मध्ये ४१ कम्पनीले राजधानी बाहीर शाखा खोलीसकेका छन् ।

इटहरीमा मात्र पछील्लो दुइ महिनामा तिन वटा ब्राकर सेक्युरेटी कम्पनी खुलीसकेका छन् । सर्वप्रथम आसुतोष ब्रोकर सेक्युरेटी प्राली (८ )ले आफ्नो शाखा इटहरीमा ल्याए संगै, निभ सेक्युरेटी ब्रोकर प्राली (४७) र भृकुटी ब्रोकर सेक्युरेटी (५५) ले इटहरीमा शाखा बिस्तार गरीसकेका छन् ।
पुर्वाञ्चलको एक प्रमुख व्यापारीक केन्द्र भएका हिसबले इटहरी पहीलो रोजाइ भएको आसुतोष ब्रोकर कम्पनी प्राली इटहरीका प्रमुख पुनीत जैन ले बताए । इटहरी प्रदेश नं १ को सम्भावीत राजधानी पनी भएको र यहाँ शेयर कारोवारको उच्च सम्भावना भएकोले इटहरी रोजाइमा परेको भृकुटी ब्रोक्रर इटहरीका प्रमुख विजय रानाभाट बताउछन् । इटहरी लगायत आसपासका शहरहरुमा खुलेका ब्रोक्रर कम्पनीका सेवाग्राही धेरैजसो इटहरीकै भएकोले इटहरी पहीलो रोजाइ भएको निभ सेक्युरीटी प्रालीका व्यवस्थापक योगेन्द्र पौडेलको भनाइ छ ।
नेपालमा भइरहने सरकार परीर्वनका कारण सेयर कारोवारमा पनी परीवर्तन भइरहने हुनाले ब्रोकर कम्पनीको लागी राम्रो सम्भावना रहेको छ । आर्थीक वृद्धीदरको मापनको रुपमा हेरीने सेयर कारोबारले पछील्लो समय व्यापकता पाउन थालेको छ । सामान्य रोजगार गर्ने देखी प्रख्यात व्यापारी सम्म सेयर कारोवारमा रमाउन थालेका छन् ।
इटहरीको हकमा अन्य क्षेत्रमा लगानीको लागी उपयुत्त वातावरण नभएको र लगानी सुरक्षित हुने अवस्था नभएको कारण सेयरको कारोबार बढिरहेको छ । छोटो समयमा राम्रो आम्दानी गर्ने सकीने र पुजी परीचालन गर्ने क्षेत्रको अभावमा सेयर कारोबार बृद्धी भइरहेको छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

हीमगीरी साबुननै कीन ?

Like us on Facebook