गृहपृष्ठ » इटहरी अपडेट, बिबिध » निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन अधिकृतको कार्यालय खुल्यो

 Posted by Itahari Fm | error | १९१ पटक

दोस्रो चरणमा हुने निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय सुनसरीले आजबाट जिल्लाका सवै स्थानिय तहमा निर्वाचन अधिकृतको कार्यलय सञ्चालनमा ल्याएको छ । आज एक कार्यक्रमका वीच प्रमुख निर्वाचन अधिकृत अर्जुन कोईरालाले इटहरीमा रहेको निर्वाचन अधिकृतको कार्यलय उद्घाटन गर्नुभयो ।
इटहरी उपमहानगरपालिकाको परिसर भित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आजबाट स्थापित कार्यालयले निर्वाचनसँग सम्बन्धित आफ्ना कार्यहरु सञ्चालन गर्ने कार्यक्रममा बताइएको थियो ।
यस्तै सुनसरी जिल्लाका अन्य स्थानिय तहका कार्यलयहरु पनि आजैबाट सञ्चालनमा आउने छन् । प्रमुख निर्वाचन अधिकृत अर्जुन कोईराला, प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुली, जिल्ला निर्वाचन कार्यालयका प्रमुख जानकी कर्ण सहितको सरकारी अधिकारीहरुको टोलीले जिल्लाका सवै निर्वाचन अधिकृतको कार्यलय क्रमैसँग उद्घाटन गरेको हो ।
इटहरीको कार्यलय उद्घाटन कार्यक्रममा बोल्दै निर्वाचन कार्यालय सुनसरीका प्रमुख जानकी कर्णले १९ गतेबाट उम्मेद्धारी मनोनयन दर्ताका कामहरु सुरु हुने जानकारी दिनुभयो । यस्तै जेठ २८ र २९ गते मतदाता परिचय पत्र वितरण गर्ने बताउनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुलीले मतदाताहरुले निर्भय पूर्वक मतदान कार्यमा सहभागी हुन आग्रह गर्नुभयो ।निर्वाचनका लागि सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाइएको उहाँले जानकारी दिनुभयो ।
२० वटा वडा रहेको इटहरी उपमहानगरपालिकाको कुल मतदाता ७७ हजार ६ सय ७७ रहेको छ । इटहरीमा मतदान केन्द्र २५ वटा रहेको छ भने ८७ वटा मतदान स्थल रहेका छन् ।
यता, सुनसरी जिल्लामा २ उपमहानगरपालिका ४ नगरपालिका र ६ गाउँपालिका रहेका छन् । जिल्लामा १ सय ६६ मतदान स्थल छन् भने ४ सय ८५ मतदान केन्द्र रहेका छन् । जिल्लामा ४ लाख २१ हजार १ सय ५९ मतदाता रहेका छन् ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg