गृहपृष्ठ » News, बिबिध » यस्तो छ माओबादीको इटहरी घोषणा पत्र

यस्तो छ माओबादीको इटहरी घोषणा पत्र

 Posted by Itahari Fm | error | १९९ पटक

दोस्रो चरणको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र इटहरीले महत्वकाक्षी प्रतिवद्दता पत्र सार्वजनिक गरेको छ । स्थानिय तहमा आफ्नै जनमुखी कानुन बनाउने, इटहरीलाई पारावहन केन्द्रको रुपमा विकास गर्ने,सुकुम्बासी बस्तीका जनतालाई धनीपुर्जा वितरण गर्ने, उच्च शिक्षा अध्ययनका लागि विनाधितो ५ लाख सम्म शैक्षिक ऋण दिने सम्मका महत्वकाक्षी योजनाहरु समेटिएको प्रतिवद्दता पत्र सार्वजनिक गरेको छ ।
प्रतिवद्दता पत्रमा विभिन्न १५ वटा बुँदामा प्राथमिकता भनि समेटिएको छ । जसमा राजनिति,विकास निर्माण,शिक्षा स्वास्थ्य, उद्यम रोजगार र स्वरोजगार,कृषी, व्यापारीक शहर इटहरी ,कला धर्म संस्कृति र खेलकुदलाई प्राथमिकतामा राखिएको छ ।
सरकारले अघि सारेको जोगमनी देखी किमाथान्का सम्मको औद्योगिक करिडोरलाई प्रयोग गर्दै इटहरीलाई पारावहन केन्द्रको शहर बनाउने प्रस्ताव गरिएको छ । छिमेकी देशहरु भारत, चिन, बंगलादेश र भुटानलाई जोड्ने सक्ने छोटो र केन्द्रको शहर इटहरी भएको भन्दै व्यापारको केन्द्र बनाउने योजना प्रतिवद्दता पत्रमा उल्लेख गरिएको छ ।
इटहरीमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको प्रतिवद्दता पत्रमा व्यापार गर्न ट्रेड सेन्टर बनाउने, शहरको चारै सुरमा प्रवेशद्धार निर्माण गर्ने, चार लेनको ६० किलोमिटर चक्रपथ निर्माण गरिने योजना पनि प्रतिवद्दता पत्रमा राखिएको छ ।
इटहरीको पहिचानका लागि बहुजातिय पहिचान झल्कने एक सय ५० फिट अग्लो श्रमिक भ्यूटावर निर्माण गरिने पनि प्रस्ताव गरिएको छ । यस्तै सार्वजनिक प्रतिवद्दता पत्रमा इटहरी ५मा बस्दै आएर र अन्य स्थानमा बस्दै आएका सुकुम्बासीहरुलाई धनीपुर्जा वितरण गर्ने आश्वासन दिइएको छ ।भुमि सम्बन्धि नीति मार्फत, जग्गाको खण्डिकरण रोक्ने , ऐलानी जग्गालाई सामुदायीक प्रयोजनमा ल्याउने बताइएको छ ।
यस अघि आर्थिक बर्षमा आएको शैक्षिक कर्जालाई पनि माओवादी केन्द्रले प्रतिवद्दता पत्रमा समावेश गरेको छ । उसले उच्चशिक्षा अध्ययनका लागि विनाधितो सुलभ तरिकाले ५ लाख सम्म शैक्षिक ऋण दिने प्रस्ताव गरेको छ । चार बर्ष भित्र युवाहरुलाई रोजगार दिने ग्यारेन्टी गरिएको छ । रोजगार दिन नसके बेरोजगार भत्ता दिने प्रस्ताव पनि माओवादी केन्द्रले गरेको छ ।
१५ बुँदे प्रतिवद्दता पत्रको पहिलो बुदाँमै राजनितिक क्षेत्र नाम दिइएर स्थानिय स्तरमा जनमुखी कानुन लगाउने प्रस्ताव गरिएको छ । संविधानको अनुसुचि ८ ले दिएका अधिकारको प्रयोग गर्दै स्थानिय तहमा स्वंयमले नियम बनाउन सक्ने अधिकारको उपयोग गर्दै माओवादीले जनमुखि कानुन बनाउने र लागु गर्ने योजना राखेको छ । यस्तै प्रदेशको राजधानी बनाउन पनि पहल गर्ने बताइएको छ ।

यस्तै प्रतिवद्दता पत्रमा इटहरीको उत्तर पश्चिम भागलाई आवास क्षेत्र, पूर्वी दक्षिण भागलाई औद्योगिक क्षेत्रको रुपमा विकास गरिने बताइएको छ । यस्तै पश्चिम दक्षिण भागलाई कृषी क्षेत्रको रुपमा विकास गर्ने योजना समावेश गरिएको छ ।
पर्यटनलाई प्राथमिकता दिइएको छ । जसमा बहुजातिय संग्रालय बनाउने, बुढिगंगा किनारलाई धार्मिक पर्यटनको रुपमा विकास गर्ने, सेउती खोलादेखी चारकोसे जंगलको किनार क्षेत्रहुँदै बुढिगंगा सम्म पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने प्रस्ताव गरिएको छ । यस्तै तालतलैयालाई जैविक अध्ययन केन्द्रको रुपमा विकास गर्ने पनि प्रस्ताव गरिएको छ ।
प्रतिवद्दता सार्वजनिक गरेको माओवादी केन्द्रले उम्मेद्धार भने यस अघि नै घोषणा गरिसकेको छ । इटहरी उपमहानगरपालिको मेयरमा महिला अघि सारेको केन्द्रले मेयरमा हरिमाया जिमि विरता र उपमेयरमा भिम सुवेदी सागरलाई उम्मेद्धार घोषणा गरिसकेको छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook