गृहपृष्ठ » बिबिध » नेपाली काँग्रेसले वडाध्यक्षहरुको नाम टुंगो लगायो

नेपाली काँग्रेसले वडाध्यक्षहरुको नाम टुंगो लगायो

 Posted by Itahari Fm | error | १४४६ पटक

नेपाली काँग्रेस इटहरीले जेठ ३१ गते हुने निर्वाचनका लागि वडाका उम्मेद्धाहरुको नाम टुंगो लगाएको छ । उपमहानगरपालिकाको २० वटै वडाका वडाध्यक्ष र सदस्यको नाम क्षेत्रीय कमिटीले टुंगो लगाएर अनुमोदनका लागि जिल्ला पठाएको हो ।
सिफारिसमा परेका प्राय सवै नयाँ फ्रेस अनुहार र युवा छन् । इटहरी उपमहानगरपालिका मेयरमा दावेदारी दिँदै आएका २ नम्बर क्षेत्रीय सभापति मणीराम श्रेष्ठ पनि वडाध्यक्षमा उठ्ने भएका छन् । श्रेष्ठले मेयरको दौडबाट २० नम्बरको वडाध्यक्षमा आउँदै मेयरका लागि मार्गप्रशस्त गरिदिएका हुन । अव उपमहानगरमा मेयरका लागि नगर सभापति हेमकर्ण पौडेल र उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रोहित प्रसाई दुई मध्ये एक हुनेछन् । मेयरको छनौटका लागि पनि अव सहज हुने बताइएको छ ।
नेपाली काँग्रेस २ नम्बर क्षेत्रीय समितीको बैठकले उपमहानगरपालिकाका २० वडाका अध्यक्ष र सदस्यको नाम अनुमोदनका लागि जिल्ला पठाएको क्षेत्रीय सभापति मणिराम श्रेष्ठले जानकारी दिनुभयो । अनुमोदनका लागि पठाइएका पदाधिकारीहरुमा १ नम्बर वडाको अध्यक्षमा विष्णु चौधरी, २ नम्बरमा दिपेन्द्र घिमिरे, ३ मा बालकृष्ण विष्ट, ४ नम्बरमा कमल राई, ५मा तिर्थराज पराजुली रहेका छन् । यस्तै यस अघिको १ नम्बर वडा तथा इटहरीको बजार क्षेत्र रहेको हालको ६ नम्बर वडाको अध्यक्षमा दिपक गौतम, ७ नम्बरमा नर बहादुर राई, ८मा रोहित चौधरी, ९मा इन्द्र प्रसाद रेग्मी र १०मा प्रकाश कोईराला रहेका छन् ।
यस्तै वडा नम्बर ११मा रुपेश चौधरी,१२ मा हेमानन्द दहाल(हिरा), १३मा सन्देश सरदार,१४मा रजाक मियाँ, १५ मा प्रवन चौधरी रहेका छन् । यसैगरी वडा नम्बर १६मा दिपनारायण चौधरी, वडा नम्बर १७मा भगवानलाल साह, १८ नम्बर वडामा रामबाबु आचार्य, १९ नम्बर वडामा दुर्गा बहादुर पौडेल र वडा नम्बर २०मा मणीराम श्रेष्ठ रहेका छन् ।
यता उपमहानगरपालिकाको मेयरका लागि पनि सर्वसम्मत नाम चयनका लागि पहल भईरहेको बताइएको छ । केही दिनमै नाम सिफासिर हुने बताइएको छ ।
उम्मेद्धारको टुंगा लगाएसँगै नेपाली काँग्रेसले घरदैलो अभियान सुरु गरेको छ । सवै उम्मेद्धारहरुलाई आ आफ्नो क्षेत्रमा निर्वाचन प्रचार प्रसार अभियानमा लाग्न निर्देशन दिईएको क्षेत्रीय सभापति श्रेष्ठले जानकारी दिनुभयो ।
निर्वाचन अभियानलाई तिव्रता दिइएको काँग्रेसले केही दिनमै इटहरी घोषणा पत्र पनि सार्वजनिक गर्ने बताएको छ । दुई दिन अघि मात्र उपमहानगर कमिटीले घोषणा पत्र तयारीका लागि इटहरीका बौद्धिक व्यक्तित्वहरुसँग सुझाव लिएको थियो ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg