“इटहरी नसुत्ने शहर बनाउनु पर्यो, मेरो अगामी इटहरी यहि हुनेछ ” प्राध्यापक केदार पौडेले सपनाको इटहरी सुनाए । “कल्चरल गार्डेन,शान्त शहर जहाँ ठुल ठुला प्रोफेसरहरु भेट्न विभिन्न ठाउँबाट मानिसहरु इटहरी आउन ”यस्तो योजना सुनाउनु भन्दा अगाडि प्राध्यापकले खुसी शेयर गरे । २७ बर्ष भयो इटहरीमा बसेर पढ्ने र पढाउने काम गरेको अहिले सम्म एक जनाले पनि यस्तो कार्यक्रममा कसैले बोलाएकै थिएन । खुसी लागेको छ ।
प्राध्यापक तथा बौद्धिक व्यक्तित्व लेखनाथ घिमिरेले पनि धडाधर आफ्नो सपनाको इटहरी शहर यसरी सुनाए “यस्तो भौगोलिक भूभाग अन्त कतै पाईदैन, खोलानाला बनजंगल सवैको सदुपयोग गर्नुपर्यो । तटबन्ध बाँधौँ हजारौँ जग्गा निस्कन्छ इटहरीमा साँस्कृतिक संग्रालय बनाउँ । शैक्षिक विकास गर्न आर्युवेद कलेज बनाउनुपर्छ । अनि यो वा त्यो जे मा भएपनि हुन्छ शहर आत्मनिर्भर हुनुपर्छ । ”
“हाम्रो सपनाको इटहरी” सुनाउँदै सार्क युवा चर्चित कवि मनुमञ्जिलले भने, सोच ल्याउनुपर्छ । इटहरीमा एकेडेमीक र कल्चरल टुरिजमको प्रचुर सम्भावना छ । जहाँ हजारौँ मानिसहरुको आवात जावत हुन्छ । इटहरीमा एउटा खुल्ला योगा गार्डेन बनाउनुपर्छ । कवि मुनमञ्जिलले भने डेभलपमेन्ट एक्स्पर्टहरु बोलाउनुपर्छ छलफल गरी योजना बनाउनुपर्छ ।
विहिबार, इटहरीमा यी र यस्ता थुप्रै सपनाको इटहरी सार्वजनिक भए । इटहरीका करिव एक सयको संख्यामा भेला भएका बौद्धिक व्यक्तित्वहरुले आफ्नो सपनाको इटहरी सुनाएका थिए । नेपाली काँग्रेस उपमहानगर कमिटीले बौद्धिक व्यक्तिहरुलाई एकै ठाउँमा भेला गराएर सुझाव लिएको हो । स्थानिय तहको निर्वाचन लक्षित गर्दै इटहरी घोषणा पत्र तयार गर्दै गर्दा नेपाली काँग्रेस उपमहानगर कमिटीले घोषणा पत्रमा समावेश गर्न विज्ञ तथा बौद्धिक व्यक्तित्वहरुसँग राय मागेको थियो ।
हाम्रो सपनाको इटहरी, इटहरीका बौद्धिक व्यक्तिहरुसँग विषयक अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै नगर सभापति हेमकर्ण पौडेलले इटहरी घोषणा पत्र तयारी गर्दै गर्दा बौद्धिक व्यक्तित्वहरुसँग सुझाव लिन आवश्यक रहेको भन्दै सुझाव दिन आग्रह गरेका थिए ।
बिलकुलै फरक ढंगको कार्यक्रममा बोलाईएपछि बौद्धिक व्यक्तिहरुले खुसी व्यक्त गरेका थिए । उनीहरुले खुलेरै आफुले जानेको कुरा बताउने र भोली कार्यान्वयनका लागि पनि सहयोग गर्ने प्रतिवद्दता जनाए । त्यसका लागि हाम्रो होइन योग्य व्यक्ति निर्वाचन गराउन सुझाव पनि दिए ।
कार्यक्रममा बोल्दै राजनितिक विश्लेषक मोहन तिम्सिनाले इटहरी बनाउने कार्यक्रममा झण्डालाई आधार मानेर खुम्चेर बस्न नहुने बताए । देशले सवै दलको एजेण्डा गणतन्त्र पाईसकेकाले अव साझा सम्बृद्धिको एजेण्डामा इटहरीका दलहरु एक हुन आग्रह गरे । भने यस्तो कार्यक्रममा अन्य पाटिका व्यक्ति आएर कुरा राखे केही फरक पर्दैन ।
इटहरी निर्माण गर्ने थुप्रै योजनाहरु कार्यक्रममा विज्ञहरुले राखेका थिए । विज्ञ तथा बौद्धिक व्यक्तिहरुले राखेका मध्ये धेरै कुराहरु साझा पनि थिए । इटहरीको सार्वजनिक सेवालाई डिजिटललाई गर्नुपर्ने,भष्ट्राचारको अन्त्य गरिनुपर्ने, प्राकृतिक सम्पदाको संरक्षण गर्दै तिनै सम्पदालाई शहरको सुन्दरताका लागि प्रयोग गर्नुपर्ने सुझाव थियो ।
व्यवस्थित शहरीकरण,सडकसहितको पूर्वाधार विकास गर्न सुझाव थियो । यस्तै इटहरीलाई शैक्षिक हव बनाउन आंगिक क्याम्पस तथा विश्वविद्यालय स्थापना गर्नुपर्ने विज्ञहरुको भनाई थियो । इटहरीमा ट्रमा सेन्टर निर्माण गर्नुपर्ने, हरेक इटहरीबासीको स्वास्थ्य विमा गरिनुपर्ने विज्ञहरुले सुझाव दिएका थिए ।
बौद्धिक व्यक्तित्वहरुले दिएको सुझावलाई घोषणा पत्रमा समावेश गर्ने नेपाली काँग्रेसले बताएको छ । कार्यक्रममा कवि मनुमञ्जिलले जाँदाजाँदै भने वर्डमा बोलेको कुरा एक्सनमा देख्न पाईयोस् ।
गृहपृष्ठ » News » बौद्धिक व्यक्तिहरुले सुनाए हाम्रो सपनाको इटहरी
बौद्धिक व्यक्तिहरुले सुनाए हाम्रो सपनाको इटहरी
Posted by Itahari Fm | error | १०३५ पटक


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।




