जेठ ३१मा भोट हाल्न जेष्ठ नागरिक आतुर

पहिलो चरणको निर्वाचनको मतपरिणाम सार्वजनिक भईरहेका छन् । मतपरिणामका खवरहरु रेडियो,टिभी, पत्रपत्रिका लगायतका सञ्चार माध्यममा सुनेका इटहरीका जेष्ठ नागरिकहरु आफु पनि भोट हाल्न आतुर भएको बताउँछन् । हुन त यी जेष्ठ नागरिकहरुले यसअघि पटक पटक भोट खसालेका छन् । तर पछिल्लो समय निर्वाचनमय बनेको वातावरणले उनीहरुलाई पनि आफ्नो मत व्यक्त गर्न उत्साहि बनाएको हो ।चुनाव एक महिना सरेको उनीहरुलाई त्यति चित्त बुझेको छैन । बैशाख ३१मै भोट हाल्न चाहेको इटहरी २का जेष्ठ नागरिक रामप्रसाद निरौला बताउँछन् । रेडियो टिभीमा निर्वाचनमा फलानो उम्मेद्धारले जित्यो भनेको सुन्दा कहिले जेठ ३१ आउँछ र भोट खसालौँ भएको जेष्ठ नागरिक निरौला बताउँछन् । इटहरी उपमहानगपालिकाको … Continue reading जेठ ३१मा भोट हाल्न जेष्ठ नागरिक आतुर