गृहपृष्ठ » बिबिध » जेठ ३१मा भोट हाल्न जेष्ठ नागरिक आतुर

जेठ ३१मा भोट हाल्न जेष्ठ नागरिक आतुर

 Posted by Itahari Fm | error | २९० पटक

पहिलो चरणको निर्वाचनको मतपरिणाम सार्वजनिक भईरहेका छन् । मतपरिणामका खवरहरु रेडियो,टिभी, पत्रपत्रिका लगायतका सञ्चार माध्यममा सुनेका इटहरीका जेष्ठ नागरिकहरु आफु पनि भोट हाल्न आतुर भएको बताउँछन् ।
हुन त यी जेष्ठ नागरिकहरुले यसअघि पटक पटक भोट खसालेका छन् । तर पछिल्लो समय निर्वाचनमय बनेको वातावरणले उनीहरुलाई पनि आफ्नो मत व्यक्त गर्न उत्साहि बनाएको हो ।चुनाव एक महिना सरेको उनीहरुलाई त्यति चित्त बुझेको छैन । बैशाख ३१मै भोट हाल्न चाहेको इटहरी २का जेष्ठ नागरिक रामप्रसाद निरौला बताउँछन् । रेडियो टिभीमा निर्वाचनमा फलानो उम्मेद्धारले जित्यो भनेको सुन्दा कहिले जेठ ३१ आउँछ र भोट खसालौँ भएको जेष्ठ नागरिक निरौला बताउँछन् ।
इटहरी उपमहानगपालिकाको वृद्ध चौतारीमा भेला हुने जेष्ठ नागरिकहरु अहिले बैशाख ३१को निर्वाचनको विषयमा गफिन्छन् । इटहरी र आसपासबाट आउँने जेष्ठ नागरिकहरु जेष्ठ नागरिक समाजको वृद्ध चौतारीमा आफ्ना विगतका भोट हालेका गफ सुनाउँछन् ।
यी जेष्ठ नागरिकहरुले विगतमा पटक पटक आफ्नो मत मत पेटिका खसालेका छन् । पञ्चायत शासन देखी हालको गणतन्त्र समेत भोगेका उनीहरु शासन व्यवस्था अनुसारका अनुभव सुनाउँछन् ।
पञ्चायत शासन ढलेर बहुदल आए देखीका चुनावमा भोट खसालेको बताउने जेष्ठ नागरिक खड्ग खतिवडा यस पटक पनि भोट हाल्न उत्साहित भएको बताउँछन् । यस पटक भने पाटी हैन व्यक्ति हेर्ने उनले सुनाए । राम्रो काम गर्ने व्यक्तिलाई भोट खतिवडाले सुनाए ।
वृद्ध चौतारीकै अर्का एक जेष्ठ नागरिक भोट हाल्न इच्छुक भएपनि नेताहरुको कार्यशैली प्रति असन्तुष्टि पोख्छन् । भन्छन् अहिलेका नेताहरुले केही काम गरेनन्, पञ्चायत शासनमा जति काम भए त्यति काम बहुदल आएपछि नभएको उनको बुझाई छ । विगतमा आफुले मत हालेका नेताहरुले राम्रो काम गर्न नसकेको उनको भनाई छ । विकास निर्माणले गति लिन नसकेको , भूकम्प पछि जनताले दुःख पाएको उनले सुनाए ।
यस्तै भनाई छ जेष्ठ नागरिक जनार्दन चापागाईको पनि । बुढा नेताहरुले युवालाई उठ्नै नदिएको बताए । बुढा नेताले पद ओगटेको काम नगरेको उनको ठम्याई छ ।
यस अघि मत खसालेका नेताले राम्रो नगरेका कारण अव युवा र योग्य व्यक्तिलाई भोट दिने जेष्ठ नागरिक तिकलराम दाहाल बताउँछन् । समय अुनसार युवाहरुले प्राथमिकता पाउनुपर्ने उनको तर्क ।
समय अनुसार उम्मेद्धार र नेताहरु बदलिनुपर्ने जेष्ठ जनार्दनको भनाई छ । अवको समयमा पढेलेखेका, केही गरौँ भन्ने सोच भएका युवाहरुलाई भोट हाल्नुपर्ने उनी सुझाव दिन्छन् । अवको स्थानिय तहको निर्वाचनले विकासको नयाँ बाटो खोल्ने आशा रहेको मुक्तिनाथ पोख्रेल बताउँछन् ।
अनुभवले खरिएका जेष्ठ नागरिकहरुको सुझाव सराहनिय छ । लामो समय अस्थिर बनेको राजनितिलाई स्थिर बनाउँदै आर्थिक सम्बृद्धिको बाटो खोल्न निर्वाचन मार्फत सक्षम र योग्य व्यक्तिलाई स्थापित गराउँन आवश्यक छ


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg