गृहपृष्ठ » News » तालतलैया जाने सडक भत्कीएर खाल्डैखाल्डा

तालतलैया जाने सडक भत्कीएर खाल्डैखाल्डा

 Posted by Itahari Fm | error | १५८ पटक

पूर्वपश्चिम राजमार्ग देखी पर्यटकिय स्थल तालतलैया सम्म पुग्ने विग्रिएर खाल्डै खाल्डो परेको लामो समय भईसक्दा पनि सम्बन्धित निकायले चासो दिएको छैन । इटहरीकै व्यस्त सडक मध्ये पर्ने सो सडक हुँदै मानिसहरु तालतलैयाको अवलोकन गर्न पुग्ने गर्दछन् । तर सडक भत्कीएर  ठुला ठुला खाल्डा परेर यात्रा गर्न समस्या हुने गरेको छ ।
सामान्य पानी पर्दा पनि सडकमा खाल्डा जमेर आहाल हुने गरेको छ । पूर्वपश्चिम राजमार्ग देखी इटहरी ३ तालतलैया सम्म पुग्ने करिव ४ किलोमिटर सडक मध्ये आधा बढि सडक विग्रिएको छ । पिच भनिएको बाटो पिच भत्कीएर ग्राभेल र त्यो पनि भत्कीएर खाल्डो परेको छ ।
पिच भत्कीएर खाल्डा खुल्डी भएपछि सवारीसाधन सञ्चालन गर्न समस्या भएको सवारीचालकहरुले बताएका छन् । पर्यटक बोकेर जाने सफारीहरु पनि बाटो राम्रो नभएका कारण जान नमान्ने गरेको सफारी चालकहरुले नै बताउँछन् । अव त पानी पर्न थालेको छ पुगेर आँउदा सफारी नै भत्कने हो कि भन्ने लाग्छ, त्यहि भएर इटहरी चौक तिरै बस्ने बताउँछन् सफारी चालक दिपक राई ।
बाटो राम्रो नभएकै कारण पनि पर्यटकिय स्थल पुग्ने पर्यटकको संख्यामा पनि कमि हुँदै गएको पाईन्छ । तालतलैया जान भनेर आएका कतिपय आन्तरिक पर्यटकहरु इटहरी देखी नजिकै बलियामा रहेको निजि फन पार्क गोकुलम जान थालेका छन् ।
धेरै मानिसहरुको आवात जावत हुने सडकको मर्मत गर्नुपर्ने भएपनि उपमहानगरपालिका चासो नदिएको स्थानियहरुको गुनासो रहेको छ । तालतलैयालाई पर्यटकिय स्थल भन्ने तर त्यहाँ सम्म पुग्ने बाटो राम्रो नबनाउने हो भने प्राथमिकतामा राखेको भन्नु उपमहानगरपालिकाको जनतालाई भ्रम छर्ने काम मात्र भएको स्थानिय किरण निरौला बताउँछन् । यो सडक निर्माणलाई प्राथमिकता नदिएको उनको तर्क छ ।
हिउँदमा धुलो उडेर र बर्षामा हिलोका कारण हैरान भएका स्थानियले बाटो निर्माणका लागि पटक पटक पहल गरेको बताउँछन् । भत्कीएको सडक बनाउन उपमहानगरपालिकालाई दवाव दिँदा ठेक्का लागिसक्यो भन्दै पठाएको तर हाल सम्म बन्न नसकेको स्थानियले भगत श्रेष्ठले बताए । ठेक्का लागि सक्यो अव बन्छ भनेकै दुई तिन महिना भयो तर हाल सम्म केही नभएको उहाँको गुनासो छ ।
यस अघि सो सडक उपमहानगरपालिका र उपभोक्ता समितीको साझेदारीमा बनाएको इटहरी ४ मनकामना टोलका स्थानिय नारायण श्रेष्ठ बताउँछन् । कम गुणस्तर तथा ठुला सवारी साधानहरुको तिव्र चापकै कारण सडक भत्कीएर खाल्डै खाल्डा परेको उनले सुनाए । सडक मर्मतका लागि उपमहानगरपालिकाले चासो नदिएको श्रेष्ठ बताउँछन् ।
यता इटहरी उपमहानगरपालिका तालतलैया सम्म पुग्ने सडक आफ्नो प्राथमिकतामा रहेको बताउँछ । सो बाटो सडक बोर्डले बनाउने भएकाले ढिलो भएको उपमहानगरको भनाई रहेको छ ।
सडक बोर्डले निर्माण गर्ने भएपछि आफुले फाईल दुई तिन महिना अघि नै पठाए पनि बोर्डले नै ढिला गरेको उपमहानगरपालिका इन्जिनियर जिवन घिमिरेले बताए । अहिले भने फाईल सडक बोर्डबाट बजेट निकासा भई उपमहानगरपालिका आईपुगेको र निर्माणका लागि ठेक्का पनि लागिसकेको इन्जिनियर घिमिरेले जानकारी दिए ।
अहिले भ्याट बाहेक २७ लाख २१ हजार ३२ रुपैयाँको लागतमा साढे ६ मिटर चौडाई र ७ सय ५० मिटर सडक निर्माण हुन लागेको हो । सडक धेरै भत्कीए पनि सवै एकैपटक बनाउन नसकिने उपमहनगरपालिकाले जनाएको छ । एकै पटक सडक निर्माण गर्न ठुलो आर्थिक बजेट आवश्यकता पर्ने भएकाले बर्षेनी क्रमिक रुपमा निर्माण गनेृ योजना रहेको इन्जिनियर घिमिरले जानकारी दिए ।
आधा आधा काम हुने भएकाले यस बर्ष बनाएको सडक अर्को बर्ष बनाउने समय सम्म भत्कीने अवस्थामा पुगिसक्ने भएकाले पुरै सडक एकै पटक निर्माण गर्नुपर्ने स्थानिय देवेन्द्र पौडेले बताए ।इटहरीकै लागि प्राथिमिकताको सडक भएकाले प्राथमिकता दिएर एकै पटक बनाउनुपर्ने उनको सुझाव छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook