गृहपृष्ठ » Program Archive » कर विवरण किन बुझाउने ? कहिले कहिले बुझाउनुपर्छ ?(कार्यक्रम करका कुरा भाग १०)

कर विवरण किन बुझाउने ? कहिले कहिले बुझाउनुपर्छ ?(कार्यक्रम करका कुरा भाग १०)

 Posted by Itahari Fm | error | १८० पटक

कर कार्यालयमा दर्ता भएका करदाताले आफ्नो कारोवारको खरिद तथा बिक्री सम्बन्धी विवरण आन्तरिक राजस्वमा बुझाउनुपर्ने हुन्छ ।
आफुले गरेका कारोबारहरुको विवरण तोकिएको मिती भित्र बुझाएर आफ्नो कारोबारलाई पारर्दशी बनाउनुपर्छ । ।
मुल्य अभिवृद्धि कर (ख्ब्त्) मा दर्ता भएका करदाताले मासिक रुपमा विवरण बुझाउनु पर्छ भने वार्षिक रु ५० लाख भन्दा कम कारोबार भएका अर्थात् साना करदाताले वार्षिक रुपमा एकमुष्ट आय विवरण बुझाउन सक्छन् । यस्तै स्वास्थ्य सेवा कर बुझाउनुपर्ने र शिक्षा सेवा शुल्क बुझाउने करदाताले चौमासिक रुपमा कर विवरण बुझाउनु पर्छ ।

करदाताले आफ्नो व्यवसाय वा संस्थाको दर्ता किसिम जस्तो अनिवार्य वा स्वैच्छिक कस्तो छ सोही अनुसार मासिक वा चौमासिक रुपमा विवरण बुझाउन पर्दछ । यसरी तोकिएको निर्धारित समय सिमा भित्रमा कर विवरण नबुझाएर कर कानुन अनुसार जरीवनाको भागिदार बन्नु पर्ने हुन्छ । तसर्थ कर विवरण समयमै बुझाउँ र सजाय जरीवनाबाट मुक्त हौँ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg