गृहपृष्ठ » Program Archive » व्यक्तिगत पान के हो ? कसरी लिने ? (कार्यक्रम करका कुरा भाग ९)

व्यक्तिगत पान के हो ? कसरी लिने ? (कार्यक्रम करका कुरा भाग ९)

 Posted by Itahari Fm | error | २६७ पटक

प्राकृतिक व्यक्तिले लिन स्थायी लेखा नम्बरलाई व्यक्तिगत पान भनिन्छ भने व्यावसायीक कारोबार गर्नेले लिने स्थायी लेखा नम्बरलाई व्यवसायीक पान भनिन्छ । विशेष गरी रोजगारी आय गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा व्यक्तिगत पान लिनुपर्छ । रोजगारी आय भन्नाले पारिश्रमिक, तलव ,ज्याला, भत्ता, कमिसन, वहाल आय जस्ता आयलाई रोजागारी आय भनिन्छ ।
कर कट्टि हुने आयको रोजगारदाताले अग्रिम कर कट्टि गरेको रकम सम्बन्धित रोजगारी गर्ने व्यक्तिको स्थायी लेखा नम्बरमा जम्मा हुन जान्छ । व्यक्तिगत पान लिए पछि रोजगारी गर्ने व्यक्तिमा थप दायित्व बढ्ने भन्ने चाँही हुँदैन । र अर्को कुरा रोजगार गर्ने व्यक्तिको रोजगारीको बाउन्ड्री भन्ने चाँही हुँदैन । भन्नुको अर्थ यति आय भएपछि कर तिर्नुपर्छ भन्ने हुँदैन ।
यो पान लिने भनेको व्यक्तिका लागि कर तिरेको प्रमाण पनि हो । एउटा जिम्मेवार नागरिकका लागि प्रमाण हो ।विभिन्न सरकारी र व्यावसायीक प्रयोजनका लागि प्रमाण देखाउन कर तिरेको विवरण देखाउन पनि सकिन्छ ।
तपाईहरु जो रोजगारी आय गर्नेहरु कतिले यो व्यक्तिगत पान नम्बर लिनुभएको छ ? यदि छैन भने आजै दर्ता गराईहाल्नुहोला । आफ्नो परिचय पत्र खुल्ले कागज पत्र लिएर आन्तरिक राजस्व कार्यालय वा नजिकको कर दता सेवा कार्यालयमा गएर पान दर्ता लिन सक्नुहुन्छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg