गृहपृष्ठ » News » ब्याडमिन्टन कवर्डहलको शिलान्यास

ब्याडमिन्टन कवर्डहलको शिलान्यास

 Posted by Itahari Fm | error | १९५ पटक

इटहरीमा अन्तरष्ट्रिय स्तरको व्याडमन्टिन कवर्डहल निर्माण हुने भएको छ । इटहरीको क्षेत्रीय रंगशाला परिसरभित्रको ४ कठ्ठा बढि जग्गामा प्याराफिट सहितको व्याटमिन्टन हल निर्माण गरिने भएको हो ।
कवर्डहलको आज राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले शिलान्यास गर्नुभएको छ । सुनसरी ब्याटमिन्टन एकेडेमी र राष्ट्रिय खेलकुद परिषदको संयुक्त लगानीमा निर्माण हुने बताइएको छ ।
शिलान्यास गरिएको कर्वडहलमा ४ वटा कोर्ट,चिन्जीगं रुम, ट्वाईलेट बाथरुम, र प्याराफिट निर्माण हुने सुनसरी ब्याटमिन्टन एकेडेमीका अध्यक्ष सुरेश कार्कीले जानकारी दिनुभयो ।
कर्वडहलको शिलान्यास गर्दै राष्ट्रिय खेलकुदका सदस्य सचिव केशव विष्टले निर्माण गरिने भवनका लागि ४० प्रतिशत सहयोग गर्ने बताउनुभयो । तर सम्बन्धित संस्थाले ६० प्रतिशत लगानी गर्नुपर्ने बताउनुभयो ।
kjkjkशिलान्यास गरिएको हलको एक हप्ता भित्रैबाट निर्माण सुरु गर्ने योजना रहेको बताइएको छ । एक करोड बढि लागतमा निर्माण गरिने हलको २ बर्ष भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको एकेडेमीका अध्यक्ष सुरेश कार्कीले जानकारी दिनुभयो ।
ब्याटमिन्टन सहित क्षेत्रीय रंगशालामा अन्य महत्वपूर्ण खेल स्थलहरु निर्माण हुने भएका छन् । क्षेत्रीय रंगशालामा यस अघि अन्तराष्ट्रिय स्तरको भलिवल कर्वडहलको शिलान्यास भएको छ भने प्याराफिट सहितको तेक्वानदो हलको निर्माण पनि अन्तिम चरणमा पुगेको छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook