गृहपृष्ठ » Program Archive » कर सम्बन्धि कार्यक्रम (करका कुरा) भाग ८

कर सम्बन्धि कार्यक्रम (करका कुरा) भाग ८

 Posted by Itahari Fm | error | ३०६ पटक

सरकारले प्रदान गरेका र सामुदायीक अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवा बाहेक निजी क्षेत्रबाट सञ्चालन भएका स्वास्थ्य संस्थाहरुले स्वास्थ्य सेवा कर सरकारलाई बुझाउनुपर्छ । निजी क्षेत्रबाट सञ्चालित यस्ता संस्थाबाट सेवा प्रदान गर्दा जारी विजकमा ५ प्रतिशत स्वास्थ्य सेवा कर असुल गर्ने प्रावधान रहेको छ ।यो कर तिर्नु निजी क्षेत्रबाट सञ्चालन भएका स्वास्थ्य संस्थाको सरकार प्रतिको दायीत्व पनि हो । यसरी संकलन गरिएकोे रकम देशका विकट र दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्ने कार्यमा खर्च गर्ने सरकारको योजना हो ।यस्ता स्वास्थ्य संस्थाहरुले सेवा दिए वापत सेवाग्राहीबाट जुन शुल्क लिन्छन् त्यसमा ५ प्रतिशत विजक जारी गरी संकलन गर्नुपर्ने हुन्छ । यसरी संकलन गरिएको रकम र विवरण प्रत्येक चौमासिक रुपमा आन्तरिक राजश्व कार्यालयमा बुझाउनु पर्दछ । यी यस्तै जानकारीमुलक सामाग्री समेटिएको कार्यक्रम करका कुरा । करका कुराको आजको अंकमा स्वास्थ्य सेवा कर जानकारी समेटिएको छ । स्वास्थ्य सेवा कर के हो ? कस्ता कस्ता स्वास्थ्य संस्थाहरुले यो कर तिर्नुपर्छ ? अनि कहिले र कसरी बुझाउँन ? यी यस्तै जानकारी लिनका लागि यो लिंकमा क्लिक गर्न सक्नुहुन्छ । तपाईले यो कार्यक्रम इटहरी एफ.एम ९२.५ मेगाहर्जमा प्रत्येक बुधबार राती ८ः ३० बजे सुन्न सक्नुहुन्छ ।कार्यक्रम सुनी सकेपछि तपाईले आफ्नो प्रतिकृयाका लागि news.itaharifm@gmail.comमा इमेल गर्न सक्नुहुन्छ । कुनै करसँग सम्बन्धित प्रश्न भए हामीलाई भन्नुहोला हामी आन्तरिक राजश्व कार्यालयका कर अधिकृतसँग कुराकानी गरी तपाईहरुलाई जानकारी दिनेछौँ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg