गृहपृष्ठ » Program Archive » कर सम्बन्धि कार्यक्रम (करका कुरा) भाग ७

कर सम्बन्धि कार्यक्रम (करका कुरा) भाग ७

 Posted by Itahari Fm | error | २०७ पटक


कुनै पनि व्यापार व्यवासय गर्ने व्यक्ति, रोजगारी गर्ने व्यक्ति, वहाल आय गर्ने व्यक्ति जो कोहीले पनि स्थायी लेखा नम्बर लिनु पर्छ । यसलाई छोटकरी वा बोलीचालीको भाषामा पान पनि भन्ने गरिन्छ ।
प्राकृतिक व्यक्तिले व्यक्तिगत पान लिनुपर्छ भने व्यापार गर्नेले व्यवसायीक पान लिनुपर्छ । स्थायी लेखा नम्बरकै आधारमा आफ्नो कारोबारलाई आर्थिक बर्षको समाप्ती पछि लागेको कर सरकारलाई तिर्नुपर्छ । के तपाईहरुले यो पान नम्बर लिनुभएको छ? कि पान नम्बर बिना नै आर्थिक कारोबार गर्दै हुनुहुन्छ । यदि यस्तो छ भने तुरुन्तै लिनु होला । होइन भने तपाईहरुले गरेको आर्थिक कारोबार र त्यसबाट गरेको आम्दानी गैरकानुनी वा अवैध पनि हुन सक्छ ।यो पान नम्बर कसरी लिन सकिन्छ ? यसको प्रकृया के हो ? यस विषयमा जानकारी दिन हामी कार्यक्रम करका कुरा लिएर आएकाछौँ । कार्यक्रम करका कुरा आन्तरिक राजश्व कार्यालय धरानको सहयोगमा इटहरी एफ.एमले तयार पारेको कर सम्बन्धि जानकारी मुलक कार्यक्रम हो । यो कार्यक्रममा तपाई कर सँग सम्बन्धित जानकारी र चेतनामुलक नाटक सुन्न सक्नुहुन्छ । यो अंकको नाटक सुन्नका लागि तलको लिंकमा…………………………… क्लिक गरेर सुन्न सक्नु हुन्छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg